के रोनाल्डोको टिम पोर्चुगलले विश्वकप जित्ला त ?

  • शुक्रबार, १८ जेष्ठ, २०७५
  • 5 months ago
  • खेल

पोर्चुगल फुटबलमा उदीयमान राष्ट्र हो । सबै फुटबल प्रेमीले क्रिस्टियानो रोनाल्डोको टिम भनेर चिन्छन् । हुन पनि क्रिस्टियानो रोनाल्डो त्यस्ता खेलाडी हुन् जसको नाममा थुप्रै विश्व कीर्तिमान रहेका छन् । पोर्चुगल पनि २०१८ को विश्वकप फुटबलको उपाधि दाबेदार राष्ट्रकै रुपमा गनिन्छ । सन् १९६६ बाट विश्वकप खेल्न थालेको पोर्चुगलले अहिलेसम्म ६ पटक विश्वकप खेलिसकेको छ । पहिलो पटक सहभागिता जनाएको विश्वकपमै पोर्चुगलले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थानसम्म ओगटेको थियो ।

 

सन् २००६ सालमा जर्मनीमा सम्पन्न विश्वकपमा पनि पोर्चुगल चौथो भएको थियो । २ पटक युरो कपको उपाधि उचालेको पोर्चुगल जुनसुकै बेला ठूला टिमलाई पराजित गर्ने हैसियत राख्छ । सन् २०१६ को युरो कपको फाइनलमा फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले उपाधि चुमेको थियो । कप्तान क्रिस्टियानो रोनाल्डो, नानी, पेपे, रिकार्डो क्वारिस्मा जस्ता स्टार खेलाडीहरूको बाहुल्यता रहेको पोर्चुगल पनि बलियो टिममै गनिएका छन् ।

 

मुख्य हतियार, आन्द्रे सिल्भा

 

सन् २०१५ मा न्युजिल्याण्डमा भएको यू–२० विश्जकप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई महत्वपूर्ण सफलता दिलाएका आन्द्रे सिल्भा पनि यस पटकको विश्वकपमा धेरैको आँखामा परेका खेलाडी हुन् । यू–२० विश्वकपमा भएको पाँच खेलमा उनले चार गोल गरेका थिए । साथै दुई गोलमा सहयोगीको भूमिका निर्वाह गरेका थिए । जसको प्रदर्शनको सहयोगमा पोर्चुगल विश्वकपमा अन्तिम आठमा पुगेको थियो । एसी मिलानबाट आफ्नो व्यावसायिक फुटबल खेलिरहेका यी २२ वर्षीय खेलाडीले यसपटकको विश्वकपमा क्रिस्टियानो रोनाल्डोको सहयोगीको भूमिका निर्वाह गर्नेछन् । उनले पोर्चुगलबाट खेलेको २० खेलमा ११ गोल गरिसकेका छन् ।

 

खेलहरु

विश्वकपको समूह ‘बी’ मा रहेको पार्चुगलले समूह चरणमा खेल्ने खेलहरु

१५ जुनमा स्पेनविरुद्ध

२० जुनमा मोरक्कोविरुद्ध

२५ जुनमा इरानविरुद्ध

 

प्रशिक्षक फर्नाल्डो सान्तोष

 

पूर्व खेलाडी फर्नान्डो सान्तोषले विश्वकपमा पोर्चुगलको टोलीको प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । यसअघि ग्रिसको राष्ट्रिय टोलीलाई प्रशिक्षण दिएका उनी सन् २०१४ मा पोर्चुगलको टिम सम्हाल्न आएका हुन् । उनले सम्हालेको टोलिले सन् २०१६ को यूरोकप विजेता पनि बनायो । सम्झौता अनुसार उनले सन् २०२० सम्म पोर्चुगलको टिम सम्हाल्नेछन् । 

 

खेलाडी सूची

 

विश्वकपको लागि पोर्चुगलले २३ सदस्यीय खेलाडी टोली घोषणा गरिसकेको छ । 

गोलकिपर

रुई पेट्रिरिको (स्पोर्टिङ)

बेटो (गोजटेपे)

एन्थोनी लोपेज (लियोन)

 

डिफेन्डर

 

सेडरिक सोयरिस (साउथह्याप्टन)

रिकार्डो पेरेरिया (पोर्तो)

मारियो रुई (नापोली)

पेपे (बेसिक्टास)

जोसे फोन्टे (डालियान याफाङ्ग)

ब्रुनो आल्भेज (रेन्जर्स)

राफेल गरेरियो (डर्टमण्ड)

रुवेन डायस (बेन्फिका)

 

मिडफिल्डर

 

विलियाम कार्भाल्लो (स्पोर्टिङ)

एड्रियन सिल्भा) (लेस्टर सिटी)

जाओ मारियो (वेष्ट हाम)

जाओ माउटिन्हो (मोनाको)

म्यानुअल फर्नान्डेज (लोकोमोटिभ मस्को)

ब्रुनो फर्नान्डेज (स्पोर्टिङ)

 

फरवार्ड

 

क्रिस्टियानो रोनाल्डो (रियल मड्रिड)

आन्द्रेस सिल्भा (एसी मिलान)

जेल्सन मार्टिन्स (स्पोर्टिङ)

रिकार्डो (बेसिक्टास)

बर्नाडो सिल्भा (म्यान्चेस्टर सिटी)

गोन्कालो गुडेस (भ्यालेन्सिया)

 


थप समाचार

विश्वभरका महिला सांसदको लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

  • 4 hours ago
विश्वभरका महिला सांसदको  लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

लण्डन । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले लण्डनमा सम्पन्न विश्वभरका महिला सांसदहरुको एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेकी छन् ।

बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

  • 5 hours ago
बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

आइतबार लण्डनको फेल्थाममा १६ औँ राष्ट्रिय विभुती ,समाज सुधारक महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ती मनाइएको छ ।

भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

  • 7 hours ago
भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

हनोई । भियतनामले यसै वर्षको अन्त्यदेखि लागू हुने बहुचर्चित प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट अलग हुने घोषणा गरे पनि सम्झौता अनुमोदन गर्ने



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

बन्दीपुरमा कृत्रिम ताल बनाइने

बन्दीपुरमा कृत्रिम ताल बनाइने

दमौली । तनँहुको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।