देशभरका १०१ किसान संघसंस्थाहरु एकै ठाउँमा, किसानको हितमा साझा आन्दोलन गर्ने

  • शुक्रबार, २५ साउन, २०७५
  • 7 months ago
  • अर्थ

काठमाडौं । कृषि उपजले मुल्य नपाएपछि विभिन्न उत्पादनमा संलग्न किसानहरुले देशभर आन्दोलनको तयारी गर्दै एक ठाउँमा जुटेका छन् । तरकारी, फलफुल, दुध, केरा, च्याउ उत्पादनलगायतका १०१ कृषि संघ संस्थाहरुको मंगलबार राजधानीमा बसेको बैठकले साझा आन्दोलन गर्ने निर्णय गरेको हो । उक्त कृषि संघ संस्थामा करिव ५० हजार किसानहरु आबद्ध रहेका छन् ।

 

विभिन्न जिल्लाका कृषि सहकारी, समूह, प्रविधि सेवा तथा समाग्री प्रदायक संघ संस्था तथा किसान संघ÷महासंघको प्रतिनिधित्व रहेको ‘नेपाल कृषि उत्पादन तथा बजारिकरण सञ्जाल’ले मूल्य मारमा परेका किसानहरुको मागप्रति सरकार उदासिन रहेको भन्दै सरकारलाई थप दवाव दिन विभिन्न चरणका आन्दोलनको तयारी गरेको हो । सञ्जालले सातै पदेश र संघमा दवावमुलक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

 

यसअघि साउन ९ गते सञ्जालले किसान आयोगमार्फत सरकारलाई १४ सुत्रिय माग पत्र पेश गरेको थियो । आयोगको सुझावलाई सरकारले तत्काल सुनुवाई नगर्दा गोलभेंडा, दुधलगायतका किसानहरुले उत्पादन लागतसम्म पाउन नसकेको सञ्जालका संयोजक रमेश पण्डित ‘तुफान’ले बताए । 

 

संयोजक तुफानले भने, ‘अझै पनि सरकार उत्पादन र बजारिकरण नीति र प्रणालीमा स्पष्ट छैन । यसले गर्दा कृषि उपजको मुल्य लागत बढ्ने, टिपाई तथा ढुवानीबाट ४० प्रतिशतसम्म उपज नष्ट हुने तथा तरकारी बजार राज्यको नियन्त्रण बाहिर रहने गरेकोले किसानहरु मारमा पर्दै आएका छन् ।’

 

सञ्जालकी सल्लाहकार सुनिता न्हेम्हाफुकीले कृषि बजारिकरणलाई व्यवस्थित गर्न निश्चित स्थान र दुरीका आधारमा अन्य व्यवसायीसँगको सहकार्य गर्न सकिने सुझाव दिएकी छन् । 

 

सञ्जालका सचिवालय सदस्य खोजराज कटुवालले भारतीय सामानलाई निर्वाध आयत गर्न दिने तर नेपाली कृषि उपजहरुलाई रोक लगाउने नीतिले नेपाली कृषि उत्पादनले बजार नपाएको बताए । सरकारले नेपाली उत्पादनलाई भारतीय बजारमा पठाउन नसके भारतीय कृषि उत्पादन पनि नेपाल भित्रयाउन अवरोध गर्ने तयारी सञ्जालले गर्ने जानकारी कटुवालले दिए ।

 

नवलपरासी दुम्किवासमा ४२ बिघामा तरकारी तथा फलफुल उत्पादन गर्दै आएका सञ्जालका सदस्य दिर्घजीवी पोखरेलले कागतीको बजार नपाउँदा कुवाएर अचार बनाउनुपरेको बताए । सञ्जालका सदस्य तथा केरा किसान संघका प्रतिनिधि लक्ष्मण सुवेदीले स्थाई कृषि बजारको लागि अब अन्तिम लडाँई लड्न किसानहरु तयार रहेको बताए ।

 

त्यसैगरी घरदैलो बहुद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष गोदावरीकी गंगा देवी मुलले आन्दोलनले बजार व्यवस्थापन हुने विश्वासले आफू उत्सुकतापुर्वक आन्दोलनमा सहभागी भएको बताईन् । नेपाल कृषि उद्यमका मीन प्रसाद कोईराला ‘प्रतिक बाबा’ ले बैठकमा उपस्थित हुन नसकेका सबै संस्थाहरुलाई केही दिनमै एक दवावमुलक संघीय किसान भेलामार्फत संगठित गरिने जानकारी दिए ।

 

सञ्जालको बैठकले किसानका हितमा काम गर्ने वास्तविक अन्य संघसंस्थाहरुलाई एकताबद्ध भएर राष्ट्रिय आन्दोलनमा अघि बढ्न अपिल गरेको छ । 

 

त्यसैगरी नेपालभरका दर्ता कृषि सहकारी तथा कृषक संघसस्थाहरु सञ्जालका सदस्य हुनसक्ने व्यवस्था गरेको छ । सञ्जालका सल्लाहकार डा. राजेन्द्र देवकोटाले उपजहरुलाई बिक्रि बितरण गर्न स्वस्थ, ताजा र सुलभ कृषि उत्पादन सहितको किसान बजार निर्माण गरिने मोडलमा जान सकिने बिकल्पमा पनि योजना बनिरहेको बताए ।

 

बैठकले ११ सदस्यीय सचिवालय गठन गरेको छ । जसमा संयोजक रमेश पण्डित तथा सदस्यहरुमा दिर्घजिवी पोखरेल, कृष्ण प्रसाद पाठक, खोजराज कटुवाल, मनोज चापागाई, करुणा लोहनी, बसन्त पाण्डे र राजकुमार श्रेष्ठ छन् भने कार्यलयमा कमल श्रेष्ठ र दिनेश थापा रहेका छन् । 

 

त्यसैगरी सल्लाहकारहरु डा. केदार बुढाथोकी, डा. राजेन्द्र देवकोटा, महेश्वर घिमिरे, अनन्त घिमिरे, शिव अधिकारी, शम्भु कार्की, रामबहादुर कुँवर, ऋषिराम भुसाल, सुनिता न्हेम्हाफुकी रहेका छन् । 

 

सञ्जालमा ३३ जिल्लाका ८० प्रतिशत कृषि सहकारी तथा २० प्रतिशत समूह, नीजि फार्महरु संगठित रहेका छन् ।

 

 


थप समाचार

राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

  • 10 minutes ago
राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी चुनिएका छन् । राजपाको हरेक दुई महीनामा संयोजक फेरिने प्रावधानअनुसार भण्डारी संयोजक बनेका हुन् ।

डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता

  • 16 minutes ago
डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता

न्यूयोर्क । अमेरिकी मनोरञ्जन कम्पनी डिज्नेले फक्सको मनोरञ्जन व्यवसाय ७१ अर्ब अमेरिकी डलरमा खरिद गर्नेसम्बन्धी सम्झौतालाई टुङ्गो लगाएको छ । यो सम्झौतासँगै फक्सका उत्पादनहरु “सिन्डेरेला”, “दी सिम्पसन्स”

भूतापीय प्लान्ट विस्फोटका कारण भूकम्प – अध्ययन

  • 19 minutes ago
भूतापीय प्लान्ट विस्फोटका कारण भूकम्प – अध्ययन

सियोल । दक्षिण कोरियाको दोस्रो सर्वाधिक विनाशकारी भूकम्प अनुसन्धानात्मक भूतापीय -जियोथर्मल- प्लान्टका कारण भएको वैज्ञानिक अनुसन्धानबाट देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०१७ मा गएको उक्त भू



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ बुधबारको तपाईको भाग्य !

यस्तो रहेको छ बुधबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल चैत्र ०६ गते । बुधवार । इस्वी सन् २०१९ मार्च २० तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । फाल्गुन शुक्ल पक्ष । तिथि चतुर्दशी,०९ घडी ०२ पला, बिहान ०९ बजेर ४८ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र पूर्वाफाल्गुनी, २४ घडी १४ पला, दिउँसो ०३ बजेर ५२ मिनेट उप्रान्त उत्तरफाल्गुनि ।

विचित्र विश्व

हेर्नुस्, आङै सिरिङ्ग गराउने संसारका यी १२ दुर्लभ तस्बिर

हेर्नुस्, आङै सिरिङ्ग गराउने संसारका यी १२ दुर्लभ तस्बिर

एजेन्सी । तस्विर यस्तो एउटा जीवन्त इतिहास हो जसले हजार शब्दले बोल्न नसकेका कुरा एक तस्विरले नै बोल्न सक्छ । शब्दहरुले बताएका हजार बात झुट हुन सक्छ तर एउटा तस्विरले कहिल्यै झुट बोल्दैन ।