Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेप्सेमा दोहोरो अङ्कको गिरावट

नेप्सेमा दोहोरो अङ्कको गिरावट


काठमाडौँ। यो साता कारोबारको पहिलो दिन आइतबार ५० अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो दिन आज भने दोहोरो अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय ०१ दशमलव ९९ अङ्कमा कायम भएको हो।

आज दुई सय ७७ कम्पनीको ५६ लाख २० हजार तीन सय ८१ कित्ता शेयर ३६ हजार पाँच सय ६८ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार एक सय सात बराबरको कारोबार भएको छ।

आज सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बीमा समूह एक सय २४ दशमलव १४ र उत्पादन तथा प्रशोधन समूह एक सय २१ दशमभलव ३० अङ्कले घटेको छ। बैंकिङ समूह नौ दशमलव १६, विकास बैंक ५० दशमलव ९५, वित्त १७ दशमलव ३९, होटल तथा पर्यटन ३२ दशमलव ०१, जलविद्युत् ११ दशमलव ५१ र लगानी समूह शून्य दशमलव ५४ अङ्कले घटेको छ।

त्यसैगरी, लघुवित्त समूह १८ दशमलव ६४, म्युचुअल फन्ड शून्य दशमलव ०३, निर्जीवन बीमा समूह ५७ दशमलव ०६, व्यापार समूह ३६ दशमलव ९४ र अन्य समूह २० दशमलव ६३ अङ्कले घटेको छ।

ग्लोबल आइएमइ ब्यालेन्स्ड फन्ड–१ को शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ०२ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने शिवम् सिमेन्ट लिमिटेडको शेयर मूल्य चार दशमलव ५० प्रतिशतले घटेको छ। कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको रू १९ करोड ८९ लाख ५६ हजार तीन सय ५३ बराबरको चार लाख १४ हजार छ सय १६ कित्ता शेयर किनबेच भएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

Techie IT