मर्छ भन्दाभन्दै चर्चित बनेका वैज्ञानिकः रहस्यहरूले भरिएकाे जीवन

काठमाडौं । विज्ञान क्षेत्रमा ठुलो योगदान दिने व्यक्ति हुन् स्टीफन हकिङ । न्युटनपछिका ठूलो बैज्ञानिक मानिने उनको ७६ वर्षको सन् २०१८ मा भएको थियो । 

 

ब्याक होल पत्ता लगाएका उनलाई खगोलशास्त्रका चर्चित वैज्ञानिक मानिन्छ ।

 

उनलाई अमेरिकाले सबैभन्दा उच्च नागरिक सम्मान दिएको थियो । उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ किताब चर्चित छ । यो सर्वाधिक बिक्री भएको पुस्तक मानिन्छ ।

 

पृष्ठभूमि र जन्म

विश्वका महान वैज्ञानिक स्टीफन हकिङको जन्म  सन् १९४२ जनवरी ८ मा एउटा शिक्षित र सम्पन्नशाली परिवारमा भएको थियो । उनी बाबा फ्रेङ्क र आमा इसाबेलको कोखबाट इङल्याण्डको अक्सफोर्ड शहरमा जन्मिएका थिए ।  

 

संयोग भनै अर्का विश्व विख्यात वैज्ञानिक ग्यालिलियो ग्यालिलि र स्टीफन हकिङ्ग जन्मेको तिथि एउटै हो । स्टीफन सानैदेखि नै अति तिश्ष्ण वुद्धिका थिए । जसले अरु मानिसलाई अचम्मित बनाउँदथ्यो । 

 

उनी आफ्ना पिताले अपनाएका एक भाई र दुई बहिनीका सबै भन्दा जेठा छोरा हुन् । उनका बुबा डाक्टर र आमा गृहणी थिइन् । मानिसहरुले उनको बुद्धिलाई देखेर आइनस्टान भनेर बोलाउँथे । 

 

वैवाहिक जीवन

उनले सन् १९६५ मा जेन वाइल्डसँग विवाह गरे । सन् १९९१ मा उनको छोडपत्रपछि एलेन मेसनसँग सन् १९९५ मा दोस्रो विवाह गरेका थिए ।

 

स्रोत नखुलेकोे तिनका तीन जना बच्चाहरू रबर्ट, लुसी र तिमोथी नाउँ गरे । उनीसँग फिलिप्पा र मरियम नामक दुई जना बहिनीहरू छन् र एडवर्ड नामको एक स्वीकार गरिएको भाइ छन् ।

 

अध्ययन

दोस्रो विश्वयुद्धको बेलामा जिविका चलाउन साह्रै अफ्ठ्यारो र चुनौतिपूर्ण भएका कारण आफ्नो जिविका चलाउनको निम्ति उनको परिवार त्यसबेला सुरक्षित ठाउँको खोजिमा अक्सफोर्ड शहरमा गएको थियो ।  

 

उनको शुरुवाती शिक्षा पनि त्यहिँबाट सुरु भयो, स्कुले जिवनमा स्टीफन त्यति उत्कृष्ट भने थिएनन् । तर उनि गणित विषयमा भने औधि रुचि राख्दथे । उनी प्राय जसो र्बोड गेम खेल्थे ।

 

उनले सानो गणितिय समिकरणको हल गर्नको लागि आफ्ना साथीहरुसँग मिलेर पुराना इलेक्ट्रोनिक सामानबाट कम्प्युटर बनाए तर उनका बुवा उनलाई डाक्टर बनाउन चाहन्थे र यसमा गणित विषय नहुने भएका कारण उनले भौतिक विषय लिएर आफ्नो अध्ययन सुरु गरे । 

 

पछि आएर उनले फेरी गणित विषयलाई ध्यानमा राखेर कस्मोलोजी विषय लिएर अध्ययन गरे र आफ्नो पीएचडी अक्सफोर्ड युनिर्भसीटीबाट अगाडि बढाए ।

 

सन् १९५९ मा प्रकृति विज्ञान अध्ययनका लागि अक्फोर्ड विश्वविद्यालयमा भर्ना, उनले क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधी गरेका हुन् ।

 

रुची र क्षमता

स्टीफन २१ बर्षको हुँँदा विदा मनाउन आफ्नो घर आएका थिए । त्यस बेलामा आफ्नो घरको सिढिमा बेहोस भएर लडे र त्यस पछि उनको परिवारले घरमै उपचार गराए तर पनि उनलाइ निको भएन । त्यसपछि डक्टरलाई  देखाउँदा उनलाइ कहिल्यै निको नहुने रोग एमयोट्रपिक लेटरल रोग लागेको रहेछ ।  यो रोगले मानिसको सबै अंगले विस्तारै काम गर्न छोड्छ र अन्यमा मृत्यु हुन्छ । 

 

त्यसबेला डक्टरले उनलाइ दुई बर्ष भन्दा बढि बाँच्न नसक्ने बताएका थिए । उनले आफ्नो इच्छा शक्तिलाई कायम राखेर भनेका थिए म २ बर्ष होइन, २० बर्ष पनि होइन म ४० बर्ष बाँच्न चाहान्छु, त्यसबेला उनलाई भरोसा दिनको लागि बा–आमा हुन्छ भनेका थिए । अहिले उनले आफुले बोलेको कुरा पुरा गरेर देखाए । 

 

उनले आफ्नो पिएचडि पुरा गरे आफ्नी प्रेमिका जेन वाइल्डसँग विवाह गरे । यस समयसम्म उनको दाहिने भाग पुरै नचल्ने भएको थियो । विस्तारै विस्तारै उनी शारीरिक रुपमा असक्त भए र बैशाखीको साहरा लिन पुगे  । पछि उनले आफ्नो लेक्चर दिन पनि बन्द गर्नुपर्यो । 

 

तर उनले यी सबै कुरालाई ध्यान नदिएर आफ्नो विज्ञानको दुनियाँलाई अगाडि बढाए । यस बीचमा उनलाई व्हीलचियरको आवश्यकता पर्यो र उनी व्हीलचियरमा आफ्नो काम आगाडि बढाउँदै गए । आफ्नो शारीरिक असक्तता बढ्दै जाँदा उनले इतिहास लेख्न सुरु गरे । उनले आफ्नो असक्ततालाई शक्तिमा बदलेर आफुलाई दुनियाका सामु सावित गरे । उनले  भनेका थिए ‘म बिरामी हुनभन्दा पहिला जीवनबाट निराश भएको थिएँ केहि गर्न नसक्ने भएको थिएँ ।’ 

 

उनको शरिर जिउँदो लास जस्तो हुदाँसम्म पनि उनी  सार्वजनिक कार्यक्रममा जाने, यात्रा गर्ने, आफ्नो खोजलाई  निरन्तरता दिइरहे । 

 

उनले विश्वलाई महत्वपुर्ण विचार र अनुसन्धान दिएर आफूलाई महान बनाए ।  उनले विश्वलाई ज्ञान दिए र अन्तरिक्ष क्षेत्रमा ठूलो योगदान दिएका छन् ।

 

जिम्मेवारी

स्टिफन कोस्मोलोजीको अनुसन्धानका लागि क्याम्ब्रिज पुगेपछि अक्स्फोर्डमा त्यस समय कोही पनि काम गरिरहेका थिएनन् । उनको पर्यवेक्षक डेनिस सियामा थियो, यद्यपि उनले क्याम्ब्रिजक फ्रेड होयसँग काम गर्ने आशा राखेका थिए । 

 

आफ्नो पीएचडी. प्राप्त गरेपछि उनी पहिलो अनुसन्धान फेलो र पछि गनभिले र क्याईस कलेजमा एक प्रोफेसरियल फेलोमा भए । सन् १९७३ मा खगोल विज्ञानको संस्थान छोडेर, टेफनले विभागको एप्लाइड गणित र सैद्धांन्तिक भौतिक विज्ञानमा आए र १९७१ देखि २००९ सम्म गणितको लुकासियन प्रोफेसरको पदमा राखे । 

 

कुर्सीको स्थापना १६६३ मा भएको थियो । रेवरेन्ड हेनरी लुकास जसले विश्वविद्यालयका लागि संसदका सदस्य थिए । यो पहिलो योहाक बारोद्वारा र त्यसपछि १६६९ मा इसहाक न्यूटनद्वारा आयोजित गरिएको थियो । एप्लाइड गणित र सैद्धांन्तिक भौतिकी विभाग । उनको शीर्षक अब एप्लाइड गणित र सैद्धान्तिक भौतिक विज्ञान विभागमा डेनिस स्टान्टन एवरी र साली तईई बोङ्गएवरी निर्देशक रहेको छ । उनले ब्रह्माण्डको आधारभूत नियमहरूमा काम गरेका छन् ।

 

पुरस्कार

प्रोफेसर हकिङगसँग १२ औपचारिक डिग्रीहरू छन् । उनलाई १९८१ मा सिबिइ प्रदान गरियो र १९८९ मा क्यम्पिओन अफ अनरले सम्मानित गरिएको थियो । 

 

उनी धेरै पुरस्कारहरू, पदकहरू र पुरस्कार प्राप्तकर्ता हुन्, र रोयल सोसाइटीको फेलो र अमेरिकाको नेसनल अकाडमी अफ साइन्सका सदस्य पनि हुन् ।

 

सोच र चाहना

हकिङ्गले पारवाणिक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयूमा चुनौति थपिरहेको बताउँदै आएका थिए । ‘यसबाट मानवजातिलाई जोगाउने एक मात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह पत्ता लगाउनु हो,’ उनको पहिलो चाहना यो थियो । 

 

उनले मानवताको भविष्यका लागि हामीले अन्तरिक्षमा जाने सिलसिला जारी राख्नुपर्ने बताएका थिए । ‘हामी यो संवेदनशील ग्रहमा अर्को एक हजार वर्षभन्दा बढी जीवित रहन सक्नेछैनौं ।’ उनले खुलेरै भनेका छन् । 

 


थप समाचार

'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

  • 5 hours ago
'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पार्टीले संविधान संशोधन नभए सडक सङ्घर्षको मुख्य बाटो रोज्ने बताएका छन् ।

आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय

  • 5 hours ago
आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय

फिदिम । मङ्गलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझै कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् । चिया र केही फलफूल खाएर उनी घरको वर

‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

  • 5 hours ago
‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

काठमाडौँ । कहिले प्रजातन्त्रको पक्षमा, कहिले महङ्गीविरुद्ध त कहिले गणतन्त्र स्थापनार्थ सडक जाम गर्ने, टायर बाल्ने, बार भत्काउने उपनामबाट परिचय बनाएका विभिन्न विद्यार्थी सङ्गठनका नेताहरुले आज एकै समारो



प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

एजेन्सी । अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीको सँख्या बहुमतै होला । त्यहाँ पुगेपछि सुखका सबै ढोका खुल्छन् भन्ने भ्रमले वर्षेनी लाखौंले डिभि चिठ्ठा भरेको देखेकै छौं । तर, अमेरिकामा सम्पन्नता भएपनि सुख नभएको पछिल्लो एक अध्ययनले दर्शाएको छ ।

विचित्र विश्व

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

एजेन्सी । कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ ।