Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनप्रेमराजा महतको ‘भन्देउन धरतीमाई…’ सार्वजनिक

प्रेमराजा महतको ‘भन्देउन धरतीमाई…’ सार्वजनिक


काठमाडौँ। सिमसिमे पानीमा, पानको पात जस्ता थुप्रै कालजायी गीतहरु बजारमा ल्याएका अग्रज गायक प्रेमराजा महतले यतिबेला अर्को नयाँ लोक गीत ‘भन्देउन धरतीमाई…’ बजारमा ल्याएका छन्। उनले यो गीतको भिडियोलाई आफ्नै अफिसियली युट्युव च्यानल ‘प्रेम राजा महत’बाट सार्वजनिक गरेका हुन्।

यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन्। गीतमा दीपक शर्माको संगीत छ। सविन सुवेदीले यो गीतलाई संगीत संयोजन गरेका हुन्। वेभ स्टुडियो अनामनगरमा रेकर्ड गरिएको यो गीतमा नरेन्द्र योगीको मिक्सिङ मास्टरिङ रहेको छ। यो गीतलाई समिर कार्कीले रेकर्डिङ गरेका हुन्।

भन्देउन धरतीमाई गीत…को भिडियो निर्माता कविता देवी महत हुन्। लोक लयमा आधारित यो गीतले जो कोहीलाई पनि आफ्नो मिठो बाल्यकालको सम्झनामा पुर्याउने संगीतकार दीपक शर्माले बताएका छन्।

गायक प्रेम राजा महतले पनि यो गीतको शब्द र सँगीतले नै आफुलाई छोएकोरे गीत गाउँदा आफु गाउँमै पुगेको महसुुस भएको छ भने,‘म त लामो समयदेखि अमेरिका बसेको मान्छे। परदेशमा बस्ने जो कोहीलाई पनि यो गीत सुनेपछि गाउँ र बाल्यकालको झलझली याद आउँछ।’

यस्तै गीतकार डब्बु क्षत्रीले आफु गाउँबाट टाढा शहर तथा प्रदेशमा रहँदा बाल्यकालमा गाउँ घर र आफन्तको सम्झनाले कसरी सताउँछ भन्ने कुरा यो गीतमा उल्लेख गरिएको बताएका छन्, ‘गाउँमा बस्दा त्यो सुन्दर बाल्यकालको सम्झना र भोगाईलाई गीतमा प्रस्तुत गरिएको छ। यो गीत सबैको जीवनमा मेल खाने प्रकारको रहेको छ।’ गीतकार क्षत्रीले भने।

गीतको भिडियो स्टुडियोमा लाईभ छायाँकन गरेर तयार पारिएको छ। गीतको भिडियोमा गायक प्रेमराजा महत नै मुख्य भूमिकामा प्रस्तुत भएका छन्।

यो भिडियोमा मिराज अर्याल र दिनेश बिस्टको सिनेमाटोग्राफी रहेको छ। जसमा मिराज अर्यालको सम्पादन तथा भिएफएक्स रहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

Techie IT