शेयर बजारः अर्ब पनि पुगेन कारोबार

  • शनिबार, १६ भदौ, २०७५
  • 2 months ago
  • अर्थ

काठमाडौँ ।  धितोपत्र बजारमा यस साता रु ८० करोड ३० लाख सात हजार बराबरको शेयर कारोबार भएको छ । 

 

नेपाल स्टक एक्सचेन्जका अनुसार कूल २५ लाख ४२ हजार ७१० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३१ दशमलब ८१ प्रतिशत कम हो । 

 

कारोबारका आधारमा हेर्दा यस साता पनि रु एक अर्ब बराबरको पनि कारोबार हुन सकेन । 

 

गत साता १८५ कम्पनीको ४४ लाख २१ हजार ९५० कित्ता शेयर रु एक अर्ब १७ करोड ७५ लाख ७१ हजार बराबरका खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५ दशमलब ९७ अङ्कले बढेर अन्तिम दिन एक हजार १८१ दशमलब ६९ अङ्कमा पुगेको छ । 

 

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलब ३७ अङ्कले बढेर २४९ दशमलब ७९ अङ्कमा आइपुगेको छ । 

 

यस साता कारोबार रकमको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर अग्रस्थानमा रहेको छ । सो बैंकको रु सात करोड ३९ लाख ६० हजार बराबरको शेयर कारोबार भएको थियो । 

 

कारोबार भएको शेयर सङ्ख्याको आधारमा एनएमबी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको एक लाख ३२ हजार कित्ता शेयर खरिद बिक्री भएको थियो । 

 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । 

 

 


थप समाचार

ब्रेक्जिट : सम्झौताको ड्राफ्टमा बन्यो सहमति

  • 4 hours ago
ब्रेक्जिट : सम्झौताको ड्राफ्टमा बन्यो सहमति

यो हप्ता दुई पक्षबीच भएका गहन छलफलहरुको श्रृंखलापछि दुवै तर्फका अधिकारीहरुको प्राविधिक तहमा सम्झौताको ड्राफ्टमा सहमति जुटेको छ ।

तस्विरमा हेर्नुहोस छठ पर्वको रौनक

  • 8 hours ago
तस्विरमा हेर्नुहोस छठ पर्वको रौनक

आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक रुपमा छठ पर्व मनाइँदैछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खान

'ब्रेक्जिट डिल' मा सहमति जुटाउने अन्तिम कसरत हुँदै

  • 8 hours ago
'ब्रेक्जिट डिल' मा सहमति जुटाउने अन्तिम कसरत हुँदै

ब्रेक्जिट डिलको विषयमा बेलायतभित्रै तथा प्रधानमन्त्री टेरेसा मेको आफ्नै दल र क्याबिनेटमा समेत एकमत बन्न नसकिरहेको अवस्थामा दबाब बढिरहेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मह, कागती र पानी मिसाएर पिउँदा फाईदै–फाईदा

मह, कागती र पानी मिसाएर पिउँदा फाईदै–फाईदा

जाडो होस या गर्मी बिहान बिहानै कागती पानीमा मह मिसाएर खानाले धेरैलाई फाईदा हुन्छ। अनुहारको छाला राम्रो बनाउन, शरीरको तौल घटाउने भनेर कागती पानी पिउने गरिन्छ ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।