IIMS College

ISMT

HUB Education

एनआरएनएमा नयाँ मर्यादाक्रम : को कहाँ ?

  • बिहीबार, २८ कार्तिक, २०७६
  • 3 weeks ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । गैरआवासीय नेपाली संघ ( एनआरएनए) ले संस्थाको नयाँ मर्यादाक्रम निर्धारण गरेको छ ।

 

अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष, संस्थापक अध्यक्ष, प्रमुख संरक्षक, सचिवालयका पदाधिकारीहरु, सल्लाहकारहरु, राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुदेखि पूर्व पदाधिकारी, पञ्जीकृत सदस्य समेतलाई समेटेर नयाँ मर्यादाक्रम तोकिएको छ । 

 

महासचिव डा हेमराज शर्माले जारी गरेको एनआरएनएको नयाँ मर्यादाक्रममा सबैभन्दा माथि पहिलो नम्बरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष छन् भने सबैभन्दा तल  ३५ औं क्रममा पञ्जीकृत सदस्यहरु छन् । 

 

मर्यादाक्रममा जे लेखिए पनि राष्ट्रिय समन्वय परिषद्का कार्यक्रमहरुमा सभापतित्व गर्ने, त्यस देशका अन्य संस्थामा प्रतिनिधित्व गर्ने जस्ता स्थानीय प्रकृतिका कार्यक्रममा भने राष्ट्रिय समन्वय परिषदका अध्यक्षले नेतृत्व गर्ने डा. शर्माले बताएका छन् ।

 

हेरौं एनआएनएको नयाँ मर्यादाक्रम :

 

१) अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष

 

२) अन्तर्राष्ट्रिय समन्वय परिषद्का संस्थापक अध्यक्ष

 

३) अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रमुख संरक्षक


४) अन्तर्राष्ट्रिय समन्वय परिषद्का संरक्षकहरु


५) अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्षहरु


६) अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी सचिवालयका पदाधिकारीहरु


७) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गठन गरेका उच्चस्तरीय समितिका सदस्यहरु (जस्तै, अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त विशेषज्ञहरुको समिति)


८) अन्तर्राष्ट्रिय समन्वय परिषद्का सम्वद्व र मानार्थ सदस्यहरु (विधानको दफा ७ (३) र ७ (४) अनुसार बने सदस्यहरु)


९) अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकारहरु


१०) अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व संरक्षकहरु


११) अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यालय पदाधिकारीहरु (कार्यकारी सचिवालय पदाधिकारीहरु बाहेकका)


१२) अन्तर्राष्ट्रिय समन्वय परिषद्का मानार्थ परिषद् सदस्यहरु


१३) अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु


१४) अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनुशाशन समिति, विधान समितिका संयोजक


१५) अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनुशाशन समिति, विधान समितिका सदस्यहरु


१६) राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरु


१७) राष्ट्रिय समन्वय परिषद्का संस्थापक अध्यक्ष


१८) राष्ट्रिय समन्वय परिषद्का प्रमुख संरक्षक


१९) राष्ट्रिय समन्वय परिषद्का संरक्षहरु


२०) राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्षहरु


२१) अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व पदाधिकारीहरु


२२) अन्तर्राष्ट्रिय समन्वय परिषद्का संस्थापक सदस्यहरु


२३) अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व सल्लाहकारहरु


२४) अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व मानार्थ परिषद् सदस्यहरु


२५) अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व सदस्यहरु


२६) अन्तर्राष्ट्रिय समन्वय परिषद् अन्तर्गत गठन भएका कमिटी तथा कार्यदलका संयोजक तथा कन्भनरहरु


२७) राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरु


२८) राष्ट्रिय समन्वय परिषद्का सल्लाहकारहरु


२९) राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु


३०) राष्ट्रिय समन्वय परिषद्का पूर्व पदाधिकारीहरु


३१) राष्ट्रिय समन्वय परिषद्का पूर्व संरक्षकहरु, पूर्व सल्लाहकारहरु तथा संस्थापक पदाधिकारीहरु


३२) राष्ट्रिय समन्वय परिषद् अन्तर्गत गठित समिति तथा कार्यदलका संयोजकहरु


३३) अन्तर्राष्ट्रिय समन्वय परिषद् अन्तर्गत गठन भएका कमिटी तथा कार्यदलका सदस्यहरु


३४) राष्ट्रिय समन्वय परिषद् अन्तर्गत गठित समिति तथा कार्यदलका सदस्यहरु


३५) पन्जिकृत सदस्यहरु

 

(नोट: मर्यादाक्रममा जे लेखिए पनि राष्ट्रिय समन्वय परिषद्का कार्यक्रमहरुमा सभापतित्व गर्ने, त्यस देशका अन्य संस्थामा प्रतिनिधित्व गर्ने जस्ता स्थानीय प्रकृतिका कार्यक्रममा राष्ट्रिय समन्वय परिषद् अध्यक्षले नेतृत्व गर्ने छन् । )

 


थप समाचार

ग्रीनवीचका भलिबल खेलाडी संगठित

  • 8 hours ago
ग्रीनवीचका भलिबल खेलाडी संगठित

ग्रीनवीच भलिबल परिवारको पहिलो कार्यसमितिमा अध्यक्षको जिम्मेवारी रविन्द्र रोका मगरले पाएका छन् भने सचिवमा कृष्ण खरेल चुनिएका छन् ।

विदेशस्थित नेपाली विज्ञहरु भन्छन्, 'सीमा समस्या सुल्झाउन आवश्यक सहयोग गर्छौं'

  • 9 hours ago
विदेशस्थित नेपाली विज्ञहरु भन्छन्, 'सीमा समस्या सुल्झाउन आवश्यक सहयोग गर्छौं'

भारतले नेपालसंगको परामर्शबिना एकपक्षीय रुपमा नेपाली भुभाग समेत समेटेर नक्सा सार्वजनिक गर्नु अन्तर्राष्ट्रिय कानुनको मान्यताविपरित हुने समेत स्पष्ट पारिएको छ ।

प्रेस संगठन बागलुङकाे एकता प्रक्रिया टुंगियाे

  • 9 hours ago
प्रेस संगठन बागलुङकाे एकता प्रक्रिया टुंगियाे

बागलुङ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकता प्रक्रिया बागलुङमा टुङ्गिएको छ । दुई सङ्गठन मिलेर बनेको प्रेस सङ्गठन नेपालको बागलुङ संयोजकमा साविक प्रेस चौतारी नेपालका अध्यक्ष उमाका



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्

चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्

एजेन्सी । चायाँ छालासम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरू बाहिर निस्केपछि त्यसलाई नै चाँया भनिन्छ ।