Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थभीजी इम्पेक्स र एभरेष्ट बैंकबीच वित्तीय सम्झौता

भीजी इम्पेक्स र एभरेष्ट बैंकबीच वित्तीय सम्झौता


काठमाडौँ। नेपालका लागि जीडब्लुएम सवारी साधनको एकमात्र आधिकारिक आयातकर्ता र वितरक भीजी इम्पेक्स प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच वित्तीय कारोबारसम्बन्धी सम्झौता भएको छ।

सम्झौता पत्रमा कम्पनीका भाइस प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र एभरेष्ट बैंकका उपमहाप्रबन्धक गौरवकुमारले हस्ताक्षर गरे।
सम्झौतासँगै आईसीई सवारी साधनहरु हाभल जोलायन, हाभल एच ६, पावर र विङ्‍गल र इलेक्ट्रिक गाडी ओरा ०३ लगायतका विभिन्न प्रकारका सवारी साधनहरू खरिदमा बैंकले वित्तीय सुविधा उपलब्ध गराउने छ।

जीडब्लुएमका सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ यो सहकार्य गरिएको कम्पनीले बताएको छ।

यसले ग्राहकलाई प्रतिस्पर्धी ब्याजदरहरू, डाउन पेमेनट र कर्जा अवधि सहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेको छ, जुन ग्राहहरुले आफ्नो आवश्यकताहरुको आधारमा छनोट गर्न सक्छन्।

एभरेष्ट बैंकले अधिकतम ७ वर्षको अवधिका लागि उत्कृष्ट ब्याजदरसहितको अधिकतम ८० प्रतिशत ऋण उपलब्ध गराउने छ। ३ वर्षसम्मको कर्जा अवधिका लागि, न्यूनतम प्रभावकारी ब्याजदर १०.८० प्रतिशत रहनेछ।

जीडब्लुएमका इलेक्ट्रिक गाडीका लागि ब्याजदर मात्र २.०० प्रतिशत (११.३ प्रतिशतको प्रभावकारी ब्याज दर) रहनेछ।

जीडब्लुएमका आईसी मोडेलको गाडीका लागि ब्याजदर मात्र २.५० प्रतिशत (११.८ प्रतिशतको प्रभावकारी ब्याज दर) रहनेछ।

जीडब्लुएमका इलेक्ट्रिक गाडीको लोन–टु–भ्यालु (लोन–टु–भ्यालु/बैंक फाइनान्स) मा ५० प्रतिशतसम्मको लगानीमा ब्याजदरमा थप ०.५० प्रतिशत छुट उपलब्ध गराइने छ। सबै गाडीका लागि कर्जा प्रशोधन शुल्क स्वीकृत कर्जाको मात्र ०.५० प्रतिशत निर्धारिण गरिएको छ।

ग्राहकले अटो कर्जाका लागि आवश्यक कागजातहरू सहित नजिकैको एभरेष्ट बैंक शाखामा गएर आवेदन दिन सक्नेछन्। निर्धारित केही व्याजदरमा शर्तहरु लागू हुने कम्पनीले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैँ । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला

सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

Techie IT