IIMS College

ISMT

HUB Education

अदालतमा बयान चलिरहँदा भरतपुरमा रवि लामिछानेका समर्थकहरूकाे ठूलाे भीड जम्मा

थुनछेक बहस भाेलि हुने

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

चितवन । जिल्ला अदालत चितवनमा पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन मुद्दामा बयान लिन सुरु भएको छ । पुडासैनीलाई आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका तीनजना विरुद्ध अदालतमा मुद्दा दर्ता भएपछि बयान सुरु भएको हो ।

 

सो अभियोगमा पक्राउ परेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीनजना विरुद्ध आइतबार अदालतमा मुद्दा दर्ता गरिएको थियो । जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।

 

मुद्दा दर्ता भएपछि यतिबेला सोही अभियोगमा पक्राउ परेकी नर्स अस्मिता कार्कीको बयान सुरु भएको अदालत स्रोतले जानकारी दिएको छ । अदालतका न्यायाधीश हेमन्त रावलको इजलासमा एकरएक जनाको पालैपालो बयान सुरु भएको हो ।

 

अदालतमा बयान चलिरहँदा यतिबेला अदालत आसपासका क्षेत्रहरूमा टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरूको ठूलो भीड जम्मा भएको छ । 

 

प्रहरीले समर्थकहरुको भीडलाई अदालत भन्दा केही परै रोकेर राखेको छ । समर्थकहरुले रवि लामिछानेलाई समर्थन गर्न भन्दै नाराबाजी गरिरहेका छन् । 

 

अदालत स्रोतका अनुसार भने अस्मिता कार्कीको बयान सकिएपछि रवि लामिछोने वा युवराज कँडेलको बयान सुरु हुने जनाएको छ । तीनै जनाको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ । 

 

थुनछेक बहस भोलि मात्रै हुने जनाइएको छ । थुनछेक बहस भएपछि मात्रै अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्नेछ ।

 

थुनछेक बहस सोमबार हुने अवस्थामा टिभी प्रस्तोता लामिछानेसहित तीनै जनालाई आज पनि हिरासतमा लगिने सम्भावना छ ।


थप समाचार

कुमारीपाटीमा ‘त्रिदेवी फेसन हाउस’ सञ्चालनमा

  • 28 seconds ago
कुमारीपाटीमा ‘त्रिदेवी फेसन हाउस’ सञ्चालनमा

ललितपुर । ललितपुरस्थित कुमारीपाटीमा नयाँ बुटिक ‘त्रिदेवी फेसन हाउस’ सञ्चालनमा आएको छ । राजधानीमा बुटिकको क्रेज बढ्दै गइरहेका बेला बुधबारदेखि ‘त्रिदेवी फेसन हाउस’ थपिएको हो । फेसन डिजाइनरत्रय दिलमा

अमिताभलाई तनाव दिएकी ती अभिनेत्री...

  • 2 minutes ago
अमिताभलाई तनाव दिएकी ती अभिनेत्री...

एजेन्सी । बलिउडमा कुनै समय यस्तो पनि थियो जब परवीन बाबीलाई फिल्महरुको ओइरो नै लाग्ने गथ्र्यो । तर, उनको मृत्यु भने निकै भयानक थियो । सन् २००५ को जनवरी २० मा उनको रहस्यमयी मृत्यु भएको थियो । उनी आफ्नै

होमलेस् मेन्, मेनलेस् होम्स्’

  • 11 minutes ago
होमलेस् मेन्, मेनलेस् होम्स्’

आर यू अ टेररिस्ट् ?



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

एजेन्सी । हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।