ठेकेदारविरुद्ध एक्सनमा उत्रिने मन्त्री महासेठको प्रतिबद्धता

file-photo

विराटनगर । यातायात तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले समयमै काम नगर्ने ठेकेदार सांसद् भएपनि सरकारले नछाडने प्रतिबद्धता व्यक्त गरेका छन् । कानूनभन्दा माथि कोही पनि नहुने र ठेक्काको पेश्की लिएर समयमै काम नसक्ने ठेकेदार कारबाहीको भागिदार हुने उनले बताए ।

 

सोमबार विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री महासेठले भने, ‘कानूनभन्दा माथि कोही छैन । काम नगर्ने ठेकेदार सांसद् नै भए पनि सरकारले छुट दिँदैन ।’

 

उनले पप्पु कन्ष्ट्रक्सनको कामबारे संसदमा समेत कुरा उठेकाले सरकारले यसलाई गम्भीरतापूर्वक लिएको बताए । मन्त्री महासेठले पप्पु कन्ष्ट्रक्सन कम्पनीमा सांसद् हरिनारायण चौधरीले आफनो संलग्नता नरहेको बताए पनि यसबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाए ।

 

आयोजनाको ठेक्का लिएर समयमै काम नगर्ने केही ठेकेदारको बदमासीका कारण निर्माण क्षेत्र नै बदनाम भएको भन्दै उनले गल्ती गर्नेमाथि कारबाही गर्नुको विकल्प नभएको बताए ।

 

उनले समयमै काम नगर्ने मुलुक भरका १ सय ४२ ठेकेदार कम्पनीलाई १ करोडदेखि ५ करोडसम्म कार्वाही स्वरुप जरिवाना गरिएको जानकारी दिए । 

 

त्यसैगरी यातायतको सेन्डिकेट हटाउन नचाहने २ सय ४५ कम्पनीको बैंक खाता रोकेर सम्पत्ति शुद्धीकरण आयोगले छानबिन गरिरहेको बताए ।


थप समाचार

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

  • 6 minutes ago
चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

मन्ट्रीयल । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच

बेलयातमा एकाएक फेरिएको राजनीतिक तरंग, प्रधानमन्त्री मेमाथि नैतिक दबाब

  • 14 minutes ago
बेलयातमा एकाएक फेरिएको राजनीतिक तरंग, प्रधानमन्त्री मेमाथि नैतिक दबाब

लन्डन । बेलायतको संसदले प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन (इयू) सँग गरेको बहिर्गमन (ब्रेक्जिट) सहमतिलाई अस्वीकृत गरेको छ । स्थानीय समयअनुसार मङ्गलबार राति भएको उक्त मतदानमा ब्रेक्जिटको विपक्षम

सचिव कुट्ने मन्त्रीलाई बर्खास्त गर्न काँग्रेसकाे माग

  • 24 minutes ago
सचिव कुट्ने मन्त्रीलाई बर्खास्त गर्न काँग्रेसकाे माग

जनकपुरधाम । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीनन्द्रराज जोशीले प्रदेश नंं २ का आर्थिक मामिला मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको तत्काल यथार्थ सार्वजनिक गर्न माग गरेका छन् ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।