Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थसुनको मूल्यले बनायो नयाँ रेकर्ड

सुनको मूल्यले बनायो नयाँ रेकर्ड


काठमाडौँ। बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ‍। मंगलबार तोलामा २ हजार ४ सयले बढेको सुनको मूल्य आज तोलामा १ हजार ५ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ प्रतितोला कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ प्रतितोला कायम भएको छ।

यसअघि मंगलबार भने छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३९५ रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार भने चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो। यसअघि गत वैशाख २१ गते उच्च मूल्य बनाएको सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैँ । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला

सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

Techie IT