किन भौंतारिदैछन् नारायणकाजी ?
- सोमबार, ३ मंसिर, २०७५
- 2 months ago
- राजनीति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता पछिल्लो दिनमा धेरै नै निराश भएको उनी निकट स्रोतले बताएको छ ।
प्रवक्ता श्रेष्ठ आजभोली आफ्ना असाध्यै विश्वासिला मान्छे बाहेक कसैलाई पनि भेट्न अनिच्छुक रहेको सो स्रोतको दावी छ । ‘मान्छेहरु साह्रै नै उपभोक्तावादी भए, सत्य र असत्य कुरा आफ्नो फाइदा, वेफाइदामा तौलेर मात्र बोल्न थाले’ श्रेष्ठको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।
‘कम्युनिष्ट पार्टी कम्युनिष्ट नभएर कमाउनिष्ट पार्टी जस्तो हुँदै गएको छ ’ प्रवक्ता श्रेष्ठको भनाइलाई उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो ‘प्रशासनिक सल्लाहकारको जागिर खान गएका नारायण दाहाललाई तीन नम्बर प्रदेशजस्तो महत्वपूर्ण प्रदेशका कमरेडहरुको राजनीतिक भविष्य निर्धारण गर्न दिएर पार्टी बन्छ ? स्कार्पियो गाडीमा शान देख्ने, विलासी र महंगो गाडी नचढ्दा इज्जत जान्छ भनेर भन्नेलाई नेता बनाउँदा पार्टी आन्दोलन होइन व्यक्ति सुध्रिन्छ ।’
एमाले त अजेण्डा नभएको स्वार्थ समूहमात्र भएको भन्दै प्रवक्ता श्रेष्ठले निस्वार्थपूर्ण लामो जनआन्दोलन र जनयुद्ध गरेको पार्टीको भावी जनआन्दोलन र जनयुद्ध गरेको पार्टीको भावी नारायण दाहाल जस्ता जागिरे, व्यवसायी मनोवृत्तिका मान्छेलाई हावी गराउँदा कसरी चल्छ ? श्रेष्ठको भनाई उद्धृत गर्दै उनी निकट स्रोतले बतायो । आजको साँघु साप्ताहिकबाट ।
थप समाचार
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक
- 24 minutes ago

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की
- 27 minutes ago

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।
रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ
- 37 minutes ago

नयाँ दिल्ली । शुक्रबार रिलिज भएको चलचित्र ‘गल्ली ब्वाय’बाट रणवीर सिंहले आफुलाई एकपटक फेरि प्रमाणित गरेका छन् ।
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।
विचित्र विश्व
यसरी कृष्ण सोह्र हजार पत्नीका पति हुन पुगे

एजेन्सी । कृष्णको गोपिकाहरुसँगको प्रेम र सोह्र हजार रानीहरुको घटनालाई यदाकदा चर्चाको विषय बनाउने गरिन्छ ।