दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउने

सांकेतिक तस्वीर

काठमाडौं । शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना (म्युचअल फण्ड)अन्तर्गत थप दुई बैङ्कले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन् । 

 

नेपाल धितोपत्र बोर्डका अनुसार ग्लोबल आइएमई बैङ्कले प्रवद्र्धन गर्न लागेको ‘ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१’ र लक्ष्मी बैङ्कले प्रवद्र्धन गर्ने ‘लक्ष्मी उन्नति कोष’ बिक्रीका लागि तयारी गरिएको हो । 

 

बोर्डमा छलफलका क्रममा रहेका ती योजनाअनुसार ‘ग्लोबल आइएमई म्युचुअल फण्ड’ अन्तर्गत रु एक अर्ब २० करोड बराबरको १२ करोड इकाइ बिक्री गरिने छ । त्यस्तै ‘लक्ष्मी म्युचुअल फण्ड’अन्तर्गत रु ८० करोड बराबरको आठ करोड इकाइ बिक्री गरिनेछ । 

 

बोर्डले गत भदौ २३ गतेमात्रै सनराइज बैङ्कले प्रवद्र्धन गरेको ‘सनराइज फस्ट म्युचुअल फण्ड’ योजनाअन्तर्गत रु एक अर्ब बराबरको १० करोड इकाई बिक्री गर्नका लागि स्वीकृति दिएको छ । 

 

नेपाल स्टक एक्सचेन्जमा हाल १७ वटा सामूहिक लगानी कोष योजना सूचीकृत छन् । शेयर बजार निरन्तर ओरालो लागेका कारण अधिकांश योजनाको प्रतिइकाइ मूल्य आधारभूत मूल्यभन्दा कम रहेको छ । 

 

स्टकमा सूचीकृतमध्ये नवील ब्यालेन्स फण्ड–१ को प्रतिइकाइ मूल्य रु १६।६५, सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको प्रतिइकाइ रु १०।८५ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–१ को प्रतिइकाइ मूल्य २०।०९ रहेको छ । 


थप समाचार

विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊः काँग्रेस

  • 1 minute ago
विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊः काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । काँंग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले आज एक विज्ञप्तिमार्फत विदेशका

नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२०० नाघ्याे

  • 7 minutes ago
नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२०० नाघ्याे

काठमाडौँ । नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ३२३ जना न

भोकमारी र बेरोजगारीको अन्त्यका लागि गाँउमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यकः वरिष्ठ नेता पौडेल

  • 28 minutes ago
भोकमारी र बेरोजगारीको अन्त्यका लागि गाँउमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यकः वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछि भोकमारी र बेरोजगारीबाट जोगाउन गाउँमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यक रहेको बताएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ भुटेको चना

यसकारण खाने गर्नुपर्छ भुटेको चना

काठमाडौं । चना स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हरेक बिहान भुटेको चना खानाले तपाईरहाम्रो शरीरलाई विभिन्न किसिमबाट फाइदा हुन्छ । यसमा पौष्टिक तत्व हुन्छ । यसले तपाईरहाम्रो पेटमा हुने कब्जियतबाट बचाउँछ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।