राजपाको दोहोरो चरित्र

काठमाडौं । प्रदेश २ को प्रदेश सभामा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विशेष सम्बोधन राजपाका तीन सांसदले बहिष्कार गरे । राजपा संसदीय दलका नेता तथा प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले पनि प्रधानमन्त्रीको सम्बोधन बहिष्कार नगर्न निर्देशन दिए पनि उनीहरूले अटेर गरे ।

 

राजपा सांसद उपेन्द्र महतो, गौरीनारायण साह र बिक्की यादवले सम्बोधन बहिष्कार गरेका थिए । उनीहरूले बहिष्कार गर्ने थाहा पाएपछि प्रधानमन्त्री ओलीले उपेन्द्र महतोलाई सभामुख कार्यकक्षमा बोलाएर छलफल गरेका थिए । तर, संविधान संशोधन नभएको र राजपाका नेताहरूमाथि लागेको राजनीतिक मुद्दा फिर्ता नभएको अवस्थामा प्रधानमन्त्री ओलीको विशेष सम्बोधनको कुनै औचित्य नभएको उनीहरूले जवाफ दिएका थिए ।

 

यसअघि संसदीय दलका नेता सोनलले पनि प्रधानमन्त्रीको भाषण बहिष्कार नगर्न भनेका थिए । उनले भाषण सुन्न नचाहने सांसदले प्रदेश सभामा नआउन आग्रह गरेको एक सांसदले बताए । राजपाका दुई मन्त्री जितेन्द्र सोनल, रामनरेश रायसहित केही सांसद मात्र प्रदेश सभामा उपस्थित थिए । समाजिक विकासमन्त्री नवलकिशोर साह, राज्यमन्त्रीहरू डिम्पल झा, सुरेश मण्डल, अभिराम शर्मा, राजपा सचेतक परमेश्वर साहलगायत बैठकमा सहभागी भएनन् । आजको नयाँपत्रिकाबाट ।


थप समाचार

मेलमिलापकर्ताको राष्ट्रिय सम्मेलन हुने

  • 13 minutes ago
मेलमिलापकर्ताको राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ । मेलमिलाप कार्यलाई थप प्रभावाकारी बनाउन मेलमिलापकर्ताहरुको दोश्रो राष्ट्रिय सम्मेलन वैशाख १६ र १७ गते काठमाडौँमा हुने भएको छ । सम्मेलनमा एक प्रदेशबाट तीन जना उपप्रमुख/उपाध्यक्ष रहनेग

मन्त्रलायद्धारा एफएम सम्बन्धि कानून र कर्मचारीको विवरण माग

  • 18 minutes ago
मन्त्रलायद्धारा एफएम सम्बन्धि कानून र कर्मचारीको विवरण माग

काठमाडौँ । एफएम सञ्चालनका लागि निर्माण गरेको कानून बुझाउन सञ्चार सूचना तथा प्रविधि मन्त्रालायले सबै स्थानीय तहलाई परिपत्र गरेको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रलायबाट सातसय ५३ वटै स्थानीय तह

जावेद अख्तर भन्छन् : कन्हैयालाई जिताउन जरूरी छ, उनी प्रगतिशील विचारका प्रतीक भइसके

  • 29 minutes ago
जावेद अख्तर भन्छन् : कन्हैयालाई जिताउन जरूरी छ, उनी प्रगतिशील विचारका प्रतीक भइसके

चर्चित गीतकार तथा फिल्मकार जाबेद अख्तर लोकसभा निर्वाचनमा बेगूसरायबाट उम्मेदवार बनेका युवा नेता कन्हैया कुमारको चुनावी सभामा सहभागी भए । सभामा उनले कन्हैयालाई जिताउन जरुरी रहेको भन्दै बेगूसरायका मतदाता



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिनुपर्छ । यो सजिलैसंग जान्न सकिन्छ । यसको सूत्र हो, आफ्नो उचाई ९सेन्टिमिटर० मा १०० घटाउने ।