सागरको उत्कृष्ट ब्याटिङ, नेपालले ओमानलाई दियो २२३ रनको लक्ष्य

  • बुधबार, १३ भदौ, २०७५
  • 5 months ago
  • खेल

काठमाडौं । नेपालले एसिया कप छनोटमा ओमानलाई २२३ रनको लक्ष्य दिएको छ । टस हारेर व्याटिङ गरेको नेपालका लागि सागर पुनले सानदार व्याटिङ गरे । अबको केही समय पछि ओमानले ब्याटिङ गर्नेछ।

 

नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२२ रन जोडेको थियो ।

 

नेपालको सुरुवाती खेल भने राम्रो रहेन । धेरै नै आश गरिएका सुवास खकुरेलसँगै उपकप्तान ज्ञानेन्द्र मल्ल ओपनिङमा थिए ।खकुरेलले चार रन जोड्दै आउट भए । 

कप्तान पारस खड्काले पनि जादु देखाउन सकेनन् । उनी मात्र ८ रनमा आउट भए । 

 

ज्ञानेन्द्र ४५ रन बनाउँदै आउट भए । उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए । ६० बल खेलेका उनले नेपालको मनोबल दरिलो पार्ने काम गरे ।

 

दिपेन्द्र सिंह ऐरीले  ९ रन मात्रै जोडे । त्यसपछि आए सागर पुन । 

 

तर, सागर र आरिफ शेखले उत्कृष्ट पारी खेले । 

 

दुबैले पाँचौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै नेपालको पारी सम्हाले । आरिफले व्यक्तिगत ३६ रन बनाए ।

 

रोहितकुमार पौडेलले एक रन पनि जोड्न सकेनन् ।  सोमपाल कामीले पनि ५ रन जोडे । 

 

करण केसीले २४ रनको पारी खेले ।

 

उत्कृष्ट खेल प्रदर्शन गरेका सागरले ८३ रन जोडे ।

विलाल खान, मुहम्मद नदिम र अजय भ्रिज्लाल लिल्चेताले दुईदुई विकेट लिए । 


थप समाचार

विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

  • 5 hours ago
विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

काठमाडौँ । हाम्रो देशबाट हरेक वर्ष हजारौं विद्याथीहरु पढ्नको लागि विदेश जाने गर्छन् । धेरै जसो उच्च शिक्षा आर्जन गर्नको लागि जाने गर्छन भने कैंयौ विद्यार्थी साथीभाईको लहैलहैमा लागेर रहरको पुर्याउन पनि

विषादी मदिरा बनाउने भट्टीमा छापा

  • 5 hours ago
विषादी मदिरा बनाउने भट्टीमा छापा

साँखु । विषादीयुक्त अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने भट्टीमा महानगरीय प्रहरी वृत्त बौद्धले छापा मारेको छ ।

प्रदेशसभा बैठक

  • 5 hours ago
प्रदेशसभा बैठक

विराटनगर । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ ९१० र नियम ९५ बमोजिम सो प्रस



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

एजेन्सी । यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला रु यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।