IIMS College

ISMT

HUB Education

पीपलको 'प्रोजेक्ट स्कुल' मा उठ्यो २४ हजार पाउण्ड

  • शनिबार, ५ पुष, २०७६
  • 2 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । नेपाली व्यवस्थापनमा सञ्चालित बेलायतस्थित 'पीपल मोर्गेजेज एण्ड स्टेट एजेण्ट्स लिमिटेड' ले आफ्नो च्यारिटेबल 'प्रोजेक्ट स्कुल'का लागि २४ हजार पाउण्ड ( करिब ३५ लाख रुपिया ) संकलन गरेको छ । 

 

नेपालको विकट क्षेत्रमा स्कुल निर्माणको लक्ष्यले सुरु भएको प्रोजेक्टका लागि उक्त रकम संकलन भएको कम्पनीका प्रोपर्टी मेनेजर मिलन गुरुङले बताए । 

 

स्कुल प्रोजेक्टका लागि आवश्यक कोष जुटाउन पीपल समुहले बेलायतका डेढ दर्जनभन्दा बढि ठाउँमा नेपाली चलचित्र कबड्डी ३ को च्यारिटी शो आयोजना गरेको थियो । 

 

'हामीले लक्ष्य गरेभन्दा चाँडै र धेरै रकम संकलन गर्न सफल भएका छौं । अब नेपालको कुन ठाउँमा स्कुल बनाउने भनेर बुझ्न सुरु गर्दैछौं', च्यारिटी फिल्म शोको संयोजन समेत गरेका प्रोपर्टी मेनेजर गुरुङले भने , 'एकदमै आवश्यकता र समस्या रहेको क्षेत्र पहिचान गर्ने हाम्रो कोशिस छ । कसैसंग सुझावहरु छन् भने स्वागत छ ।' 

 

पीपल मोर्गेजेज एण्ड स्टेट एजेण्ट्स लिमिटेडले  स्कुल प्रोजेक्टको लागि कोष संकलनको प्रयास १ वर्षअघि नै सुरु गरेको थियो । सन् २०२१ सम्ममा १० हजार पाउण्ड संकलन गर्ने लक्ष्य थियो । सुरुमा कम्पनीको नाम र लोगो अकिंत कफी मग, पानी पिउने बोटल र डायरी बिक्री गरेर प्रोजेक्टलाई कोष जुटाउने प्रयास गरियो ।

 

बेलायतमा आयोजना भएका विभिन्न इभेन्टहरुमा प्रोजेक्टले उत्साहजनक प्रतिक्रियाहरु प्रशस्तै पायो तर रकम संकलन न्यून भयो । त्यसपछि प्रोजेक्टलाई आवश्यक कोष जुटाउन नेपाली चलचित्रको च्यारिटी शोलाई माध्यम बनाइएको हो । 

 

कम्पनीका प्रबन्ध निर्देशक सुर्यप्रकाश गुरुङले नेपालमा शिक्षाको अवसरबाट वञ्चित भएकाहरुलाई सहयोग गर्ने चाहनाअनुसार प्रोजेक्ट स्कुल जन्मिएको बताए । साँच्चीकै आवश्यकता रहेको क्षेत्रसम्म पुगेर स्कुल निर्माण गरी हस्तान्तरण गर्ने उनको चाहना छ । 

 

यसअघि पनि पीपल  समुहले आफ्नो वार्षिकोत्सव लगायतका अवसरहरुमा विभिन्न च्यारिटीमुलक काम गर्दै आएको थियो । कम्पनीले गोर्खा वेल्फेयर ट्रस्ट, नेपालमा महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत आशा फाउण्डेसन लगायतलाई सहयोग प्रदान गरेको थियो । 

 

४ वर्षअघि मोर्गेज कम्पनीका रुपमा सुरु गरिएको पीपलले झण्डै ३ वर्षयता स्टेट एजेण्टको सेवा समेत दिइरहेको छ । फार्नबरोमा मुख्य कार्यालय रहेको कम्पनीको आसफोर्ड, स्वीण्डन र हन्सलो समेत गरी ४ शाखा सञ्चालित छन् । दुई दर्जन भन्दा बढि स्टाफमा अधिकांश नेपाली छन् ।

 

स्कुल प्रोजेक्टका विषयमा सम्पुर्ण जानकारीसहितको भिडियो : 


थप समाचार

युवाको आकर्षण भएन मकै खेतीमा

  • 36 minutes ago
युवाको आकर्षण भएन मकै खेतीमा

फिदिम । कृषि ज्ञान केन्द्रले मकैको उत्पादन र उत्पादकत्व वृद्धि गर्न पाँचथरमा १३५ हेक्टर क्षेत्रफलमा विशेष कार्यक्रम लागू गरेको छ । मकैको सघन उत्पादनका लागि तीन प्रकारका कार्यक्रम कार्यान्वयन गरेको हो

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

  • 42 minutes ago
आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर स

प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

  • 56 minutes ago
प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत नर्वीच सिटीले लेस्टर सिटीलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा नर्वीच सिटीले लेस्टरलाई १-० गोलले पराजित गरेको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।