Techie IT
२०८१ वैशाख २६, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालजाजरकोट भूकम्प: अस्थायी आवासका लागि चौबिस करोड पठाइयो

जाजरकोट भूकम्प: अस्थायी आवासका लागि चौबिस करोड पठाइयो


जाजरकोट । जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम शुक्रबार एकै दिन झण्डै चौबिस करोड निकासा गरिएको छ ।

बिहीबारसम्म रु २२ करोड नौ लाख रकम निकासा गरिएकोमा शुक्रबार थप २३ करोड ७३ लाख रकम निकासा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए ।

आजसम्म लाभग्राही प्रमाणित भएका २८ हजार पाँच सय २७ मध्ये १८ हजार तीन सय २८ लाभग्राहीका लागि पहिलो किस्ताबापत ४५ करोड ८२ लाख रकम निकासा भएको खड्काले जानकारी दिए । उनका अनुसार आज निकासा गरिएको रकम जाजरकोट जिल्लाका प्रभावितका लागि समेत छ ।

उनका अनुसार जाजरकोटका नौ हजार एक सय १६ मध्ये तीन हजार तीन सय नौ जना लाभग्राहीलाई रु आठ करोड २७ लाख २५ हजार पहिलो किस्ताबापतको रकम पठाइएको छ ।

यस्तै बाजुराका एक हजार तीन सय ९६ मध्ये दुई सय १४ परिवारलाई रु ५४ लाख ५० हजार, रुकुम पश्चिमका १४ हजार दुई सय २४ लाभग्राहीका लागि रु ३५ करोड ५६ लाख, बझाङका दुई हजार ३६ लाभग्राहीमध्ये पाँच सय ७७ परिवारका लागि रु एक करोड ४४ लाख २५ हजार रकम निकासा भएको छ ।

अझै सल्यानका एक हजार चार सय ८५ लाभग्राहीका लागि रकम निकासा गर्न बाँकी रहेको र छिट्टै निकासा हुने प्राधिकरणले जनाएको छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘भेप’ लाई प्रतिबन्ध लगाउने सरकारकाे तयारी

काठमाडौँ । सरकारले विद्युतीय चुरोट अर्थात् ‘भेप’ लाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य

वीर अस्पतालमा प्रधानमन्त्री प्रचण्ड दाँतको उपचार

काठमाडौँ । प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड बुधबार अपराह्न वीर अस्पताल पुगेका छन् । उनी दाँतको उपचार गराउनका लागि वीर अस्पताल

कोशीमा सरकार गठन गर्न प्रदेश प्रमुखलाई एमाले र माओवादीको पत्र

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख परशुराम खापुङलाई

संवैधानिक परिषद्को निर्णय सर्वसम्मतिले गर्नुपर्छ भन्नेमा अडिग छु: गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्नुपर्नेमा आफू अडिग रहेको बताएका छन् ।

सबै शिक्षकहरूको काज सरुवा फिर्ता गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजान निर्देशन

Techie IT