IIMS College

ISMT

HUB Education

इन्सपेक्टरमा भर्ना भएर एसएसपीमै रिटार्यड हुँदा...

  • बिहीबार, २८ आषाढ, २०७५
  • 1 year ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । नेपाल प्रहरीका आठ डिआईजीसहित दुई एसएसपीले असार २९ गते अर्थात भोलिबाट अवकाश पाउँदैछन् । प्रहरी नियमावलीमा विद्यामान ३० वर्षे सेवाहदको प्रावधानअनुसार उनीहरुले अनिवार्य अवकाश पाउन लागेका हुन् । 

 

अवकाश पाउने डिआईजीहरुमा उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छविलाल जोशी, ज्ञानविक्रम शाह, शरदचन्द पौडेल, रवीन्द्रप्रसाद शर्मा, प्रेम चन्द र श्याम खड्का रएसएसपीद्वय श्याम खत्री र मोहनराज जोही रहेका छन् । 

 

प्रहरी मुख्यालयको कर्मचारी प्रशासन शाखाको रेकर्डअनुसार उनीहरु २०४५ असार ३० मा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका हुन् । अवकाश पाउन लागेका एसएसपी जोशीले इन्सपेक्टरमा खुल्ला प्रतियोगिताबाट भर्ना भएर एसएसपीमै घर जानु पर्दा दुख लागेको बताएका छन् । 

 

उनले सामाजिक सञ्जाल फेसबुकमा अवकाश पाउनुभन्दा एक दिन अगाडि देख्नेलाई भन्दा हग्नेलाई लाज भन्दै आफ्नो पीडा पोखेका छन् । उनले लेखेका छन्, ‘कुनै पर्तिस्पर्धा बिना यो यस्को मान्छे यो उस्को सिफारिस, यस्को कोहि छैन प्रोमोशन नदिए पनि हुन्छ भन्ने आधारमा  लाजै नमानी  भएको प्रोमोशनको मेरो लागि कुनै अर्थ राख्दैन थियो ।’

 

संगठनले प्रोमोशन दिने समयमा सधैं आफूलाई अनुदार, अहिष्णु रहँदै आएको उनले बताए । उनले भने, ‘यति अपहेलित र पेलानमा पर्दा पनि मैले जागिर छाडिन्, हार खाइन्, ३० वर्ष पूरा गरेरै छाडे ।’

 

‘महत्वकांक्षी भए त इन्सपेक्टरमै राजिनामा दिएर कहिलेको घर गइसक्नुपथ्र्यो, किनभने म भन्दा १९ महिना पछाडीका (ब्याच) का साथीहरुले त्यसैबेला मलाई ओभरटेक गरेका थिए । म त पेट पाल्न तथा रोजगारीको लागि जागिर खाएको मान्छे न परे !’ उनले भने ।

 

एक हिसाबले दलितलाई विभेद गरेजसरी मप्रति व्यवहार भएर पनि सहेर बस्नु बाहेक अरु केही गर्न नसकेको उनको दुखेको छ । उनले भने, ‘के नै गर्न सक्थ्ये र ? जति स्ट्रेस र टेन्सन मलाई प्रोमोशनका बेला हुन्थ्यो, त्यतिबेला द्वन्द्वकालमा द्वन्द्व प्रभावित जिल्लामा पोस्टिङ हुँदा पनि भएन् ।’

 

उनले अन्त्यमा संगठनका सबै सदस्यको सहकार्यले संगठन चल्छ, सबैले समान अवसर पाउने सिस्टमको विकास गर्न अबको संगठन प्रमुखले ध्यान दिनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, ‘कोही नभएर मैले जुन किसिमको पेलानको सामना गर्नुपर्यो त्यो आउँदा दिनमा संगठनका कुनै सदस्यले भोग्नु नपरोस् !’

 

जोशीको फेसबुक पोस्ट्

 

उनले अन्त्यतिर भनेका छन्, ‘सबै नराम्रो मात्र भयो म भन्दिन्, यति हुँदाहुँदै पनि जागिरको दौरानमा  केहि राम्रा अवसरहरुको पनि अनुभव पाएँ, त्यसको लागि संगठनप्रति  आभार व्यक्त गर्दछु ।’

 

‘धेरै सिप र ज्ञान लिएर जाँदैछु । नेपाल सरकारले आवश्यक  ठानेमा बाहिर बसेर पनि सेवाको लागि जुनसुकै बेला उपलब्ध हुने नै छु । यत्रो लामो समय काम गरेको संगठन छोड्नुपर्दा कयौं साथी/मित्रहरुलाई सम्झिरहनेछु । एकदिन सबैको बिछोड हुने दिन आउँछ ।’ फेसबुकको अन्त्यमा जोशीले लेखेका छन् ।


थप समाचार

पोखरामा सैनिक अस्पताल सञ्चालनमा

  • 4 minutes ago
पोखरामा सैनिक अस्पताल सञ्चालनमा

पोखरा । नेपाली सेनाका हिताधिकारीका लागि लक्षित गरी निर्मित अस्पताल आजदेखि सञ्चालनमा आएको छ ।

फेवाबजारमा मात्र १ रुपैयाँमा इयरफोन

  • 15 minutes ago
फेवाबजारमा मात्र १ रुपैयाँमा इयरफोन

पोखरा । ग्राहकहरुका लागि अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा इयर फोन दिने भएको छ । माघ महिनामा अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा १ किलो चिनी दिएको फेवाबजारले फागुन महिनामा १ रुपैयाँमा एउटा इयर फोन

कोरोना भाइरस भित्रिन नदिन यस्तो छ उत्तर कोरियाले गरेको तयारी

  • 15 minutes ago
कोरोना भाइरस भित्रिन नदिन यस्तो छ उत्तर कोरियाले गरेको तयारी

एजेन्सी । उत्तर कोरियाले आयत गर्ने सामानमा कडा चेक जाँच गरेरमात्र भित्राउन निर्देशन दिएको छ । विश्वभर कोरोना भाइरसको त्रास रहेको बेला उत्तर कोरियाले पनि कोरोना भाइरसबाट आफ्ना जनताहरुलाई सुरक्षित राख्न



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।