उमेर हदले नेवि सङ्घमा विवाद
- सोमबार, २५ भदौ, २०७५
- 5 months ago
- राजनीति

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको बैठकमा उमेर हद कति हुने भन्नेबारेमा विवाद देखिएको छ । नेवि सङ्घको निर्वाचन कार्यतालिका, विधान र नियमावलीबारे छलफल गर्न शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उमेर हदका बारेमा विवाद देखिएको हो ।
निर्वाचन आगामी असोज १६ देखि १८ गते सम्पन्न गर्ने कुरामा कुरा मिले पनि कुन उमेर समूहका व्यक्ति निर्वाचन लड्ने भन्नेबारेमा विवाद देखिएको नेवि सङ्घका सहमहामन्त्री एवं प्रवक्ता प्रेम जोशीले जानकारी दिए । नेवि सङ्घको ११औँ महाधिवेशनमा १२औँ महाधिवेशनमा अध्यक्ष लड्नका लागि ३२ वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको थियो ।
अध्यक्ष नैनसिंह महरले बैठकमा राखेका कुरालाई बृहत् छलफल गर्नका लागि बैठक सोमबार बिहान ८ बजेसम्म स्थगित भएको नेवि सङ्घ केन्द्रीय सदस्य सुनिता पोखरेलले जानकारी दिइन् । आइतबार १०५औँ बिपी जयन्ती मनाउनका लागि छलफल गर्ने भनिएको बुँदामाथि छलफल हुन नसकेकाले भोलिसम्मका लागि बैठक स्थगित गरिएको पोखरेलले बताइन् ।
थप समाचार
जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...
- 1 hour ago

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनलाई निकै असल व्यक्तिको रुपमा लिइन्छ । उनको अभिनय र निजि जीवनका पाटाहरु निकै सुन्दर मानिन्छन् ।
यस्तो फोहोरी व्यवहार देखाएपछि विवेकलाई छोडेकी थिइन् ऐश्वर्याले
- 1 hour ago

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् ।
अर्जेन्टिनाका स्टाइकर इकार्दीले श्रीमतीलाई पनि धोका दिए
- 1 hour ago

एजेन्सी । इटालियन क्लब इन्टर मिलानका क्याप्टेन माउरो इकार्दी विश्वकै सर्वोत्कृष्ट स्टाइकरहरुमा पर्छन् । तर, फुटबल लिजेण्ड डियोगो म्यारोडोनाले उनको खुलेरै आलोचना गरेका थिए ।
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।
विचित्र विश्व
यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।