मङ्सिर ८ गते राजधानीमा नेकपाको बृहत प्रदर्शन: शिर्ष नेताले सम्बोधन गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले यही मङ्सिर ८ गते काठमाडौँमा बृहत् प्रदर्शन गर्ने भएको छ ।
मुलुकमा वृद्धि भइरहेको राष्ट्रघात, महँगी, भ्रष्टाचार, हत्या, हिंसा, दमन र अत्याचारका विरुद्ध जनतालाई सूचित गर्ने उद्देश्यले प्रदर्शन र जनसभा आयोजना गर्न लागिएको नेकपाले जनाएको छ ।
केही समयअघि बसेको नेकपाको केन्द्रीय समितिको बैठकले पार्टी राजनीति र कार्यक्रम जनसमुदायसमक्ष लैजान काठमाडौँकेन्द्रित प्रदर्शन र जनसभा गर्ने निर्णय गरेको थियो । जनसभालाई नेकपाका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने जनाइएको छ ।


सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक होऔँ ! वैज्ञानिक समाजवादका लागि सङ्घर्ष गरौँ’ भन्ने नाराका साथ आयोजना हुने उक्त सभामा सहभागी हुन अपिल गर्दै नेकपा केन्द्रीय समितिले पोस्टर र पर्चासमेत प्रकाशनमा ल्याएको छ ।


नेकपाले ऐतिहासिक जनयुद्धका नायकहरू आफैँले ताकेको निशानामा पुगेर खलनायक बनिरहेका र उनीहरू कम्युनिस्ट दोसल्ला ओढेर साम्राज्यवादी इशारामा कम्युनिस्ट जनमत लुट्दै क्रान्तिकारी कम्युनिस्टहरूको दमनमा उत्रिरहेकोले त्यसका बिरुद्ध लड्न आम नागरिकलाई अपिल समेत गरेको छ ।
प्रचण्ड, वादल लगायतका नेताहरु नै अहिले सामाजिक दलाल पँुजीवादबाट पनि अघि बढेर सामाजिक फासिवादतिर उन्मुख रहेको पनि जनाईएको छ ।
दलाल पुँजीवादी संसदीय व्यवस्था र नेपाली श्रमजीवी तथा उत्पीडित जनताबीचको अन्तरविरोध तीव्र बन्दै गएकोले यसको सामाधन एकीकृत जनक्रान्तिद्वारा प्राप्त हुने वैज्ञानिक समाजवाद नै भएको पनि नेकपाले प्रष्ठ पारेको छ ।

 

 नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पाँचौँ पुनर्गठन दिवस साताव्यापी विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । नेकपाले पार्टीको पाँचौँ पुनर्गठन दिवसका सन्दर्भमा आगामी मङ्सिर ८ गते काठमाडौँमा विशाल जनप्रदर्शन र जनसभा आयोजना गर्ने घोषणा गरिसकेको छ । उक्त दिनको सभालाई पार्टी स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डल गायत केन्द्रीय नेताहरूले सम्बोधन गर्ने भएका छन् ।
द्दोषित कार्यक्रमहरुमा मङ्सिर २ गते देशव्यापी झन्डा र ब्यानर प्रदर्शन, ३ गते देशव्यापी जुलुस प्रदर्शन, ४ गते देशव्यापी अन्तरक्रिया, अन्तरसंवाद र गोष्ठी, ५ गते देशव्यापी कोणसभा र पिँढीसभा, ६ गते देशव्यापी सांस्कृतिक तथा साहित्यिक कार्यक्रम, ७ गते देशव्यापी मार्चपास्ट र काठमाडौँमा मार्चपास लगायत रहेका छन् ।


मङ्सिर ८ गते काठमाडौँमा पार्टी पुनर्गठन दिवसका अवसरमा बृहत् जनप्रदर्शन तथा जनसभाको आयोजना गरिएको छ ।


थप समाचार

के बेवास्तामा परेकै हो त बिजिडब्लुएस ?

  • 3 hours ago
के बेवास्तामा परेकै हो त बिजिडब्लुएस ?

लण्डनस्थित नेपाली दूतावास र राजदूत डा दुर्गाबहादुर सुवेदीले समेत अरु गोर्खा संगठनलाई काखा र बिजिडब्लुएसलाई पाखा गरेको आरोप अध्यक्ष देवानले लगाएका छन् ।

वैज्ञानिक आविस्कारसँगै चर्चामा आएका पाँच महिलाहरु

  • 3 hours ago
वैज्ञानिक आविस्कारसँगै चर्चामा आएका पाँच महिलाहरु

संसारमा केही त्यस्ता महिलाहरु छन् जो आफ्नो सफतला र प्रभावको कारण सर्वप्रख्यात छन् । त्यस्ता महिलाहरुको प्रसंगमा पाँच महिला सधै अग्रणी स्थानमा आउँछन् जसले आफुलाई विज्ञानको क्षेत्रमा शोध र प्रयोगमा मात्

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

  • 3 hours ago
विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।

विचित्र विश्व

ब्याचलर पास हुनुहुन्छ - करिअर बनाउन चाहनेका लागि यी हुन् उत्कृष्ट देशहरु

ब्याचलर पास हुनुहुन्छ - करिअर बनाउन चाहनेका लागि यी हुन् उत्कृष्ट देशहरु

यो भन्न अब निकै कठिन भइसकेको छ कि ग्रयाजुएसन पश्चात राम्रो जागिरको ग्यारेण्टी हुन्छ भनेर । सन् २०२० सम्ममा ४० मिलियन कलेजका शिक्षित कामदारहरु ग्लोबल इकोनोमीमा हुने द मिकिन्से ग्लोबल इन्सिटुटले अनुमान गरेको छ ।