च्यारिटी कार्यक्रमसहित नारी दिवस मनाउंदै एनआरएन यूके

  • मंगलबार, २८ फागुन, २०७५
  • 4 months ago
  • युके
फाइल फोटो : गत वर्ष एनआरएन यूकेको नारी दिवस कार्यक्रम
Education Park

 

लन्डन । एनआरएन यूकेले हरेक वर्ष जस्तै अन्तर्राष्ट्रीय नारी दिवस एक विशेष कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।

 

यहि मार्च १७ तारिख आइतबार अल्डर्सटको  एम्पायर हलमा १०९ औं नारी दिवस विशेष कार्यक्रम आयोजना हुँदैछ ।

 

एनआरएन यूकेको महिला विभागको संयोजनमा अन्तरक्रिया , प्रशिक्षण र विविध सांस्कृतिक कार्यक्रम सहित नारी दिवस मनाउन लागिएको हो ।

 

कार्यक्रम कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका  अन्तर्गत  लुम्ले, चन्द्रकोटमा  रहेको संगम माविको सहयोगार्थ हुने जानकारी आयोजक एनआरएन यूके महिला विभाग संयोजक लिलादेवी गुरुङले गराएकी छन् ।

 

विकट भेगमा अवस्थित उक्त विद्यालय  भवन जीर्ण अवस्थामा रहेको कारण सहयोगको सोंच बनाइएको संयोजक  गुरुङले बताइन् ।

 

बेलायतका लागि नेपाली राजदूत पत्नी श्रीमती पुनम राज्यलक्ष्मी सुवेदी प्रमुख अतिथि रहने कार्यक्रममा बेलायतस्थित विभिना नेपाली संघ संस्थामा आवद्ध महिलाहरुलाई निम्त्याइएको छ ।

 

त्यस अवसरमा महिलासंग सम्बन्धित विभिन्न विषयमा प्रवचन, प्रशिक्षणका साथै मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमहरु देखाउने तयारी पनि छ ।

 

दिउसो १ बजेदेखि सांझ ५ बजेसम्मका लागि निर्धारित कार्यक्रमका लागि १० पाउण्डको प्रवेश शुल्क राखिएको छ ।

 

कार्क्रमकी संयोजक एवम् एनआरएन यूके महिला विभाग संयोजक लिलादेवी गुरुङले बेलायतमा बस्ने सम्पुर्ण नेपाली महिला तथा सज्जनहरुलाई कार्यक्रममा निमन्त्रणा गरेकी छन् ।

 

कार्यक्रममा २ सय भन्दा बढीको सहभागिता रहने आयोजकको अपेक्षा छ । कार्यक्रमका लागि प्लमम्स्टिडबाट १ कोच नै लैजाने तयारी गरिएको छ ।

 

एनआरएन यूकेको महिला विभागले विगतदेखि नै हरेक वर्ष नारी दिवसमा च्यारिटी कार्यक्रम गरी नेपालमा सहयोग गर्दै आएको छ ।


थप समाचार

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

  • 3 minutes ago
एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा

फुटबल र पढाईमा उत्तिकै अब्बल थिए यी चर्चित खेलाडीहरु

  • 7 minutes ago
फुटबल र पढाईमा उत्तिकै अब्बल थिए यी चर्चित खेलाडीहरु

विश्वमा सबै भन्दा लोकप्रिय र धेरै रुचाइने खेल फुटबल नै हो । फुटबल नै एक त्यस्तो खेल हो जसकोे बारे मा धेरैले चासो राख्ने गर्छन् ।

फूल टिपेको निहुँमा वडाअध्यक्षद्वारा कुटिएका बालक घाइते

  • 7 minutes ago
फूल टिपेको निहुँमा वडाअध्यक्षद्वारा कुटिएका बालक घाइते

नारायणपुर । दाङको घोराही उपमहानगरपालिका–४ का वडाअध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।

विचित्र विश्व

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

एजेन्सी । पछिल्लो समय भारतीय राजनीतिमा प्रियंका गान्धीको नाम चर्चामा रहेका छन् । मिडिया रिपोर्टका अनुसार उनी भारतीय काँग्रेस पार्टीको अध्यक्षका लागि पनि दाबेदारी प्रस्तुत गर्न लागि परेकी छिन् ।