IIMS College

ISMT

HUB Education

लण्डनमा सरोज खनाल र गौरी मल्ललाई २५ वर्ष अघिका सहकर्मी भेट्ने संयोग

  • सोमबार, २८ माघ, २०७५
  • 9 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । नेपाली चलचित्र क्षेत्रमा आफ्नो पालामा सर्वाधिक चलेका नायक नायिका हुन् सरोज खनाल र गौरी मल्ल ।  'सम्हालिन्छ कहिले मन' नामक चलचित्रको छायांकनको लागि यी भेटेरान अभिनेता र अभिनेत्री  गतसाता बेलायत आइपुगेका छन् । 

 

बेलायतमा चलचित्रको छायांकन सुरु गर्नुअघि शनिबार सांझ खनाल र मल्ल पुगे लण्डन, प्लमस्टिडको गोर्खा क्लबमा । जहां उनीहरुको स्वागतका लागि आतुर बनेर पर्खिरहेका थिए यी दुवै कलाकारका अढाई दशकअघिका सहकर्मी कलाकारहरु मनिषकुमार श्रेष्ठ र विनोद चिपालु । 

 

श्रेष्ठ र चिपालु दुवै झण्डै २० वर्षदेखि बेलायतमा बस्दै आएका छन् । बेलायतमा रहेर समेत विभिन्न चलचित्र, नाटक तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरुमार्फत नेपाली कला क्षेत्रमा सक्रिय छन् उनीहरु । 

 

बेलायत आउनुपूर्व दर्जनौं नेपाली चलचित्र, टेलिफिल्म, नाटक लगायतमा काम गरेका श्रेष्ठ र चिपालुले अभिनेता खनाल र अभिनेत्री मल्लसंग समेत कैयौंपटक एकै सेटमा काम गर्ने अवसर पाएका थिए । 

 

दर्जनौं नेपाली चलचित्रमा खलपात्रको अभिनयदेखि स्पेसल इफेक्टको जिम्मेवारी निर्वाह गरेका चिपालुसंग अभिनेता सरोज खनालसंगका थुप्रै स्मरणहरु छन् । तपस्या, अरुणिमा, नाता, रगत, कर्मयोद्धा सहितका कैयौं चलचित्रहरुदेखि कोरस, चतुरेको दाउपेच लगायतका टेलिफिल्म र नाटकहरुमा पनि उनले अभिनेता खनालसंगै काम गर्ने अवसर पाएका थिए । 

 

अभिनेत्री गौरी मल्लसंग पनि तपस्या, नाता सहितका कैयौं चलचित्रमा सहकर्मीका रुपमा काम गरेको अनुभव चिपालुसंग छ ।

 

कुनै बेलाका आफ्ना सहकर्मी समेत रहेका नेपाली चलचित्र क्षेत्रका दुई सम्मानित कलाकारहरुलाई २८ वर्षपछि लण्डनमा भेट्न पाउंदा चिपालुमा हर्षको सिमा नै रहेन ।'शब्दमै व्यक्त गर्न नसक्ने खुशी लाग्यो । उहांहरु पनि निकै खुशी हुनुभयो', चिपालुले सुनाए, 'जमानामा एउटै कपको चिया र चिउरा बांडेर खांदै संगै काम गरेको सम्झनाहरु समेत ताजा भएजस्तै लाग्यो ।' 

 

२८ वर्ष अघिको तस्विर (बाँया ) कै पोजमा विनोद चिपालु र सरोज खनाल

 

मनिषकुमार श्रेष्ठले पनि अभिनेता खनाललाई २६ वर्षपछि लण्डनमा भेट्ने मौका पाए । कर्मयोद्धा, आकाश पनि झुक्छ सहितका चलचित्रहरुमा उनीहरुले संगै अभिनय गरेका थिए । 

 

धेरै वर्षपछि पुराना अग्रज कलाकारहरुलाई आफै सञ्चालक रहेको गोर्खा क्लबमा स्वागत गर्ने अवसर पाएका श्रेष्ठले भने,  'सांच्चीकै भगवान नै भेटेजस्तो खुशी महसुस भयो ।' 

 

आफ्ना पुराना सहकर्मीहरु भेट्दाको खुशी शेयर गर्न अभिनेत्री मल्ल र अभिनेता खनालले पनि  कञ्जुस्याईं गरेनन् । 'आज निकै मिठो संजोग बन्यो । पुराना सम्झनाहरु ताजा भए;, अभिनेत्री गौरी भन्दै थिइन्, 'धेरै वर्षपछि एकअर्कासंग भेट हुंदा पीडासंगै धेरै खुशीको पनि अनुभुति हुंदोरहेछ ।' 

 

अभिनेता खनाल भने विगतमा श्रेष्ठ र चिपालु संगसंगै काम गर्दाका दिनहरु सम्झिंदै भावुक नै बने । 'विगतमा नुन र चिउरा खांदै नेपाली फिल्म क्षेत्रमा मैले संघर्ष गर्दाका मेरा साथी र साक्षी हुनुहुन्छ  उहांहरु', सरोजले भने, 'आज लण्डनमा उहांहरुबाट यो आत्मीयता पाउनु मेरो लागि सानो खुशीको कुरो होइन । आज यहां पाएको माया जिवनभर सम्झनामा रहिरहनेछ ।' 

 

मनिषकुमार श्रेष्ठ र सरोज खनाल उहिले र अहिले 

 

 


थप समाचार

सलमान खानमाथि ऐश्वर्या यस्ताखाले आरोपसम्म लगाएकी थिइन्

  • 13 hours ago
सलमान खानमाथि ऐश्वर्या यस्ताखाले आरोपसम्म लगाएकी थिइन्

एजेन्सी । बलिउडमा सबैभन्दा चर्चित लभ अफेयर सलमान खान र ऐश्वर्या रायको रह्यो । आज पनि आफ्नो आफ्नो जीवन बिताइरहेका यी दुईको किस्सा पनि उत्तिकै चर्चामा रहेको छ । फिल्म हम दिल दे चुके सनम फिल्मबाट सुरु भए

'नेपाल सरकारको सङ्कल्प साकार पार्न बंगलादेशले हरसम्भव सहयोग गर्ने'

  • 13 hours ago
'नेपाल सरकारको सङ्कल्प साकार पार्न बंगलादेशले हरसम्भव सहयोग गर्ने'

काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध

जाडो समयमा घुम्न जाने नेपालका विशेष ठाउँहरु

  • 13 hours ago
जाडो समयमा घुम्न जाने नेपालका विशेष ठाउँहरु

काठमाडौँ । विस्तारै चिसो मौसम पनि सुरु हुँदैछ । यस मौसममा मानिसहरु नयाँ नयाँ ठाउँमा घुम्न रुचाउँछन् ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

अहिले अमलाको सिजन पनि सुरु हुँदैछ । अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दू धर्ममा पनि पूजनीय फलको रुपमा राखिन्छ ।

विचित्र विश्व

विश्वका चर्चित कारगारहरु !

विश्वका चर्चित कारगारहरु !

एजेन्सी । विश्वमा हरेक देशहरुमा कारागार हुने गर्दछ जसमा सजाय पाएका कैदीहरुलाई राख्ने गरिन्छ । विश्वका थुपै्र कारागारहरुका आफ्नै विशेषताहरु हुने गर्दछन् । यसका साथै ती कारागारहरुलाई लिएर रोचक प्रसंगहरु पनि बाहिर आइनैरहन्छन् । यसै सन्दर्भमा विश्वका केही चर्चित कारागारहरुको बारेमा चर्चा गरौँ ।