'फेक रेस्क्यू' प्रकरणका दोषी जोगाउँदै रविन्द्र अधिकारी

  • शुक्रबार, २५ साउन, २०७५
  • 2 months ago
  • अर्थ

काठमाडौँ । पर्यटकलाई नक्कली बिरामी बनाएर ‘फेक रेस्क्यू’ गराउने गिरोहलाई कारबाही गर्ने भन्दै सरकारले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएको करिब एक दर्जन दिन बितेपनि कुनै पनि कारबाहीको प्रक्रिया सुरु हुन सकेको छैन ।

 

नेपालको फैलँदो पर्यटकीय गतिविधिलाई नकारात्मक बनाउन प्रयोग भएका केही व्यवसायी, हेलिकोप्टर कम्पनी, अस्पताल तथा पर्यटन व्यवसायीलाई कारबाही गरिने बताएपनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसम्म कुनै प्रक्रिया सुरु गरेको छैन ।

 

केही विषयमा गृह मन्त्रालयलाई जानकारी गराउने र कारबाहीको प्रक्रिया सुरु गर्न प्रतिवेदनले आग्रह गरेपनि हालसम्म प्रतिवेदन गृह मन्त्रालयमा नै  पुग्न सकेको छैन ।

 

रेस्क्यूका नाममा ठगी धन्दा चलाउँदै आएका व्यवसायीमाथि सरकारले कारबाही सुरु भएको पर्यटन मन्त्रालयले दाबी गरेपनि सोही मन्त्रालयका एक वरिष्ठ अधिकारीकाअनुसार मन्त्री र सचिवले नै सो प्रतिवेदन नै राम्रोसँग अध्ययन नै गरेका छैनन् ।

 

मन्त्रालयकै मन्त्री र सचिवले नै प्रतिवेदन अध्ययन नगरेका कारण कारबाहीको प्रक्रिया अगाडि बढ्ला भन्ने बारेमा आशंका बढ्दै गएको छ ।

 

नेपाल भ्रमणमा आएका पर्यटकलाई नक्कली बिरामी बनाउने, नक्कली बीमा गर्ने र उद्दारको नाममा कमाउ धन्दा चलाउन अस्पताल, हेलिकोप्टर कम्पनी, पर्यटन व्यवसायी गरी करिब १०० भन्दा बढीलाई कारवाहीको सिफारिस गरिएको छ ।

 

छानबनि समितिले गृह मन्त्रालयको सहयोगमा कारबाही गर्ने सुझाव दिएको छ । तर गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाले हालसम्म सो प्रतिवेदन नै प्राप्त नभएको जनाएको छ ।

 

‘प्रतिवेदन पठाइएको बारेमा त हामीले सञ्चार माध्यमबाट थाहा पाएका हौं, तर प्रतिवेदन हालसम्म कस्तो बनेको छ, कस्ता विषय समावेश गरिएको छ भन्ने बारेमा जानकारी पाएका छैनौं’ सो महाशाखाका एक अधिकारीले भने, ‘प्रतिवेदन पाएपछि के गर्ने भन्ने बारेमा आवश्यक निर्णय होला, प्रतिवेदन नै अध्ययन नगरी, प्रतिवेदन नै नपाई कसरी यस्तो हुन्छ भन्ने ?’

 

नेपाल आएर पदयात्राको क्रममा विभिन्न भागमा पुग्ने पर्यटकलाई नक्कली बिरामी बनाउने, नक्कली उद्दार गरी बिमा रकम असुल्ने र उद्दारको चर्काे भाडा लिई ठगी गरेको चर्को गुनासो पछि मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । सो समिति गत जेठ २१ गते गठन भएको हो । समितिले यही साउन १४ गते प्रतिवेदन बुझाएको हो ।

 

पर्यटनमन्त्री रविन्द्र अधिकारीले छानबिन कार्यदलले बुझाएको प्रतिवेदनअनुसार विदेशी मुद्रा कारोबार गर्ने अनुमति नलिएको तर पर्यटकबापत विदेशी मुद्रामा उद्दार भाडा बापत भुक्तानी दाबी गरेको विवरण पेश गर्ने ५ ओटा कम्पनीलाई राष्ट्र बैंकबाट विदेशी विनिमय ऐनअनुसार छानबिन गर्न परिपत्र गरिएको बताएका छन् ।

 

उनले उद्दारको क्रममा महँगो शुल्क लिने ६ अस्पताललाई स्वास्थ्य मन्त्रालयबाट छानबिन गरी कारबाही गरिने बताए । तर स्वास्थ्य मन्त्रालयमा समेत हालसम्म उक्त प्रतिवेदन नै पठाइएको छैन ।

 

यस्तै महँगोमा उद्दार गर्ने ८ ट्राभल, ४ अस्पताल, ३ हेलिकप्टरको राजस्व चुहावटअनुसार छानबिन गरी कारबाही गर्न राजस्व अनुसन्धान विभागलाई अनुरोध गरिएको मन्त्री अधिकारीको भनाई छ । उनले ती निकायलाई समेत पत्राचार भइसकेको बताए पनि ती निकायमा समेत पत्र आएको÷नआएको बारे अनविज्ञता व्यक्त गरे ।

 

यस्तै पर्यटकलाई नियोजित रुपमा बिरामी गराउन खानेकुरामा मिसावट समेत गरी गराई स–संगठित तबरले बिमा रकम दाबी गर्ने गराउने कार्य गरेको वा एउटै उडानमा धेरै पर्यटक ल्याई प्रत्येक पर्यटकका आधारमा अलग–अलग बिल जारी गर्ने गरेको प्रतिवेदनले औंल्याएको छ ।

 

प्रतिवेदनमा उद्दार उडान तथा उपचार समेत नगराई कागजातहरु तयार पारी बिमा रकम दाबी गर्ने विवरण प्राप्त भएमा गृहमन्त्रालय तथा उक्त मन्त्रालयअन्तर्गत रहेको नेपाल प्रहरीबाट अनुसन्धान गराउने उल्लेख छ ।

 

त्यस्ता विषयमा संगठित अपराध तथा ठगीको कसुरमा अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाउन गृह मन्त्रालयलाई आग्रह गर्ने प्रतिवेदनमा उल्लेख छ ।

 

मन्त्री अधिकारीले कुनै पनि निकायलाई नछाडिने र दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउन आवश्यक पत्राचार गरिएको दावी गरे ।

 

नेपालको  पर्यटन क्षेत्रको बदनामी भएको भन्दै उनले कोही कसैले पनि छुट नपाउने विश्वास व्यक्त गरे । तर पूर्व एमाले निकटका व्यवसायी नै सो प्रकरणमा लागेको खुलेपछि मन्त्री अधिकारीले जोगाउन लागेको स्रोतहरुले जनाएका छन् ।

 


थप समाचार

लण्डनको पशुपतिनाथ मन्दिरमा पनि भित्र्याइयो फूलपाती 

  • 57 minutes ago
लण्डनको पशुपतिनाथ मन्दिरमा पनि भित्र्याइयो फूलपाती 

लण्डन । नेपालीहरुको महान पर्व विजया दशमीको सातौं दिन लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा पनि फूलपाती भित्र्याइएको छ । 

रश्मोरको दौडमा नेपालीहरुको उत्साहजनक सहभागिता

  • 3 hours ago
रश्मोरको दौडमा नेपालीहरुको उत्साहजनक सहभागिता

अल्डरसटस्थित कुइन्स एभिन्युमा आयोजित दौडमा उल्लेख्य संख्याका नेपालीसहित बेलायती र केहि अरु समुदाय समेत गरेर लगभग १६ सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।१० किमी दौड र फन रन दुवैमा नेपालीहरु उत्सा

दशैंको अवसरमा विहिबार र शुक्रबार लण्डनको नेपाली दूतावास बन्द रहने

  • 4 hours ago
दशैंको अवसरमा विहिबार र शुक्रबार लण्डनको नेपाली दूतावास बन्द रहने

लण्डन । लण्डनस्थित नेपाली दूतावास यहि अक्टोबर १८ विहिबार तथा १९ तारिख शुक्रबारका दिन बन्द रहने भएको छ । नेपालीहरुको महान पर्व दशैंका अवसरमा महानवमी र विजया दशमी गरी २ दिन दूतावास बन्द हुने भएको हो ।



भिडियो

प्रेम र यौन

यी हुन् सेक्स टुरिजमको लागि प्रख्यात १० देश

यी हुन् सेक्स टुरिजमको लागि प्रख्यात १० देश

केही मानिसहरुका लागि टुरको योजना फुल रोमान्चकता हुन्छ । सेक्स टुरिज्म यस्तै रोमान्चकताको एक भाग हो । जो कयौं देशका लागि सबै छिटो र धेरै कमाइ गर्ने स्रोत पनि हो । जहाँ ग्राहकका रुपमा धेरै पुरुषहरु सहभागी हुन्छन् भने सर्विसका लागि बढी महिला । करोडौंको कारोबार गर्ने यस उधोगका कारण देशलाई अत्यन्तै फाइदा पुग्ने गरेको छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमती परपुरुषसँग सल्केको कसरी थाहा पाउने ? यी हुन् सजिलो तरिका

श्रीमती परपुरुषसँग सल्केको कसरी थाहा पाउने ? यी हुन् सजिलो तरिका

श्रीमान् वा श्रीमती परपुरुष तथा परस्त्रीसँग सल्केको थाहा पाउन भने कठिन छ । तर, यही विषयलाई गरिएका केही अध्ययनहरुले भने पत्ता लगाउन सकिने दाबी गरेका छन् । यहाँ महिलाहरुले आफ्ना श्रीमान हुँदाहुँदै पनि परपुरुषसँग राखेको सम्बन्धकाबारेमा थाहा पाउन सकिने केही उपाय र तरिकाकोबारेमा चर्चा गर्न लागिएको हो ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।