Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययुक्रेनमा यसरी मारिए पुटिनका ३ अफिसर

युक्रेनमा यसरी मारिए पुटिनका ३ अफिसर


एजेन्सी । युक्रेनमा तीन रुसी एफएसबी अफिसरलाई विष खुवाएर मारिएको रिपोर्ट बाहिर आएको छ ।

उनीहरुको खानामा आर्सेनिक र मुसाको विष मिसाइएको दाबी गरिएको छ ।

युक्रेनले यो काम मेलिटोपोलमा भूमिगत बस्ने युक्रेनी लडाकुहरूले गरेको दाबी गरिरहेको छ।

कसैले केही बुझ्दासम्म यी अधिकारीलाई खाना खुवाउने व्यक्ति फरार भएको मिडिया रिपोर्टमा उल्लेख छ । तर, रुसी अधिकारीहरूले भने यसको पुष्टि गरेका छैनन् ।

युक्रेनमा विषाक्त खाना खाँदा रुसको संघीय सुरक्षा सेवाका तीन अधिकारीको मृत्यु भएपछि रुसी सेनाले व्यापक खोज अभियान चलायो तर कुनै सफलता हात नलागेको बताइएको छ ।

द सन रिपोर्टका अनुसार खाना र मदिरा पुर्‍याइएको रेस्टुरेन्टमा खोजी गरिएको थियो तर विषको कुनै निशान फेला परेको थिएन।

अधिकारीलाई खाना पु¥याउने व्यक्ति पनि घटनास्थलमा नभेटिएको दाबी गरिएको छ ।

मेलिटोपोल कब्जा गर्ने रुसी सेनालाई पनि उनीहरुको खानामा विष मिसाउने सम्भावनाबारे पहिले नै जानकारी गराइएको बताइएको छ ।

गत महिना, दर्जनौं रूसी पाइलटहरूको हत्याको लागि रक्सी र विषले भरिएको केक रूसी सैन्य आधारमा पुर्‍याइको बताइएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT