कम्युनिष्ट पार्टी गठनको अस्ट्रेलियामा स्वागत, चाँडै दुई संगठनबीच एकता हुने

सिड्नी । नेपालका दुई ठुला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणको अवसरमा अस्ट्रेलियामा स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । 

 

मे २७ आइतवार सिड्नीको क्याम्सीमा भएको प्रवासी नेपाली मञ्च अस्ट्रेलिया र जन प्रगतिशिल मञ्च अस्ट्रेलियाको संयुक्त भेलामा सहभागिहरुले एक अर्काबीच पार्टी एकताको अवसरमा शुभकामना साटासाट तथा पचियात्मक भेटघाट गरेका थिए । 

 

कार्यक्रममा बोल्दै सहभागिहरुले आगामी दिनमा नेपालको समृदिमा एकताबद्ध भएर अस्ट्रेलियाबाट सकेको सहयोग गर्नुपर्ने विचार राखेका थिए । 

 

कार्यक्रममा बोल्दै प्रवासी नेपाली मञ्चका अध्यक्ष रमेश पाण्डेले बाम एकताले नेपालमा राजनीतिक स्थिरताको बलियो जग निमार्ण भएको र यसले आर्थिक र सामाजिक उन्नतिको ढोका खुलेको बीचार राखेका थिए ।

 

 

कार्यक्रमका अर्का बक्त जन प्रगतिशिल मञ्च अस्ट्रेलियाका प्रमुख सल्लाहकार शेषमणि शर्माले अस्ट्रेलियामा सक्रिय दुई संगठनहरुबीच प्रक्रिया पुर्याएर चाँडै औपचारिक एकीकरण हुने बताए ।

 

 झण्डै सय जनाभन्दा बढी नेता, कार्यकर्ता तथा शुभेच्छुक र समर्थकहरु उपस्थित कार्यक्रममा प्रवासी मञ्चका संस्थापक अध्यक्ष डा. जगदिश तिमल्सिनाले विगतका तिक्ततालाई बिर्सेर एकताबद्ध भएर अघि बढ्न अनुरोध गरेका थिए । 

 

यस्तै जन प्रगतिशिल मञ्च अस्ट्रेलियाका संस्थापक अध्यक्ष झलक ढुंगानाले पार्टी एकताको स्वागत गर्दै चाँडै दुई संगठनबीच एकता गरेर अस्ट्रेलियाको नेपाली समुदायमाझ जाने सुझाव दिएका थिए ।

 

कार्यक्रममा प्रवासी नेपाली मञ्चका बरिष्ठ उपाध्यक्ष राजन बस्नेतले दुवै संगठनद्धारा जारी संयुक्त प्रेस विज्ञप्ति पढेर सुनाएका थिए ।

 

यस्तै जन प्रगतिशिल मञ्च अस्ट्रेलियाका उपाध्यक्ष हिमलाल गैरेको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रमको सञ्चालन प्रवासी नेपाली मञ्चका महासचिव माधव शाहले गरेका थिए । 

 

 


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 11 hours ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 12 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 12 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर