डा. केसीलार्इ निहुँ बनाएर धमिलाे पानी माछा मार्न खाेजिएकाे प्रचण्डकाे टीप्पणी

फाइल फाेटाे
Education Park

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य शिक्षालाई राष्ट्रियकरण गर्दैमा समस्याको समाधान नहुने बताएका छन् ।

 

संविधानले नै नीजि क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारी क्षेत्रको संयोजनबाट आर्थिक प्रणाली अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको जनाउँदै अध्यक्ष प्रचण्डले राष्ट्रियकरण रामवाण नभएको बताएका हुन् ।

 

सोमबार काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै प्रचण्डले डा. गोविन्द केसीको अनशनलाई निहुँ बनाएर ‘धमिलो पानीमा माछा मार्न खोजिएको’ भन्दै टिप्पणी गरे । 

 

शिक्षा क्षेत्रमा रहेका समस्या र केसीको अनशनलाई निहुँ बनाएर ‘एउटा वर्गले राजनीतिक अस्थिरतालाई निरन्तरता दिन खोजेको’ प्रचण्डको भनाई थियो ।

 

‘यो हेर्दा शिक्षा क्षेत्रबाट सुरु भएजस्तो देखिन्छ। तर यहाँ बडा विचित्र भएको छ’, प्रचण्डले भने, ‘उहाँको जीवनरक्षा गर्न पनि नदिने, सरकारी डाक्टरहरूलाई स्वास्थ्य परीक्षण गर्न पनि नदिने र उहाँसँग वार्ता गर्न पनि नदिने काम भइरहेको छ।’

 

‘शिक्षा क्षेत्रमा समस्या छन्, तीनलाई समाधान गर्नु नै छ’, उनले भने, ‘तर अहिले समस्या देखाएर आन्दोलन गर्नेहरू समस्या समाधान होइन, के गरी समस्यालाई विकराल रुप दिन सकिन्छ र अराजकता फैलान सकिन्छ भन्नेमा केन्द्रित भएको देखिन्छ ।’

 

सरकार विधेयकमा थपघट गर्न तयार भए पनि माथेमा आयोगको प्रतिवेदनबाट दायाँवायाँ गर्न आन्दोलनरत पक्ष तयार नभएको प्रचण्डको बताए ।

 

‘यदि एकाध मान्छेले जे भन्छन् त्यही गर्ने हो भने किन चाहियो निर्वाचनको नाटक, किन चाहियो संविधान, किन चाहियो प्रतिनिधिसभा, किन चाहियो प्रदेशसभा, किन चाहियो स्थानीय तह ?’, प्रचण्डले प्रश्न गरे, ‘हामीसँग भएको प्रक्रियाभित्रबाट समस्याको समाधान खोज्नु मात्र लोकतान्त्रिक हो ।’


थप समाचार

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

  • 3 hours ago
बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

खाना खाएपछि डकार आउनु यसलाई पाचनसँग जोडेर हेर्ने गरिन्छ । तर, बिनाकारण बारम्बार डकार आउनु भने चिन्ताजनक समस्या हो ।

विभागका महानिर्देशकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • 3 hours ago
विभागका महानिर्देशकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि आधुनिकीकरण परियोजनामार्फत प्रयोगशाला मोबाइल भ्यान खरीद गर्दा भ्रष्टाचार गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर

यस्ता राेगहरू छ भने आँप खाँदै नखानुहाेस्

  • 3 hours ago
यस्ता राेगहरू छ भने आँप खाँदै नखानुहाेस्

गर्मी महिनामा आँप सहज रुपमा पाइन्छ । बच्चादेखि बुढासम्म सबैलाई यो फल मनपर्छ । यो फल स्वास्थ्यका लागि पनि राम्रो मान्निछ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

खाना खाएपछि डकार आउनु यसलाई पाचनसँग जोडेर हेर्ने गरिन्छ । तर, बिनाकारण बारम्बार डकार आउनु भने चिन्ताजनक समस्या हो ।

विचित्र विश्व

७० वर्षमा गर्भवती भएकी यी महिला...

७० वर्षमा गर्भवती भएकी यी महिला...

एजेन्सी । उमेरले ७० वर्ष लागकी एक महिला गर्भवती भइन् । ७० वर्षको उमेरमा मानिसलाई हिडडुल गर्न नै गाह्रो हुन्छ । तर, एक महिलाले आफू ७० वर्षको उमेरमा पनि उनले आफू गर्भवती रहेको बताएकी हुन् ।