Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनरजनीकान्तको ‘जेलर’ले चार दिनमै कमायो १५० करोड

रजनीकान्तको ‘जेलर’ले चार दिनमै कमायो १५० करोड


एजेन्सी । शुक्रबारबाट प्रदर्शनमा आएको सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ले भारतमा १५० करोडको कलेक्सन पूरा गरेको छ ।

एक रिपोर्ट अनुसार, फिल्मले आइतबार भारतभर ३८ करोड कलेक्सन गरेको थियो । यो तमिल फिल्म हिन्दी, तेलुगु, मलयालम र कन्नड भाषामा डब गरिएको छ । सबै भाषाको कुरा गर्ने हो भने जेलरले भारतमा आइतबारसम्म १५० करोड कमाइसकेको छ ।

विश्वव्यापी कलेक्शनको कुरा गर्ने हो भने फिल्मले करिब २२२.१ करोड कमाएको छ र चाँडै नै फिल्मले ३०० करोड क्लबमा आफ्नो स्थान बनाउनेछ । फिल्मले आफ्नो ओपनिङ डेमा करिब ४८.३५ करोड कमाएको थियो ।

निर्देशक नेल्सनको फिल्म जेलरमा रजनीकान्त टाइगर मुथुवेल पाण्डियनको भूमिकामा छन् । उनका अलावा राम्या कृष्णन, तमन्ना भाटिया, विनायकन, योगी बाबु, मोहनलाल र ज्याकी श्राफको पनि अभिनय रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

Techie IT