यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष । तिथि द्वितीया, २६ घडी २८ पला, बेलुकी ०५ बजेर १४ मिनेट उप्रान्त तृतीया । करण गर, बेलुकी ०५ बजेर १४ मिनेट उप्रान्त वणिज । नक्षत्र पूर्वाफाल्गुनी, ०२ घडी ४३ पला, बिहान ०७ बजेर ४४ मिनेट उप्रान्त उत्तरफाल्गुनी । 

 

योग धृति,५० घडी २९ पला । आनन्दादिमा गद योग । चन्द्रराशि सिंह, मध्यान्ह ०१ बजेर कन्या २१ मिनेट उप्रान्त कन्या ।  काठमाडौंमा सूर्योदय ०६ बजेर ३९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५८ मिनेट । दिनमान २८ घडी १८ पला । 

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठीक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ । अदालतबाट आउँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुनाले एक किसिमको उमङग शरीरमा आउँनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ । 

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यावसाय तथा काम गर्ने बाताबरण बन्ने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा सन्तानबाट तपाईको काममा बिशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नया बिचार दिमागमा आउने हुनाले प्रबृधिको प्रयोग गरी व्यावहारमा रुपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाईकै सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ । बिहानको समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । 

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन अध्यापनमा अलि बढी समय खर्चिदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसी सुख सुबिधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउँने योग टरेर जाने तथा राजनीतिमा प्रतिश्पर्धिहरु हावि हुँनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथिहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) उद्योग तथा उत्पादन मुलक व्यावसायमा लागानि गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरीको उपलब्धि मुलक यात्राको तय गर्न सकिनेछ भने व्यापारमा प्रशस्त आम्दानि हुनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । पुराना विवादित बिषयहरु हल भएर जानेछन् । नाफामूलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पहिले गरेका कामबाट मनग्गे आम्दानि हुनेछ भने समयमा स्रोत साधन तथा भौतिक सम्पति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । बिद्या तथा प्रतिष्पर्धिहरु हार खानेछन् भने तपाईको कुरा काट्ने हरुलाई पाठ सिकाउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरण तथा हास खेलमा समय बित्नेछ । पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकनेछ । बिहानको समय मध्ययम रहेकोले व्यापारमा वढिनै समय खर्चिए मात्र आम्दानि हुनेछ । 

 

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) साना तिना समस्या देखिएपनि लगनशिल भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेकोछ । पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । दाजुभाईले तपाईको काममा सहयोग गर्ने हुनाले ठुला तथा उपलब्धिमुलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरु प्राप्तीको योग रहेको छ । व्यापार व्यावसायमा लगानि गरी आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । बिहानको समयमा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय उत्तम रहेकोले शिक्षा तथा बैकिङ क्षेत्रमा लगानि गरी आम्दानि बढाउन सकिनेछ । अध्ययानमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने पति पत्निबीच अबिश्वास बढ्नेछ । साथिभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाईदाको लागि अलि बढी मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । 

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आर्थिक अवस्था उकास्न गरिने क्रिर्याकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानि हुनेछ । बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानि गर्ने अवसर आउनेछ । दाजुभाईको सहयोगले सवारी साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको बिकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । बिहानको समय मध्ययम रहेकोले नोकरीमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजसेवा तथा राजनीतिमा समय दिनेहरुले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउँनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुँनेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत संगीत तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नया ठाउमा लगानि गर्ने बाताबरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईका सहभागिता उच्च स्तरको रहनेछ । बिहानको समय मध्ययम रहेकोले कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय राम्रो रहेकोले विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । मध्यान्हबाट अनाबश्यक बिषयमा बिवादमा फस्ने योग रहेकोछ ख्याल गर्नुहोला । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला दुर्घटना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आई दैनिक कामहरु प्रभावित हुने हुनाले आर्थिक संकटको सामना गर्नु पर्नेछ ।

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । व्यापार व्यावसायबाट मनग्गे नाफा कमाउँन सकिनेछ भने लामो दुरीको यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यतित गर्दा खुसी भएको महशुस गर्नेछन् ।

 

 


थप समाचार

गाेरखामा बस दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

  • 1 hour ago
गाेरखामा बस दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

गोरखा । गोरखा नगरपालिका–१३ पाँचकिलोमा आज बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

काँग्रेसमा कारवाहीकाे तयारी, एकदेखि पाँच वर्षसम्म निलम्बनकाे व्यवस्था

  • 1 hour ago
काँग्रेसमा कारवाहीकाे तयारी, एकदेखि पाँच वर्षसम्म निलम्बनकाे व्यवस्था

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी हित विपरीत क्रियाकलाप र गतिविधि गर्ने सदस्यलाई कारवाही गर्ने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको पहिलो बैठकल

सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल हुन्ः ट्रम्प

  • 2 hours ago
सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल हुन्ः ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मङ्गलबार मुल धारको सञ्चारमाध्यमलाई ‘शत्रु’ र ‘प्रतिपक्षी दल’ को सज्ञा दिएका छन्।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कस्ता खानेकुरा खाँदा मोटाइन्छ

थाहा पाउनुहोस् कस्ता खानेकुरा खाँदा मोटाइन्छ

एजेन्सी । हामी हाम्रो जीवन फिट एण्ड फाइन भएको चाहन्छौँ । यसका लागि हामीले प्रमुख ध्यान दिने भनकै खाने कुरा हो । मोटोपनका कारण मानिसहरु विभिन्न रोगको शिकार भइराखेका छन् ।

विचित्र विश्व

अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्

अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्

एजेन्सी । टेक्नोलोजीमा विकास भएसँगै मानिसको भुमिकामा पनि परिवर्तन आएको छ । केही यस्ता टेक्नोलोजीको विकास भएका छन् जसले गर्दा केही कामहरु हराएर जाने समेत अनुमान लगाइएको छ ।