गृहपृष्ठ ∕
राजनीति ∕
संसदमा प्रभावकारी भूमिका निभाउन पार्टीका सांसदलाई कांग्रेसको निर्देशन संसदमा प्रभावकारी भूमिका निभाउन पार्टीका सांसदलाई कांग्रेसको निर्देशन
काठमाडौँ । नेपाली कांग्रेसले संसदमा प्रभावकारी भूमिका निभाउन पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ ।
सोमबारदेखि सुरू हुने हिउँदे अधिवेशनको संघारमा शुक्रबार बसेको संसदीय दलको बैठकमा संसदमा पार्टीको दरिलो उपस्थितिबारे केही निर्णय नै गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
सदन र संसदीय समितिमा गणपुरक संख्या नपुगेको विषयमा बैठकको ध्यानाकर्षण भएको उनको भनाइ छ । समिति बैठकमा, मन्त्री र सांसद अनिवार्य उपस्थित हुन निर्देश गरिएको छ । साथै बैठकभर क्रियाशीलरूपमा भाग लिन पनि भनिएको छ ।
सदनको अधिवेशन चल्दासम्म कांग्रेस सांसदले राजधानी छाड्न नपाउने जानैपरे प्रमुख सचेतक र सचेतकबाट लिखित अनुमति लिएर छाड्नुपर्ने निर्देशन दिइएको पनि लेखकले बताए ।
बाँकी विधेयक चाँडो लैजान र विचाराधीन विधेयकलाई यही अधिवेशनबाट पारित गर्न सरकारलाई आग्रहसहित अन्य राजनीतिक दललाई पनि आवश्यक भूमिकाको लागि अपील गर्ने पनि बैठकले निर्णय गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला
काठमाडौँ । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा भोलि शनिवार
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर
काठमाडौँ । काठमाडौँ विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको ‘आईक्यू एअर’ ले गरेको मापनअनुसार आज
काठमाडौँ । नेपाल र चीनबीच दुई वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयसँग विश्वव्यापी
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा. आरजु राणाले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता