हत्यामा संलग्नता रहेको भन्दै पूर्व सभासद प्यासीलाई सर्वश्व सहित जन्मकैदको फैसला

काठमाडौं । तत्कालिन नेकपा एमालेका नेता महमुद आलमको हत्या अभियोगमा जेल सजाय भोगिरहेका त्यत्तिबेलाका एमालेकै पूर्वसभासद रामचन्द्र प्यासी कुशवाहालाई उच्च अदालत वीरगन्जले जन्मकैदको फैसला सुनाएको छ।

 

तत्कालीन एमालेका केन्द्रीय सदस्यसमेत रहेका आलमको हत्यामा उनको संलग्नता रहेको भन्दै जिल्ला अदालत बाराले उनलाई १० बर्षको जेल सजाय सुनाएपछि उनी वीरगन्जमा जेल जीवन बिताइ रहेका थिए । अदालतको फैसला बमोजिम २०७३ वैशाख १५ गतेदेखि जेल सजाय काटिरहेका प्यासीलाई उच्च अदालत वीरगन्जले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३, ९४० बमोजिम फैसला सुनाएको हो।उक्त महलको १३ ९४० मा जन्मकैदको व्यवस्था रहेको छ। आलमकी पत्नी नेजमाले दिएको पुनरावेदनमा एक नम्बर इजलासका मुख्य न्यायधीश डिल्लीराज आचार्यको इजलासले ज्यान मार्ने मुख्य योजनाकार ठहर गर्दै प्यासीलाई उक्त फैसला सुनाएको इजलास अधिकृत श्रीदीप वाग्लेले जानकारी दिए ।

 

आलम हत्यामै जिल्ला अदालत बाराबाट जन्मकैदको फैसला पाएका मनोज भनिने रवी पाण्डेलाई अदालतले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १६ बमोजिम कसुर ठहर गरेको छ। इजलास अधिकृत वाग्लेका अनुसार पाण्डेको हकमा तत्काल कसुर ठहर भएको र अर्को इजलासबाट सजाय फैसला हुनेछ। आलम हत्याको घटनामा प्रयोग भएको भारतीय मोटरसाइकल पाण्डेले चलाएका थिए। उनी जिल्ला अदालत बाराले जन्मकैदको फैसला सुनाएपछि वीरगन्ज काराकारमा जेल सजाय काटिरहेका छन् ।

 

संविधान सभाको दोस्रो निर्वाचनको समयमा बारा क्षेत्र नम्बर ६ बाट संविधान सभासद पदमा उम्मेदवारी दर्ता गराएको भोलिपल्ट २०७० असोज १८ गते आलममाथी परवानीपुरको चावासोती दालमिल अगाडि गोली प्रहार भएको थियो। गोली प्रहारबाट गम्भीर घाइते आलमको असोज २४ गते काठमाडौंमा निधन भएको थियो। लामो समयको अनुसन्धानबाट घटना प्यासीकै योजनामा भएको प्रमाण भेटिएपछि प्रहरीले उनलाई सिमरास्थित एक होटलबाट पक्राउ गरेको थियो।

 

उम्मेदवारका आकांक्षी प्यासीले टिकट नपाएपछि आलम हत्याको योजना बुनेको प्रहरीले बताएको थियो। आलम हत्यापछि एमालेले उनकी पत्नी नेजमालाई उम्मेदवार बनाएको थियो। आलम पत्नी नेजमाले फराकिलो मतान्तरसहित चुनाव जितेकी थिइन् । आजको नेपाल समाचारपत्रबाट ।


थप समाचार

राष्ट्रिय परिचयपत्र वितरण सोमबारदेखि

  • 16 minutes ago
राष्ट्रिय परिचयपत्र वितरण सोमबारदेखि

फिदिम । पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ सोमबारदेखि हुने भएको छ ।

को हुन् तमु धिं यूकेका नवनिर्वाचित अध्यक्ष नन्दजंग ?

  • 23 minutes ago
को हुन् तमु धिं यूकेका नवनिर्वाचित अध्यक्ष नन्दजंग ?

यहि संस्थाको अध्यक्षको रुपमा अबको २ वर्षसम्म हांक्ने जिम्मेवारी पाएका नन्दजंग अहिले निकै उत्साही छन् । 'पछिल्लो १२ वर्षसम्म लगातार संस्थामा विभिन्न कार्यकारी भुमिकाहरुमा रहेर काम गर्ने मौका पाएं, अब न

पाकिस्तानी प्रधानमन्त्री युएइ भ्रमणमा

  • 33 minutes ago
पाकिस्तानी प्रधानमन्त्री युएइ भ्रमणमा

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान एक दिने भ्रमणका लागि आइतबार संयुक्त अरब इमरेट्स (युएइ) पुगेका छन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।