IIMS College

ISMT

HUB Education

व्यवसायी भण्डारीको पहलमा स्कटल्याण्डमा नेपाल भ्रमण वर्ष प्रवर्द्धन गरिंदै

  • शुक्रबार, २ फागुन, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । स्कटल्याण्डका सफल रेष्टुरेन्ट व्यवसायी काशिराम भण्डारीको पहलमा नेपाल भ्रमण वर्ष प्रवर्द्धन कार्यक्रम आयोजना हुने भएको छ । 

 

यहि फेब्रुअरी २३ तारिखका दिन स्कटल्याण्डको काउडेनविथस्थित भण्डारी सञ्चालक रहेको सिम्ला प्यालेस रेष्टुरेन्टमा कार्यक्रम हुन लागेको हो । 

 

लण्डनस्थित नेपाली दूतावाससंगको सहकार्यमा गर्न लागिएको कार्यक्रममा करिब ७० जना स्थानीय स्कटिसहरुको सहभागिता रहने व्यवसायी भण्डारीले बताए । 

 

बिहान ११ देखि दिउँसो २ बजेसम्मका लागि तय कार्यक्रममा नेपाल भ्रमण वर्षसंग नेपाल र नेपालको पर्यटनको प्रवर्द्धन गर्ने विभिन्न प्रिजेन्टेसनहरु गरिनेछ । साथमा नेपाली संस्कृति झल्काउने विविध सांस्कृतिक कार्यक्रम र नेपाली परिकारहरु पनि कार्यक्रममा रहनेछन् । 

 

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष अभियानमा साथ र समर्थन जनाउन कार्यक्रम गर्न लागिएको व्यवसायी भण्डारीले बताए । कार्यक्रमको माध्यमबाट स्कटल्याण्डको स्थानीय समुदायमा समेत भ्रमण वर्षबारे प्रभावकारी प्रचारप्रसार हुने उनको अपेक्षा छ । 

 

स्कटल्याण्डमा रेष्टुरन्ट व्यवसायमा लोभलाग्दो सफलता हासिल गरेका भण्डारी विभिन्न सामाजिक कार्यहरुमा समेत सहभागी हुँदै आएका छन् । 

 

उनी अबको केहि महिनाभित्रै स्टकल्याण्डमा २ होटल सञ्चालनमा ल्याउने तयारीमा छन् । 

 


थप समाचार

उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैनः गृह मन्त्रालय

  • 46 seconds ago
उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैनः गृह मन्त्रालय

काठमाडौँ उपत्यकामा विभिन्न कारणले रोकिएका नागरिकलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै पनि निर्णय नभएको गृह मन्त्रालयले जनाएको छ ।

डडेल्धुराबाट १९० को स्वाब परीक्षणका लागि पठाइयो

  • 6 minutes ago
डडेल्धुराबाट १९० को स्वाब परीक्षणका लागि पठाइयो

डडेल्धुरा । डडेल्धुरामा स्थानीय तहले बनाएका विभिन्न क्वारेन्टाइनमा रहेका एवं कोभिड–१९ को लक्षण देखा परेकाको परीक्षणका लागि ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको छ ।

चोरीका गहनासहित बाबुछोरा पक्राउ

  • 9 minutes ago
चोरीका गहनासहित बाबुछोरा पक्राउ

धनगढी । धनगढी उपमहानगरपालिका– १ स्थित विनोदकुमार वर्माले सञ्चालन गरेको प्रिया सुनचाँदी पसलबाट चोरी गरेका सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

ग्याष्ट्रिकका बिरामीले यस्ता काम गर्दै नगर्नुहोस्

ग्याष्ट्रिकका बिरामीले यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । आजभोलि ग्याष्ट्रिकको समस्या सर्वत्र पिरोल्ने गरेको छ । यसका कयौं कारणहरु छन् । खानपिन र जीवनशैलीमा अनियमित हुनाले ग्याष्ट्रिकको समस्या उत्पन्न हुन्छ ।

विचित्र विश्व

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।