सामूहिक तरकारी खेतीबाट गाउँको विकास गर्दै ओडारगाउँका महिला

file-photo

मनाङ । आजभोलि महिला आयआर्जनका लागि समूह बनाई बचत र आयआर्जनतिर उन्मुख हुँदै आएका छन् । 

 

हिमाल पारिको जिल्ला मनाङको नाँसो गाउँपालिकास्थित ओडार गाउँको महिला समूहले जिल्ला कृषि कार्यालयबाट रु दश हजार अनुदान लिएर करिब दुई रोपनी जग्गामा अर्गानिक तरकारी खेती गर्दै आएका छन् । 

 

गत वर्षदेखि शुरु गरेका यी महिला समूहले आलु, लसुन, काउली, बन्दागोवी जस्ता तरकारी उत्पादन गर्दै आएका छन् । पुरुषको तुलनामा महिला चुलोचौकामा मात्रै सीमित हुन्छन् भन्ने भनाइलाई चिर्दै घरधन्दासँगै अरू पनि आयमूलक काम गर्न सक्छन् भन्ने उदाहरण बनेका छन् । 

 

आफूहरुले महिनाको रु दशको दरले बचत गरेर शुरुआत गरेको यो समूह गतवर्ष मात्र कृषि समूहका रुपमा दर्ता गरी आधिकारिक बनेको ओडार महिला कृषि समूहले सामूहिक तरकारी खेती गर्न थालेको कृषि समूहकी अध्यक्ष उर्मिला गुरुङले बताइन् । गतवर्ष आलु र लसुन खेती मात्र गरेको यस महिला कृषि समूहले अहिले आलु खेती सँगसँगै काउली, बन्दा, लसुन, प्याजसमेत लगाएका छन् । यस समूहबाट उत्पादित तरकारी गाउँमै खपत भएको पनि उनले बताइन् । 

 

पहिलो वर्ष भएकाले उत्पादन राम्रै भएपनि गाउँघरकै स्थानीय बजारमा बिक्री–वितरण गरेर करीब रु एक लाख ५० हजार जति आम्दानी भएको सामूहिक सदस्य मिनकासी गुरुङले बताइन् । उनका अनुसार महिला समूहले तरकारी खेतीबाट गरेको आम्दानीबाट गाउँ आउनेजाने बाटो निर्माण, खानेपानी लगायतका विकास निर्माणमा सहयोग पुगेको छ । 

 

त्यस्तै, यस समूहको सक्रियतामा लालीगुराँसको जुस निर्माण गर्ने तालीम, होमस्टेको पाहुना घर र पाहुनालाई स्वागत सत्कारका सरसामान निर्माण जस्ता हस्तकला तालीम पनि सम्पन्न गरेको बेलकासी गुरुङले बताइन् । 

 

विशेष गरेर मनाङको आलु देशका सबै ठाउँमा प्रख्यात भएको र आलुको धेरै माग भएकाले आफूहरुले बढी मात्रामा आलु खेती गरेको सूर्यकुमारी गुरुङले बताइन् । अहिले यहाँको आलु काठमाडौं, पोखरा, तनहुँ, लमजुङ लगायतका शहरमा माग भएको उर्मिला गुरुङले बताइन् । 

 

यो महिला समूहले आफूहरुले आयआर्जन गरी गाउँ विकासका कार्यमा लगानी गर्नाका साथै गरीब बालबच्चा, महिला उद्यमीहरुलाई सहयोग गर्ने र मनाङ जिल्लालाई आत्मनिर्भर गराउने लक्ष्य रहेको बेलकासी गुरुङले बताउनुभयो । यसप्रकार महिलाले नै सामूहिक खेतीबाट गाउँको विकास गर्ने गरेका छन् । 


थप समाचार

दाेषी ठहरिएका प्रतिवादीहरूबाट साढे पाँच कराेड जरिवाना असुल्न बाँकी

  • 7 minutes ago
दाेषी ठहरिएका प्रतिवादीहरूबाट साढे पाँच कराेड जरिवाना असुल्न बाँकी

बेनी । म्याग्दी जिल्ला अदालतबाट भएका फैसलामा दोषी ठहरिएका प्रतिवादीहरुबाट रु। पाँच करोड ४९ लाख ४२ हजार ४४ जरिवाना असुलउपर गर्न बाँकी रहेको छ ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार वार्तामा बस्न तयार

  • 11 minutes ago
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार वार्तामा बस्न तयार

दुबई । यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले वार्तामा बस्न तयार रहेको सोमबार घोषणा गरेको छ ।

डर्टमन्डको बसमा आक्रमण गर्ने वेनरगार्डलाई जन्मकैद हुनसक्ने

  • 14 minutes ago
डर्टमन्डको बसमा आक्रमण गर्ने वेनरगार्डलाई जन्मकैद हुनसक्ने

फ्राङ्कफर्ट । जर्मनीका सरकारी वकीलहरूले यहाँको एक अदालतलाई बोरुसिया डर्टमन्डको खेलाडीहरूको बसमाथि सन् २०१७ को अप्रिल महिनामा बम आक्रमण गरेको आरोप लागेका एक व्यक्तिलाई जन्मकैदको सजाय दिन सोमबार सुझाब द



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर