राजेशपायलको गीतमा बेलायती अभिनेतासंग अनिताको रोमान्स (भिडियो)

  • बिहीबार, १० जेष्ठ, २०७५
  • 5 months ago
  • युके

लण्डन । चर्चित गायक राजेशपायल राईको गीतमा बेलायतमै निर्माण गरिएको एक म्युजिक भिडियो सार्वजनिक भएको छ । 

 

मेलोडी किंग राई र अमृता लिम्बुको आवाजमा सजिएको 'बिस्तारै बिस्तारै..' बोलको गीतमा बनेको भिडियोमा  बेलायतमा रहेर अन्तर्राष्ट्रिय स्तरका प्लेटफर्महरुमा मोडलिङ गर्दै आएकी मोडल अनिता लिम्बू र बेलायती अभिनेता ज्याक आर्मस्टंगले अभिनय गरेका छन् । 

 

लण्डनका विभिन्न आकर्षक लोकेसनहरुमा छायांकन गरिएको भिडियोको निर्देशन अमृत गुरुङले गरेका हुन् । भिडियोका सहायक निर्देशक निको प्रताप गुरुङ हुन् । 

 

गीतमा जानु कामवांगको शब्द तथा शिखर सन्तोषको संगीत छ ।

 

 

भिडियोकी अभिनेत्री लिम्बू पछिल्लो केहि समयदेखि बेलायतमा रहेर मोडलिङ क्षेत्रमा क्रियाशिल छन् । उनले लण्डन फेसन विक, अक्सफोर्ड फेसन विक लगायतका प्रतिष्ठित र अन्तर्राष्ट्रिय स्तरका प्लेटफर्महरुमा समेत मोडलिङको अनुभव संगालिसकेकी छन् । 

 

यसअघि नेपालमा केहि म्युजिक भिडियोहरुमा काम गरिसकेकी लिम्बूले बेलायतमा एक अफ्रिकन गायकको गीतमा बनेको भिडियोमा पनि अभिनय गरेकी थिइन् । 

 

त्यस्तै, म्युजिक भिडियोका अभिनेता ज्याक पनि एम्पायर अफ सार्क नामक चलचित्रका नायक हुन् । ज्याकले यसअघि सामसंग, म्याकडनल्ड, एमटिभी, डुरेक्स लगायतका ठूला ब्राण्डहरुका लागि कमर्सियल विज्ञापनहरु पनि गरिसकेका छन् । 

 

हेरौं, भिडियो :

 


थप समाचार

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 5 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

  • 5 hours ago
संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

दमौली । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत

बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

  • 5 hours ago
बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

दुल्लु । दैलेखको गुराँस गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने कार्यक्रम अघि सारेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।