एकीकरणपश्चात बनेकाे नेकपा अब ब्राकेटभित्र, नाम परिवर्तनकाे लागि अाजै निर्वाचन अायाेग जाने

काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरण पछि गठन गरिएको नेकपाले निर्वाचन आयोगसँगको छलफलपश्चात् आज नाम परिवर्तन गर्ने भएको हो । 

 

नवगठित नेकपाको नाममा निर्वाचन आयोगमा अर्कै दल दर्ता भएपछि ‘नेकपा अन्डरलाईन’ नाम राखेर उक्त पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेको थियो । नाम परिवर्तनपश्चात् नवगठित नेकपाको पूरा रुप नेपाल कम्युनिष्ट पार्टी सहित कोष्टकभित्र (नेकपा) समेत लेखिनेछ ।

 

‘पार्टी एकतापछि हामीले निर्वाचन आयोगसँग निरन्तर छलफल र बहस गर्यौ, आयोगले पनि नाम जुध्यो, मिलाउन सक्ने अवस्था छ कि छैन भनेर सोध्यो’, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘त्यसपछि हामीले पार्टीमा पनि यसबारे छलफल गर्‍यौं, दुई अध्यक्षसँग पनि छलफल गर्‍यौं, छलफलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्दा नजुधने र नयाँ नाम हुने भएकाले त्यहि नाम आयोगमा दर्ता गर्ने निर्णयमा पुग्यौं ।’ 

 

नाम परिवर्तनका लागि आवाश्यक कागजपत्रसहित आजै (बिहीबार) निर्वाचन आयोगमा पुगेर नाम परिवर्तनको प्रकृया अघि बढाउने तयारी गरिएको समेत नेम्वाङले बताए । 

 

‘अब पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी ब्राकेटमा (नेकपा) र अङग्रेजीमा एनसीपी राखिनेछ । यति गरेपछि हाम्रो नयाँ नाम हुनेछ’, नेम्वाङले भने ।


थप समाचार

विश्वभरका महिला सांसदको लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

  • 6 hours ago
विश्वभरका महिला सांसदको  लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

लण्डन । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले लण्डनमा सम्पन्न विश्वभरका महिला सांसदहरुको एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेकी छन् ।

बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

  • 8 hours ago
बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

आइतबार लण्डनको फेल्थाममा १६ औँ राष्ट्रिय विभुती ,समाज सुधारक महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ती मनाइएको छ ।

भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

  • 10 hours ago
भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

हनोई । भियतनामले यसै वर्षको अन्त्यदेखि लागू हुने बहुचर्चित प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट अलग हुने घोषणा गरे पनि सम्झौता अनुमोदन गर्ने



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

बन्दीपुरमा कृत्रिम ताल बनाइने

बन्दीपुरमा कृत्रिम ताल बनाइने

दमौली । तनँहुको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।