IIMS College

ISMT

HUB Education

बागलुङ बजारमा साङ्गीतिक साँझ हुँदै

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

गलकोट । बागलुङ जिल्लामा सञ्चालित मानव सेवा आश्रमलाई सहयोग गर्न बागलुङ बजारमा साङ्गीतिक साँझ गरिने भएको छ । मानव सेवा आश्रममा रहेका बेसहारा तथा असहायको पालनपोषणमा सहयोग पुर्याउने उद्देश्यका साथ गलकोट युथ ग्रुपले यही फागुन १० गते साङ्गीतिक साँझ आयोजना गर्न लागेको हो ।  

 

मानव सेवा आश्रमको पवित्रकर्ममा साथ दिन स्वःस्फुर्तरूपमा गलकोटका युवा सङ्गठित भएर सहयोगका लागि साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको गलकोट युथ ग्रुपका संयोजक प्रकाश कार्कीले जानकारी दिए । “मानव सेवा आश्रमलाई सहयोग गर्न एकदिने साङ्गीतिक साँझ गर्दैछौँ”, कार्कीले भने, “साङ्गीतिक साँझमा लाग्ने खर्च प्रायोजनबाट व्यवस्थापन गर्दैछौँ, टिकटमार्फत सङ्कलित सबै रकम मानव सेवा आश्रमलाई हस्तान्तरण गर्नेछौँ ।” 

 

साङ्गीतिक साँझमा बागलुङको गलकोट क्षेत्रबाट उदाएका चर्चित कलाकार विष्णु खत्री, वसन्त थापा, श्रीकृष्ण बम मल्ल, थानेश्वर गौतम, ईश्वर सिंह, लक्ष्मी मल्ल, जीवन साहनीलगायतका कलाकारको साङ्गीतिक प्रस्तुति रहनेछ । कलाकारले निःशुल्करूपमा प्रस्तुति दिनेछन् । कार्यक्रममा रु एक हजार र ५०० टिकटको व्यवस्था गरिएको छ ।

 

आश्रमलाई सुव्यवस्थित हिसाबले सञ्चालनमा सहयोग र यस अभियानमा लागेकालाई थप उत्साह प्रदान गर्न कार्यक्रम आयोजना भएकाले सबैलाई सहयोग गरिदिन आश्रमका अभिभावक राम शर्माले आग्रह गरे ।  साङ्गीतिक साँझमा हृदयविदारक नाटक लौरी र मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले सकरात्मक सोच, परोपकारसम्बन्धी उत्प्रेरणात्माक प्रवचन दिने मानव सेवा आश्रमका संयोजक शिव खड्काले जानकारी दिए ।

 

साङ्गीतिक कार्यक्रममा यातायात, साउन्ड, मञ्च, टिकट व्यवस्थापन, प्रचारप्रसार कार्यका लागि स्वदेश तथा विदेशबाट प्रायोजन आइरहेको आश्रमका अभिभावक शिव केसीले जानकारी दिए । साङ्गीतिक साँझबाट आउने रकमबाट मानव सेवा आश्रमको पूर्वाधारको काम गर्ने योजना बनाइएको आश्रमका अभियन्ता सुमिरा लामाले बताइन् 


थप समाचार

भैरहवामा पनि कोरोना परीक्षण हुँदै

  • 2 hours ago
भैरहवामा पनि कोरोना परीक्षण हुँदै

बुटवल । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आइतबारदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५

नोबेल साकोस साहित्य संस्थामा रक्तदान

  • 2 hours ago
नोबेल साकोस साहित्य संस्थामा रक्तदान

काठमाडौँ । ‘नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराज

सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

  • 3 hours ago
सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले १६ लाख सहयोग गर्ने भएको छ । कोरोना भाइरस रोकथाममा सरकारले चालेको कमदको सराहना गर्दै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।