प्रदर्शनका क्रममा मृत्यु भारतको तामिल नाडुमा १३ जनाले ज्यान गुमाए

टुटिकोरिन, भारत । भारतको दक्षिणी राज्य तामिल नाडुमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको संख्या १३ पुगेको छ । 

 

वस्ती नजिक सञ्चालनमा रहेको खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि उनीहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । 

 

तमिल नाडु राज्यको टुटिकोरिन सिटीमा प्रदर्शन चर्किदै गएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश पनि जारी गरेको थियो । घटनाका बारेमा छानविन गरेर सत्य तथ्य सार्वजनिक गर्न माग गरिएको छ । 

 

मन्त्री डि जयकूमारका अनुसार करिब २० हजार आन्दोलनकारीको समूहले एक्कासी हिंसात्मक गतिविधि चलाएपछि प्रहरीले बल प्रयोग गर्नु परेको थियो । स्थानीय नागरिकले आफ्नो क्षेत्रमा सञ्चालनमा रहेको खानीको लाईसेन्स अर्को २५ वर्षका लागि नवीकरण गर्न लागेको थाहापाएपछि आन्दोलन शुरु गरेका बताइएको छ । 

 

स्थानीय जनताले खानीबाट आउने ग्यासका कारण विगत पाँच बर्षमा सयौँ नागरिकलाई श्वासप्रश्वाससम्बन्धी समस्या आएको बताएका छन् । 

 

उनीहरूले अस्पताल भर्ना भै उपचार गराउनु पर्ने सम्मको प्रभाव पार्ने खानीलाई बन्द गर्नुपर्ने माग गरेका छन् । 

 

विगत तीन महिनादेखि जारी आन्दोलनमा विगत केही दिनदेखि जनसहभागीता एकाएक बढेर स्थिति असामान्य बनेको छ । 


थप समाचार

प्रहरीको २३६ रोपनी जग्गा राष्ट्रपति कार्यालयलाई

  • 8 minutes ago
प्रहरीको २३६ रोपनी जग्गा राष्ट्रपति कार्यालयलाई

काठमाडौं । सरकारले नेपाल प्रहरी अन्तर्गत रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको नाममा दिने निर्णण गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री पोखरेललाई

  • 15 minutes ago
कार्यवाहक प्रधानमन्त्री पोखरेललाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएकी छिन् । प्रधानमन्त्री ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखर

शान्ति वार्तामा भारतले अहंकारी अभिव्यक्ति दिएको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान दुःखी

  • 19 minutes ago
शान्ति वार्तामा भारतले अहंकारी अभिव्यक्ति दिएको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान दुःखी

इस्लामावाद, पाकिस्तान । नयाँ दिल्लीले भारत–पाकिस्तान विदेश मन्त्रीस्तरको प्रस्तावित वार्ता तत्काल हुन नसक्ने बताएको भोलिपल्ट अर्थात् शनिबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बैठक रद्द गर्ने बिषयलाई



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

बुढी औलाले बताउँछ तपाईको स्वभाव

बुढी औलाले बताउँछ तपाईको स्वभाव

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।