सांसदका लिखित र मौखिक प्रश्नको जवाफ किन दिँदैन सरकार ?

Education Park

काठमाडौँ – सांसदहरूले सोध्ने गरेका लिखित तथा मौखिक प्रश्नको जवाफ नदिई सरकारले उपेक्षा गर्दै आएको छ । संसद् नियमावलीअनुसार सांसदले सरकारलाई लिखित तथा मौखिक रूपमा प्रश्न सोध्न सक्छन् । 

 

सम्बन्धित मन्त्रालयले त्यस्ता प्रश्नको जवाफ दिनुपर्ने भए पनि बेवास्ता हुँदै आएको छ ।  संघीय संसद्को हिउँदे अधिवेशन प्रारम्भ भएको दुई साता नपुग्दै प्रतिनिधिसभाको प्रश्न व्यवस्थापन शाखामा २ वटा लिखित र ११ वटा मौखिक प्रश्न दर्ता भइसकेका छन् । 

 

यसअघि वर्षे अधिवेशनमा समेत सांसदहरूले २२ वटा मौखिक तथा ४ वटा लिखित प्रश्न सरकारलाई गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सोधिएका अधिकांश प्रश्नको जवाफ आएन । 

 

संसद् नियमावलीअनुसार सांसदहरूले सोधेका लिखित वा मौखिक प्रश्नको बढीमा १० दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिइसक्नुपर्छ । त्यस्तै, प्रतिनिधिसभाको नियमावलीको परिच्छेद ८ मा सांसदहरूले प्रश्न गर्न सक्ने र परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने व्यवस्था छ । 

 

नियमावलीअनुसार प्रश्न गर्ने अधिकार प्रयोग गर्न नपाएको भन्दै प्रमुख विपक्षी दल कांग्रेसले संसद्मै आवाज उठाउँदै सदन अवरुद्ध गरेपछि सचिवालय यतिवेला प्रश्न संकलन गर्ने र सरकारलाई पठाउने काममा व्यस्त देखिएको छ । 

 

यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट ।


थप समाचार

क्रिस्टोफरः एक उदाहरणिय व्यक्ति

  • 44 seconds ago
क्रिस्टोफरः एक उदाहरणिय व्यक्ति

एजेन्सी । हरेक मानिस शारिरीक तथा मानसिक रुपमा पुर्ण हुदैनन् । समाजमा केही यस्ता अशक्त व्यक्तिहरु पनि छन् जो सफल हुन हरसम्भव प्रयास गरेका छन् । सफल पनि भएका छन् । विश्वमा केही यस्ता व्यक्तिहरु छन् जसले

कतै तपाईलाई यस्तो कमजोरी त छैन, प्याज खानुहोस् ठीक हुन्छ

  • 13 minutes ago
कतै तपाईलाई यस्तो कमजोरी त छैन, प्याज खानुहोस् ठीक हुन्छ

एजेन्सी । यदी तपाईको केही दिन यता यौनेच्छामा कमी भएको छ, भने तपाईले आफ्नो खानामा ध्यान दिनुपर्छ । कुनै आहारले सेक्सको इच्छा र शक्ति पनि बढाउन मद्धत पु¥याउँछ ।

महोत्तरीबाट लागुपदार्थसहित दुई पक्राउ

  • 15 minutes ago
महोत्तरीबाट लागुपदार्थसहित दुई पक्राउ

जनकपुरधाम । लागुपदार्थसहित प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–२ का २३ वर्षीय पवन विश्वकर्मा र सर्लाहीको लालबन्दी नगरपालिका–१० का २७ वर्षीय रोशन विश्वकर्म



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

क्रिस्टोफरः एक उदाहरणिय व्यक्ति

क्रिस्टोफरः एक उदाहरणिय व्यक्ति

एजेन्सी । हरेक मानिस शारिरीक तथा मानसिक रुपमा पुर्ण हुदैनन् । समाजमा केही यस्ता अशक्त व्यक्तिहरु पनि छन् जो सफल हुन हरसम्भव प्रयास गरेका छन् । सफल पनि भएका छन् । विश्वमा केही यस्ता व्यक्तिहरु छन् जसले प्रमाणित गरिदिएका छन् सफल हुन शारिरीक रुपमा पुर्ण हुन पर्दैन ।

विचित्र विश्व

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

एजेन्सी । बेलायतमा सामाजिक सञ्जाल इन्स्टाग्राममा मानव खोपडि बिक्री हुने गर्दछ । स्थानिय मिडिया ‘द सन’ का अनुसार धेरैजसो हड्डी तथा खोपडिको विक्री रिसर्च तथा मेडिकल साइन्सको प्रयोजनका लागि गरिन्छ ।