Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठUKबेलायतका प्रधानमन्त्री ऋषी सुनकलाई गोर्खा वारियरको प्रिमियरमा निमन्त्रणा

बेलायतका प्रधानमन्त्री ऋषी सुनकलाई गोर्खा वारियरको प्रिमियरमा निमन्त्रणा


काठमाडौँ। नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को प्रिमियरको तयारी अहिले भव्यरुपमा भईरहेको छ। सो प्रिमियरका लागि गोर्खा वारियरका निर्माता एवम् निर्देशक मिलन चाम्स यतिबेला बेलायतमा छन्। प्रिमियरको तयारी तिब्रगतिमा भईरहेको उनले बताएका छन्।

सोही प्रिमियरको लागि निर्देशक चाम्सले बिहिबार बेलायतको सँसद भवनमा पुगेर त्यहाँका संस्कृति, सञ्चार तथा खेलकुद मन्त्री डेमियन कोलिन्सलाई भेटेर विशेष अतिथिको रुपमा निमन्त्रणा गरेका छन्। निर्देशक चाम्ससहित गोर्खा वारियरका निर्माता सुमन राई, नायक रितेश चाम्स, बेलायतका लागि पहिलो नेपाली काउन्सलर धन गुरुङ, बेलायतको लागि मिडिया कोअर्डिनेटर आकाश सुनुवार, सहयोगी भाईराजा थापाले मन्त्री कोलिन्सलाई संसद भवनमा भेटेका हुन्। उनले मन्त्री कोलिन्समार्फत बेलायतका प्रधानमन्त्री ऋषी सुनकलाई पनि प्रिमियरको लागि विशेष निमन्त्रणा कार्ड पठाएका छन्।

सो भेटका क्रममा कोलिन्सलाई सो चलचित्रको बारेमा जानकारी गराउँदै ट्रेलर आफुहरुले ट्रेलर देखाएको पनि निर्देशक चाम्सले बताए। सो ट्रेलर आफुलाई साह्रै मन परेको प्रतिक्रिया निर्देशक चाम्सलाई दिँदै मन्त्री कोलिन्सले सफलताको शुभकामना समेत व्यक्त गरे। आगामी आगामी २४ भदौमा बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा यो चलचित्रको रेड कार्पेट प्रिमियर हुँदैछ।

निर्देशक चाम्सले सो बारे जानकारी गराउँदै भने,‘ आज म सहित हाम्रो टिमले बेलायतको पार्लियामेन्टमा पुगेर मन्त्री कोलिन्सज्यूलाई निमन्त्रणा गरेपछि उनले गोर्खा वारियरको प्रिमियरमा आउने बचन दिएका छन्। साथै प्रधानमन्त्री सुनकज्यूलाई सो प्रिमियरमा विशिष्ट अतिथिको रुपमा ल्याउन सक्दो प्रयास गर्ने पनि बताउनु भएको छ।’

यतिबेला प्रिमियरको तयारीका लागि आफुसहित गोर्खा वारियरको बेलायत टिम दौडधुपमा लागि रहेको पनि निर्देशक चाम्सले बताएका छन्,‘हालसम्म हामीले बेलायतको ब्ल्यान्डफोर्ड, टिडवर्थ, मैडस्टोनका विभिन्न ठाउँमा पुगेर त्यहाँ रहेका अतिथि तथा नेपालीहरुलाई यो प्रिमियरको लागि निमन्त्रण गरिसकेका छौं। बाँकी स्थानमा समेत पुगेर हामी निमन्त्रणाको काम दुई÷चार दिनमै सम्पन्न गर्दैछौं।’

निर्देशक चाम्सका अनुसार यो प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु, हलिउडकै फिल्म डिस्ट्रिब्युटरहरुसँगै बेलायतका राजपरिवारका सदस्यहरु, बेलायतका मन्त्री डेमियन कोलिन्ससहित विभिन्न सांसदहरु, स्थानीय निकाय प्रमुखहरु, बेलायती सैनिकका जनरल, बृटिस गुर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरु सहभागी हुने भएका छन्। यस्तै बेलायतमा रहेको नेपाली राजदुतावास, काउन्सिलका पदाधिकारीहरुलाई पनि आफुहरुले निम्ता गरिसकेको पनि उनले जानकारी गराएका छन्। नेपाली चलचित्रकै इतिहाँसमा सर्वाधिक महँगो स्थान र बजेटमा हुन लागेको यो प्रिमियरलाई एउटा अमिट इतिहास बनाउने तयारीमा आफुहरु दिनरात जुटिरहेको पनि निर्देशक चाम्सले जानकारी गराएका छन्।
चलचित्र गोर्खा वारियर ‘वार’ जनरामा निर्माण भएको सिनेमा हो। यो चलचित्रमा नव अभिनेता रितेश चाम्स, बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका विभिन्न कलाकारको अभिनय रहेको छ।

यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो। यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुस्मिता वाइवा, सुमन राई छन्। यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रदर्शन

लण्डन । लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्र पार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् । गोपीचन्द्रले २६ माइल दुरीको दौड २ घण्टा

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो

लण्डन । पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । सामुद्रिक खाना सेलफिस खोज्ने क्रममा करिब दुई साताअघिदेखि

पासा पुचः गुथि यूकेले बिस्का जात्रा मनाउने

लण्डन । पासा पुचः गुथि यूकेले शनिबार १३ अप्रिलका दिन ‘लण्डन बिस्का जात्रा’ मनाउँदैछ । नेपाली नयाँ वर्ष २०८१ वैशाख

ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्री

लण्डन । आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत

पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का बेपत्ता

पोर्चुगल । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति

युकेतर्फ लाग्यो ‘द भ्वाइस अफ नेपाल’को टिम

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’को टिम सांगीतिक कन्सर्ट गर्न युकेतर्फ प्रस्थान गरेको छ । ‘भ्वाइस अफ नेपाल २०२४’को टोली

Techie IT