बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

  • आइतबार, ५ जेष्ठ, २०७६
  • 1 month ago
  • युके
Education Park

तस्विर : शिव भण्डारी 

 

लण्डन । मगर संघ यूकेको आयोजनामा जुन महिनाको पहिलो साता बेलायतमा हुने नेपाली ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुले प्रस्तुति गर्ने भएका छन् । 

 

जुन १ तारिख शनिबार फार्नबरो फुटबल क्लब, फार्नबरोमा सञ्चालन हुने कार्यक्रममा विशेष आकर्षणका रुपमा नेपाली संगीतका वरिष्ठ गायक प्रेमध्वज प्रधान पनि आउने भएका छन् । 

 

प्रधानका अलावा लोकदोहोरी गायक कुलेन्द्र विक, गायिका शान्तीश्री परियार, नेपाल आइडलका लोकप्रिय गायिकाद्धय सन्ध्या बुढा 'काउली बुढी?' र निलिमा थापा,  नायक धिरज मगर , लोकदोहोरी गायिका निरु श्रीष, गायक हेमन्त आले, बुगीबुगीकी फाइनालिस्ट प्रगति पुन, मगर गट ट्यालेन्ट विजेता सलिना थापा लगायतले प्रस्तुति गर्ने कार्यक्रम छ । कलाकारहरुमध्ये अधिकांशले बेलायतको भिसा समेत पाइसकेको बताइएको छ । 

 

मध्यान्ह १२ बजेदेखि साँझ ८ बजेसमम चल्ने कार्यक्रम ५ हजार दर्शकले हेर्ने अपेक्षा आयोजकले गरेका छन् । 

 

 

कार्यक्रमस्थलमा नेपाली खाना, व्यवसाय, निशुल्क हेल्थ चेकअप लगायतका करिब ४० वटा स्टल रहनेछन् । किर्तिमानी आरोही निर्मल पूर्जाको मिसन पोसिबलको लागि सहयोग जुटाउन  संघको युथ टिमले एक छुट्टै स्टल राख्दैछ । 

 

कार्यक्रम हेर्न दर्शकको लागि प्रवेश शुल्क १५ पाउण्ड छ । बालबालिकाको लागि १२ पाउण्ड मात्र लाग्नेछ । २० देखि २२ हजारसम्म कार्यक्रमको अनुमानित खर्च छ । कार्यक्रमबाट संकलित कोष संघले च्यारिटीमुलक काममा लगाउने योजना बनाएको छ । 

 

कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी तथा स्थानीय रश्मोर बरोकी मेयर लगायतका विशेष अतिथिहरु सहभागिता रहनेछन् । 

 

सन् २००२ मा स्थापित मगर संघ यूकेले सन् २००७ देखि हरेक वर्ष बेलायतमा ओपन कन्सर्ट आयोजना गर्दै आएको छ । 

 

पत्रकार सम्मेलनमा कार्यक्रमकी प्रमुख संयोजक तथा संघकी वरिष्ठ उपाध्यक्ष सिता पुर्जा पुनले कार्यक्रमको तयारीबारे जानकारी गराएकी थिइन् । संघका अध्यक्ष सुनिल रानाले कार्यक्रममार्फत बेलायतभर छरिएर रहेका सम्पुर्ण नेपालीहरुलाई एकै ठाउँमा जम्मा गराएर उनीहरुबीचको सद्भावलाई बढाउने लक्ष्य राखिएको बताए । 

 

 

ओपन कन्सर्ट बेलायतबासी सम्पुर्ण नेपालीहरुको लागि आयोजना गरिएको भन्दै आयोजकले सबैको सहभागिताको लागि अनुरोध गरेका छन् । कार्यक्रममा गैरमगर समुदायका कलाकारहरुले समेत प्रस्तुति गर्ने जनाउँदै उनीहरुले कार्यक्रम सम्पुर्ण नेपालीको लागि हो भन्ने सन्देश दिन खोजिएको बताएका छन् । 

 

त्यसअवसरमा संघका संरक्षक घन थापा , पूर्व अध्यक्ष दूत पुन, सल्लाहकारहरु रि ले कर्णेल यम राना, ओमप्रसाद थापा  लगायतले कार्यक्रमका विविध पक्षहरुबरे प्रकाश पारेका थिए । संघकी सांस्कृतिक सेक्रेटरी तेन्यांग राना सरुले कार्यक्रममा प्रस्तुति गर्ने कलाकारहरुबारे जानकारी गराएकी थिइन् । संघका महासचिव रुद्र थापाले कार्यक्रम सञ्चालन गरेका थिए । 

 

कार्यक्रममा उपस्थित पत्रकारहरुलाई मगर संघ यूकेका तर्फबाट सम्मान गरिएको थियो । 

 


थप समाचार

सयको नोटमा जथाभावी छाप हान्ने यी वडा अध्यक्षलाई कसले गर्ने कारबाही ?

  • 10 seconds ago
सयको नोटमा जथाभावी छाप हान्ने यी वडा अध्यक्षलाई कसले गर्ने कारबाही ?

काठमाडौँ । कागजी नोट मानिसले विनिमयको साधनको रुपमा प्रयोग गर्ने सबैभन्दा प्रचलित आविष्कार हो । व्यक्तिको दैनिक जीवनमा अत्यन्तै प्रयोग हुने यस्ता ‘नोट’ सफा हुनुपर्छ भन्ने मान्यता छ ।

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

  • 3 minutes ago
अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।

उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या

  • 8 minutes ago
उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्ककारी समूह बोको हरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।