Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रेस युनियन काठमाडौँको अध्यक्षमा गौतम निर्वाचित

प्रेस युनियन काठमाडौँको अध्यक्षमा गौतम निर्वाचित


काठमाडौँ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्ष पदमा महेश्वर गौतम निर्वाचित भएका छन् । युनियनको गए राति सम्पन्न मतगणनामा सो पदका अर्का प्रत्यासी दिलीपप्रकाश कार्कीलाई पराजित गर्दै गौतम निर्वाचित भएका हुन् । गौतमले तीन सय १५ मत प्राप्त गर्दा कार्कीले एक सय २९ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत प्रदीप सत्यालले जानकारी दिए ।

यस्तै खुला उपाध्यक्षमा रोमन आचार्य र महिला उपाध्यक्षमा श्रद्धा कोइराला निर्विरोध निर्वाचित भएका छन् । सचिवमा भने सन्तोष अधिकारीले दुई सय ८५ मत ल्याएर विजयी हुँदा प्रत्यासी केशवप्रसाद पाण्डेले एक सय ५९ मत प्राप्त गरे । सहसचिवमा पूजा बगाले र कोषाध्यक्षमा प्रदीप कार्की (भेषराज) विजयी भएका छन् ।

यसैगरी सदस्यमा प्रवीन भुसाल, शिवलाल पौडेल, विशाल पुरी, कृष्णबहादुर कार्की, भुपेश उपाध्याय, कविन अधिकारी, ओमप्रकाश राउत, निकेश अधिकारी, सरोज बस्याल, मदन रिजाल, सागर जोशी, देवीप्रसाद पाण्डे, राजु थापा, प्रशन्न मुल्लिक, मनोज भण्डारी, किशोर दाहाल, रामचन्द्र मिश्र, अनुप प्रधान विजयी भएका छन् ।

यस्तै मिन्साङ लामा, रमेश सेन्चुरी, विनिता क्षेत्री, मुना दाहाल, सिर्जना मिश्र, सकुन्तला रानामगर र कोसिना ढकाल निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत सत्यालले बताए ।

काठमाडौँ शाखाको नवौँ जिल्ला अधिवेशनको आइतबार नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले उद्घाटन गरेका थिए । शाखाका कार्यवाहक अध्यक्ष अच्युत रेग्मीको संयोजकत्वमा नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छः आरजु राणा

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा. आरजु राणाले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता

प्रधानमन्त्री र एडीबीका उपाध्यक्षबीच लगानी सम्मेलनका विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास

६ जना एसएसपीको सरुवा

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र

२८ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय

देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न पाठ्यक्रमलाई समय…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका

डेढ किलो सुन र १ करोड ४३ लाख रुपैयाँसहित ७…

काठमाडौँ । डेढ किलो भन्दा बढी सुन र झण्डै डेढ करोड रूपैयाँसहित काठमाडौँबाट ७ जना पक्राउ परेका छन् । उपत्यका

Techie IT