IIMS College

ISMT

HUB Education

नेकपा एकता प्रक्रियाः केन्द्रीय सचिवालयले विघटन गरेको कार्यदल फेरि ब्युँतियो

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । तल्लो तहको एकता प्रक्रिया लम्बिँदै जाँदा नेकपाले फेरि गृहकार्य गर्न जिल्ला तहमा कार्यदल गठन गर्न थालेको छ। केन्द्रीय सचिवालयले विगतका सबै कार्यदल विघटन गरेको साता दिन नबित्दै प्रदेश पदाधिकारी बैठकले फेरि कार्यदल ब्युँताएर एकीकरण गृहकार्यको जिम्मा दिन थालेको हो।

 

प्रदेशले गठन गरेका कतिपय कार्यदलमा विघटित कार्यदलमा रहेका नेताहरू नै समेटिएका छन् भने केही कार्यदलमा भने अन्य नेता पनि थपिएका छन्। प्रदेश १, ३ र सुदूरपश्चिमले जिल्ला तहमा त्यस्तो कार्यदल फेरि गठन गरी एकताको गृहकार्यको जिम्मा दिएका हुन्। अन्य प्रदेशले पनि कार्यदल गठनको आन्तरिक तयारी गरेका छन्। यसअघि पार्टीले ३ महिनाभित्र एकीकरणका काम सम्पन्न गरिसक्ने भन्दै प्रदेशदेखि जिल्ला तहसम्म र जनवर्गीय संगठनमा नेकपाभित्रका दुवै पूर्वघटक एमाले–माओवादीका २÷२ जना नेता रहेको कार्यदल गठन गरेको थियो।

 

त्यस्ता कार्यदललाई ३ पटक म्याद थप गर्दा समेत कतिपयले प्रतिवेदन नै नबुझाएपछि ५ असोजको सचिवालय बैठकले सबै कार्यदल विघटन गर्ने निर्णय गरेको थियो। पार्टीका प्रदेश र जिल्ला तह तथा जनवर्गीय संगठनहरूका केन्द्रीय तहमा एकीकरण सम्बन्धमा सिफारिस प्रतिवेदन प्रस्तुत गर्ने कार्यदललाई धन्यवाद र प्रतिवेदन नबुझाउने वा आंिशक मात्र बुझाउनेलाई आलोचनासहित विघटन गर्ने निर्णय सचिवालयले गरेको थियो। तर प्रदेश पदाधिकारीको बैठकले भने फेरि जिल्ला तहका दुवै घटकका पदाधिकारी रहने गरी कार्यदल गठन गरी काम थालेका हुन्।

 

पार्टीका दुवै अध्यक्ष ९केपी ओली र पुष्पकमल दाहाल० ले विशेष परिपत्र जारी गर्दै विधान, नियमावली, निर्देशन र विगतका सिफारिस समेतका आधारमा प्रदेश पदाधिकारीको नियमित बैठक बसी जिल्ला तहमा एकीकरण गर्न निर्देशन गरे बमोजिम प्रदेश पदाधिकारी बैठकले कार्यदललाई नै एकताको गृहकार्य गर्ने जिम्मा दिन थालेका हुन्। प्रदेश ३ ले दुवै घटकका पदाधिकारी, प्रदेश १ ले दुवै घटकका ४÷४ जना र सुदूरपश्चिम प्रदेशले पनि ४÷४ जना रहेको कार्यदल गठन गरेका हुन्। आजको अन्नपूर्ण पोस्ट्बाट


थप समाचार

शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

  • 8 hours ago
शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

नेपालको सबैभन्दा ठूलो र पुरानो समाचार एजेन्सीका रुपमा सञ्चालित राससले विदेशस्थित प्रतिनिधिका रुपमा बेलायतमा शर्मालाई नियुक्त गरेको उनले बताए ।

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 10 hours ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 10 hours ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।