IIMS College

ISMT

HUB Education

सख्त बिरामी नवाज सरिफ थप उपचारका लागि लण्डन जाने

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । केही समयदेखि सख्त बिरामी भएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि भोलि (सोमबार) लण्डन जाने भएका छन् ।

 

सरिफको स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले उनलाई बेलायत जाने अनुमति दिएको हो ।  

 

स्रोतले भनेको छ, “नवाज सरिफ नोभेम्बर ११ तारिख सोमबारका दिन लण्डन उड्नुहुने भएको छ ।” उनी यही नोभेम्बर २७ तारिखमा फर्किने समेत तय भएको स्रोतले जनाएको छ ।

 

प्रधानमन्त्रीका विशेष सहयोगी नइम उल हकले सरिफको स्वास्थ्य सम्बन्धी सम्पूर्ण विवरण सरकारले अध्ययन गरेर उनको अवस्था नाजुक रहेको निश्कर्ष निकालेको संचारकर्मीहरुलाई जानकारी दिए । 

 

उनले भने, “हरेक पाकिस्तानीले आफूले चाहेको ठाउँमा उपचार गर्न पाउनु उनीहरुको अधिकार हो, त्यसैले पूर्व प्रधानमन्त्री सरिफलाई पनि विदेश उपचारका लागि सरकारका तर्फबाट कुनै रोकतोक छैन ।”

 

उनका धेरै विषय अदालतको आदेशका आधारमा हुने भएकाले उहाँ कहिले जाने र कहिले आउने भन्ने कुरा पनि त्यसैमा निर्भर हुने नइमले बताए ।  

 

“पूर्व प्रधानमन्त्री सरिफलाई कति पटक र कति लामो समय उपचारका लागि विदेश जान दिने भन्ने कुरा अदालतले निर्णय गर्नेछ,” उनले पत्रकारहरुसँग भने । 

 

भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनु भएका सरिफ कारागारमै बिरामी भएपछि अदालतकै आदेशमा उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । 

 

स्वदेशकै अस्पतालमा केही दिन उपचारपछि उनलाई केही दिनदेखि जाटी उम्र स्थित निवासमै राखेर उपचार गरिएको छ । निवासमा उपचारका लागि उहाँलाई चिकित्सकहरुको टोली र अति विशिष्ट कक्ष (आइसियु) को व्यवस्था गरिएको थियो । 

 

पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार ६९ वर्षीय सरिफसँगै उहाँका भाइ तथा पाकिस्तान मुस्लिम लिग—नवाजका अध्यक्ष शहवाज सरिफ जानेछन् ।  


थप समाचार

अष्ट्रेलियाको पीआर लिनेहरु न्युजिल्याण्ड गएर बस्दा र काम गर्दा के समस्या हुन्छ ?

  • 1 minute ago
अष्ट्रेलियाको पीआर लिनेहरु न्युजिल्याण्ड गएर बस्दा र काम गर्दा के समस्या हुन्छ ?

सिड्नी । अष्ट्रेलियाको पीआर लिएका विदेशीहरू सजिलै न्युजिल्याण्डमा गएर बस्न र काम गर्न सक्छन् । यसको लागि कुनै कानूनी व्यवधान छैन । तर, लामो समय न्युजिल्याण्डमा बस्दा भने ती मानिसहरुलाई केही समस्या पर्

क्लासिको खेल्दा सुरक्षाको ग्यारेन्टी नभएको फिगोको भनाई

  • 30 minutes ago
क्लासिको खेल्दा सुरक्षाको ग्यारेन्टी नभएको फिगोको भनाई

एजेन्सी । सिजनको पहिलो एल क्लासिकोको मिति नजिकिँदै जाँदा यसबारेमा बिभिन्न चर्चा पनि सुरु भएको छ । १८ डिसेम्बरमा हुन लागेको खेलको बारेमा बार्सिलोना तथा रियल मड्रिडका पूर्व खेलाडी लुइस फिगोले क्लासिको स

तरकारी, टमाटरलगायतका उत्पादन एकै स्थानमा सङ्कलन गरेर बिक्री

  • 48 minutes ago
तरकारी, टमाटरलगायतका उत्पादन एकै स्थानमा सङ्कलन गरेर बिक्री

घोराही । आफूले उत्पादन गरेको टमाटर आफैं जोखेर थोकमा बिक्री गर्दै घोराही–३ झिङ्नीका किसानहरु । छुट्टाछुट्टै बेच्दा मूल्यमा एकरुपता नहुने, समय धेरै लाग्ने हुंदा किसानले आफूले उत्पादन गरेको तरकारी, टमाटर



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

जाडोमा उपयागी ५ तरकारी

जाडोमा उपयागी ५ तरकारी

एजेन्सी । जाडोयाममा शरीरलाई चिसोसँगै विभिन्न संक्रमणबाट बचाउन खानपानमा विशेष ध्यान दिनुपर्छ । यो वेला खानामा प्रशस्त मात्रामा सागसब्जी वा तरकारी समावेश गरेमा चिसोबाट बच्न सकिन्छ ।

विचित्र विश्व

के १५ हजार वर्षअघि पनि कन्डमको प्रयोग हुन्थ्यो ?

के १५ हजार वर्षअघि पनि कन्डमको प्रयोग हुन्थ्यो ?

एजेन्सी । कन्डमको बारेमा तपाईलाई थाहा नै होला । तर यसको इतिहासको बारेमा पनि तपाईलाई जानकारी नहुन सक्छ । यसको इतिहास एकदमै पुरानो रहेको छ । जसबारे थप चर्चा गरौँ ।