IIMS College

ISMT

HUB Education

दक्षिण कोरियाको आर्थिक वृद्धिदर दशककै न्यून

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी ।  दक्षिण कोरियाको अर्थतन्त्र गत वर्ष यस दशकको सबभन्दा सुस्त गतिमा विस्तार भएको छ । अमेरिका र चीनबीच लामो समयसम्मको तनाव र सेमिकन्डक्टरको बजारमा आएको मन्दीले अर्थतन्त्रमा असर पारेको केन्द्रीय बैंकले बुधबार जनाएको छ । 

 

विश्वकै १२ औं ठूलो अर्थतन्त्र रहेको कोरियामा सन् २०१९ मा २.० प्रतिशतले आर्थिक वृद्धि भएको छ, जुन अघिल्लो वर्ष २.७ प्रतिशतभन्दा कम हो । सन् २००९ को विश्वव्यापी आर्थिक सङ्कटपछि यो सबैभन्दा खराब अवस्था हो । 

 

खस्कदो आर्थिक वृद्धि नै अहिले दक्षिण कोरियाका लागि प्रमुख चुनौती हो । कोरियाले दशकौंसम्म आर्थिक विकासमा चमत्कार नै गरेको थियो तर पछिल्लो समय उच्च शिक्षित युवाले राम्रो तलब प्राप्त गर्न सङ्घर्ष गर्नु परेको छ भने असमानताका कारण निराशा चुलिँदै गएको छ । 

 

राष्ट्रपति मून जाए–इनले सार्वजनिक खर्च बढाउने र “आय–उन्मुख बृद्धि” को विवादास्पद आर्थिक नीति अघि बढाएको भन्दै कोरियामा आलोचना हुन थालेको छ । यस नीतिका कारण तीन वर्षको अवधिमा न्यूनतम ज्यालामा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको छ । विपक्षीहरूले सरकारी नीतिहरुले रोजगार लागत बढ्ने र अर्थतन्त्रमा सुस्तता आउने भन्दै आलोचना गरिरहेका छन् । 

 

कोरियाको केन्द्रीय “बैंक अफ कोरिया”ले जारी गरेको विज्ञप्तिमा सेमिकन्डक्टरको मूल्यमा आएको कमीजस्ता कारणले व्यापार–निर्भर अर्थतन्त्र सुस्त भएको जनाइएको छ । 

 

“सरकारी खपतको बृद्धि भएपनि निर्माण क्षेत्रमा लगानी खुम्चिएको छ र निर्यातको बृद्धि सङ्कुचित भएको छ,” विज्ञप्तिमा उल्लेख छ । 

 

चीन–अमेरिका व्यापारमा देखिएको तनाबले सिर्जना गरेको दबाबकै अवस्थामा विदेशतर्फको सिपिङमा १।५ प्रतिशतले वृद्धि भएको छ जबकी अघिल्लो वर्ष यो ३।५ प्रतिशतले वृद्धि भएको थियो । सन् २०१५ यता यो सबैभन्दा झिनो वृद्धि हो । आयातमा ०।६ प्रतिशतले गिरावट आएको छ ।

 

आगामी अप्रिलमा हुने संसदीय चुनावअगाडि पहिलो त्रैमासिकमा मून–प्रशासनले सार्वजनिक खर्चमा ९।१ प्रतिशत वृद्धि गर्ने तथा पूर्वाधार बजेटको करिब ३० प्रतिशत खर्च गर्ने योजना अघि सारेको छ । 


थप समाचार

चीनमा कोरोना पीडित थप ५२ जनाको मृत्यु

  • 9 minutes ago
चीनमा कोरोना पीडित थप ५२ जनाको मृत्यु

एजेन्सी । चीनमा पछिल्लो समय ५२ जनाको नयाँ कोरोना जीवाणु (भाइरस) कारण मृत्यु भएको छ । तीन हप्तादेखि दिनहुँ एकसय भन्दा बढीको संख्यामा मृत्यु हुनेक्रममा केही कमी आएको छ । हालसम्म चीनमा कोरोनाकै कारण मृत्

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

  • 10 minutes ago
एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष चन्द्र ढकालले आगामी चैतमा हुने महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्ष ढकालले बागलुङ उद्योग

मेगा बैंकद्वारा सेनालाई वित्तीय साक्षरता

  • 16 minutes ago
मेगा बैंकद्वारा सेनालाई वित्तीय साक्षरता

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरमा नेपाली सेनालाई वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित देवीदल गणमा कार्यरत नेपाली सेनाका बिभिन्न दर्जालाई बैंकले वित्तीय साक्षर



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।