आजबाट विश्वकप फुटबल, नेपाली समयको तालिका सहित

काठमाडौं । फुटबलको महाकुम्भ आजबाट रसियाको मस्कोमा सुरु हुँदैछ। रसिया संस्करणको विश्वकपमा पनि ३२ देश सहभागी छन् । सहभागी देशले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

 

सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। जुलाई १५ सम्म चल्ने प्रतियोगितामा कुल ६४ खेल हुनेछन्। विश्वकपमा युरोपबाट आयोजक रसियासहित बेल्जियम, जर्मनी, इङ्ल्यान्ड, स्पेन, पोल्यान्ड, आइसल्यान्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्विट्जरल्यान्ड, क्रोएसिया, स्विडेन र डेनमार्क गरि १४ देश सहभागी छन् ।

 

एसियाबाट इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया तथा अफ्रिकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, ट्युनिसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दैछन्। उत्तर अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पनामा तथा दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्बिया र पेरुले प्रतिस्पर्धा गर्दैछन्। विश्वकपमा कुल ७ सय ३६ जना खेलाडी सहभागी हुँदैछन्। 

 

विश्वकप २१औं संस्करणमा आइपुग्दा जम्मा ८ देशले मात्र उपाधि जितेका छन्। ती देशमध्ये सर्वाधिक पाँच पटकको विजेता ब्राजिल, साविक विजेता जर्मनी, स्पेन, फ्रान्स, अर्जेन्टिना र इङ्ल्यान्डलाई उपाधिको प्रमुख दावेदार मानिएको छ।

 

उद्घाटन मास्कोस्थित लुजनिगी रंगशालामा आयोजक रुस र साउदी अरेबियाको भिडन्तबाट हुँदै छ । 

 

खेल कुन कुन समयमा सुरु हुँदैछ यसबारे हामीले तपाईलाई नेपाली समय अनुसार समय तालिका प्रस्तुत गरेका छौ । 

 

१ असार २०७५ 

 

साँझ ५ः४५, इजिप्ट र उरुग्वे, पहिलो समूह

 

साँझ ८ः४५, मोरक्को र इरान, दोस्रो समूह

 

राति ११ः४५, पोर्चुगल र स्पेन, दोस्रो समूह

 

२ असार, २०७५ 

 

साँझ ५ः४५, फ्रान्स र अस्ट्रेलिया, तेस्रो समूह

 

साँझ ६ः४५, अर्जेन्टिना र आइसल्याण्ड, चौथो समूह

 

राति ९ः४५, पेरु र डेनमार्क, तेस्रो समूह

 

राति १२ः४५, क्रोएसिया र नाइजेरिया, चौथो समूह

 

 

३ असार, २०७५ 

 

साँझ ५ः४५, कोस्टारिका र सर्बिया, पाँचौ समूह

 

साँझ ८ः४५, जर्मनी र मेक्सिको, छैटौं समूह

 

राति ११ः४५, ब्राजिल र स्वीजरल्याण्ड, पाँचौं समूह

 

४ असार, २०७५ 

 

साँझ ५ः४५, स्वीडेन र कोरिया गणतन्त्र, दक्षिण कोरिया, छैटौं समूह

 

साँझ ८ः४५, बेल्जियम र पानामा, सातौं समूह

 

राति ११ः४५, टिउनेसिया र बेलायत, सातौं समूह

 

५ असार २०७५ 

 

साँझ ५ः४५, कोलम्बिया र जापान, आठौं समूह

 

साँझ ८ः४५, पोल्याण्ड र सेनेगल, आठौं समूह

 

राति ११ः४५, रुस र इजिप्प, पहिलो समूह

 

६ असार २०७५ 

 

साँझ ५ः४५, पोर्चुगल र मोरक्को, दोस्रो समूह

 

साँझ ८ः४५, उरुग्वे र साउदी अरेबिया, पहिलो समूह

 

राति ११ः४५, इरान र स्पेन, दोस्रो समूह

 

७ असार २०७५ 

 

साँझ ५ः४५, डेनमार्क र अस्ट्रेलिया, तेस्रो समूह

 

साँझ ८ः४५, फ्रान्स र पेरु, तेस्रो समूह

 

राति ११ः४५, अर्जेन्टिना र क्रोएसिया, चौथो समूह

 

८ असार २०७५ 

 

साँझ ५ः४५, ब्राजिल र कोस्टारिका, पाँचौं समूह

 

साँझ ८ः४५, नाइजेरिया र आइसल्याण्ड, चौथो समूह

 

राति ११ः४५, सर्बिया र स्विट्जरल्याण्ड, पाँचौं समूह

 

९ असार २०७५ 

 

साँझ ५ः४५, बेल्जियम र टिउनेसिया, सातौं समूह

 

साँझ ८ः४५, कोरिया गणतन्त्र, दक्षिण कोरिया र मेक्सिको, छैटौं समूह

 

राति ११ः४५, जर्मनी र स्वीडेन, छैटौं समूह

 

१० असार २०७५ 

 

साँझ ५ः४५, बेलायत र पानामा, सातौं समूह

 

साँझ ८ः४५, जापान र सेनेगल ९आठौं समूह

 

राति ११ः४५, पोल्याण्ड र कोलम्बिया, आठौं समूह

 

११ असार २०७५ 

 

साँझ ७ः४५, उरुग्वे र रुस, पहिलो समूह

 

साँझ ७ः४५, साउदी अरेबिया र जापान, पहिलो समूह

 

राति ११ः४५, स्पेन र मोरक्को, दोस्रो समूह

 

राति ११ः४५, इरान र पोचुगल, दोस्रो समूह

 

१२ असार २०७५ 

 

साँझ ७ः४५, अस्ट्रेलिया र पेरु, तेस्रो समूह

 

साँझ ७ः४५, डेनमार्क र फ्रान्स, तेस्रो समूह

 

राति ११ः४५, नाइजेरिया र अर्जेन्टिना, चौथो समूह

 

राति ११ः४५, आइसल्याण्ड र क्रोएसिया, चौथो समूह

 

१३ असार २०७५ 

 

साँझ ७ः४५, कोरिया गणतन्त्र, दक्षिण कोरिया र जर्मनी, छैटौं समूह

 

साँझ ७ः४५, मेक्सिको र स्वीडेन, छैटौं समूह

 

राति ११ः४५, सर्बिया र ब्राजिल, पाँचौं समूह

 

राति ११ः४५, स्विट्जरल्याण्ड र कोस्टारिका, पाँचौं समूह

 

 

१४ असार २०७५ 

 

साँझ ७ः४५, जापान र पोल्याण्ड, आठौं समूह

 

साँझ ७ः४५, सेनेगल र कोलम्बिया, आठौं समूह

 

राति ११ः४५, पानामा र टिउनेसिया, सातौं समूह

 

राती ११ः४५, बेलायत र बेल्जियम, सातौं समूह

 

 


थप समाचार

बेलायतको कोलबर्न टाउनमा मेयर बने डा शर्मा

  • 2 minutes ago
बेलायतको कोलबर्न टाउनमा मेयर बने डा शर्मा

नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा डा जगन्नाथ शर्मा निर्वाचित भएका छन् । मेको पहिलो साता सम्पन्न स्थानीय निर्वाचनमा काउन्सिलर निर्वाचित डा शर्मा सोमबार मेयरका लागि भएको निर्वाचनमा विजयी भ

प्रधानमन्त्रीकाे हातमा साबेल

  • 8 hours ago
प्रधानमन्त्रीकाे हातमा साबेल

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गमा (अप्टिकल फाइवर नेटवर्क) को धादिङको गल्छी गाउँपालिका वडा नं. ४ मासटारमा सोमबार शिलान्यास गर्दै ।

‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

  • 9 hours ago
‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्मा दर्ता गरिएको मिडिया विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आज



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।