ISMT

HUB Education

अब निजगढ विमानस्थल सरकार आफैँले बनाउने

Education Park

 

Kathmandu Trade Show

 

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ विमानस्थलको निर्माण मोडालिटीबारे छलफल र बहस जारी रहेका बेला उपयुक्त विकल्प नआए सरकार आफैँले आयोजना अघि बढाउने भएको छ । 

 

नेपाल इञ्जिनीयर्स एशोसिएशनले यहाँ आयोजना गरेको ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वर्तमान आवश्यकता र औचित्य’ विषयक अन्तरक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थल निर्माणका लागि अन्तर्राष्ट्रिय दाताको खोजी भइरहे पनि विश्वासिलो आधार नभए सरकार आफैँले काम अघि बढाउने उल्लेख गरे । 

 

उनले निजगढ विमानस्थल निर्माणको मोडालिटीबारे चरणबद्ध छलफल चलिरहेको भन्दै आगामी तीन महीनाभित्र निर्माणको टुङ्गो लाग्ने जानकारी गराए । मुख्य पूर्वाधार रोकेर देशअगाडि बढ्न नसक्ने उल्लेख गर्दै उनले वातावरणकै विषयको विवादले विमानस्थल निर्माणलाई अवरोध गर्न नहुने धारणा राखे । 

 

“निर्माणाधीन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले निजगढ विमानस्थलको आवश्यकता पूरा हुँदैन”, मन्त्री अधिकारीले भने, “निजगढ विमानस्थल नै सबैभन्दा बढी प्राथमिकताको आयोजना हो अरू आयोजना अघि बढेसँगै प्रगति पनि हासिल गरेका छन् तर महत्वपूर्ण प्राथमिकताको आयोजना नै गति नलिनुले गम्भीर बनाएको ।” 

 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले विकास र आर्थिक समृद्धिका हिसाबले निजगढ विमानस्थल उपयुक्त विकल्प भएकाले कमभन्दा कम वातावरणीय क्षति हुने गरी आयोजनालाई अघि बढाउनुपर्नेमा जोड दिए । 

 

पूर्वाधारविद् डा सूर्यराज आचार्यले दीर्घकालीन महत्वको आयोजना हतारमा निजी क्षेत्रलाई दिन नहुने भन्दै आयोजना निर्माण अघि बढाउन रणनीतिक वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गरिनुपर्नेमा बताए । पूर्वसचिव वीरेन्द्रबहादुर देउजाले वातावरणीय पक्षलाई लिएर विमानस्थल निर्माणमा अलमल गर्नाको साटो शीघ्र रुपमा निर्माण प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे। 

 

नेपाल नागरिक उड्डयन प्राधिकरणका आयोजना प्रमुख प्रदीप अधिकारीले हरेक हिसाबले उपयुक्त निजगढको विकल्प नखोजी स्वदेशी लगानीमा निर्माण गर्नुपर्ने बताए । एशोसिएशनका महासचिव छविराज पोखरेलले संस्थाले पूर्वाधार विकास बहस कार्यक्रमको शृङ्खलाअनुरुप राष्ट्रिय महत्वको निजगढ विमानस्थल निर्माणको सान्दर्भिकताबारे विज्ञहरुसँगको छलफल गरिएको उल्लेख गरे ।


थप समाचार

अमिताभ बच्चनको खुलासा, मृत्युपछि मेरो सम्पत्ती यिनीहरुलाई !

  • 12 minutes ago
अमिताभ बच्चनको खुलासा, मृत्युपछि मेरो सम्पत्ती यिनीहरुलाई !

एजेन्सी । शताब्दी कै महानायक अमिताभ बच्चन चर्चीत रियालीटी शो ‘कौन कनेगा करोडपती’ को ११ औं श्रृङ्खलामा देखा परेका छन् । उक्त शो अगस्ट १९ बाट प्रदर्शनमा आउको छ ।

टाटा एच फाइभको बुकिङ खुल्ला

  • 49 minutes ago
टाटा एच फाइभको बुकिङ खुल्ला

काठमाडौँ । टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बजारमा बुकिङ खुल्ला गरेको छ। नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङका अनुसार यही भदौ १० गतेबाट १५

भारतका सबैभन्दा धनी व्यक्तिहरु, कसको कति सम्पत्ति ?

  • 51 minutes ago
भारतका सबैभन्दा धनी व्यक्तिहरु, कसको कति सम्पत्ति ?

एजेन्सी । भारतमा ठुलो संख्यामा धनीहरु रहेका छन् । भारतको विकाससँगै यसले आर्थिक रुपमा सवल बनाएका व्यक्तिहरुको संख्या पनि बढेको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

६ दिनमा पेटको बोसो घटाउने तरिका !

६ दिनमा पेटको बोसो घटाउने तरिका !

काठमाडौँ । के तपाइको पेट पुट्ट देखिन थालेको छ । मोटोपनाका कारण असहज महसुस गर्नु भएको छ । त्यसो हो भने तौल कसरी घटाउने ? मोटोपन कसरी घटाउने ?