IIMS College

ISMT

HUB Education

भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

खार्तूम । सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई आइतबार खातूमस्थित अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइएको छ ।

 

उनीमाथि लागेका भ्रष्टाचार तथा अवैधरूपमा विदेशी मुद्रा लुकाएको आरोप लगाइएको छ । अधिकारीहरूले पूर्व राष्ट्रपतिमाथि लगाइएका आरोपबारे अनुसन्धानका लागि उनलाई झिकाइएको हो । 

 

बसिरलाई अनुसन्धानका लागि उपस्थित गराइँदा उनी सुडानको परम्परागत पहिरनमा थिए । उनलाई कडा सुरक्षाका साथ राजधानीस्थित कोबर जेलबाट अभियोजनकर्ताको कार्यालयमा ल्याइएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

 

बसिरलाई सत्ताच्युत गरिएपछि पहिलो पटक उनलाई सार्वजनिकरूपमा देखाइएको हो । उनलाई गत अप्रिल ११ मा सेनाको सहयोगमा पदच्युत गरिएको थियो ।

 

सुडानका पूर्व राष्ट्रपति बसिरलाई भ्रष्टाचार आरोपबारे सुनुवाईका लागि यसै अदालतमा उपस्थित हुने शनिबार यहाँका अधिकारीले जानकारी गराएका थिए । 

 

सुडानी कार्यबाहक महाअभियोजक अल वालीद सैयदले भने, “सुडानमा भ्रष्टाचार र अवैधरूपमा विदेशी मुद्रा आर्जन गरेको आरोप अदालतमा परेकोले यसबारे सुनुवाईका लागि उनलाई अदालतमा उपस्थित हुन निर्देशन दिइएको थियो ।”   

 

तर शनिबारको सूचनामा उनलाई कुन दिन उपस्थित गराउने भन्नेबारे सुडानी अधिकारीले थप विवरण भने दिएका थिएनन्  । 

 

लामो समयसम्म देशमा भ्रष्टाचार विरोधी आन्दोलन र महङ्गीको विरोधमा सुडानी जनताले गरेको प्रदर्शनपछि गत अप्रिलमा सुडानी सैनिक जनरल अब्देल फताह अल बुर्हानल ३० बर्ष सुडानमा नेतृत्वमा रहेका बसिरलाई सेनाको सहयोगमा पदच्युत गरिएको थियो । 

 

सैनिक शासक बुर्हानका अनुसार बसिरलाई पदच्युत गरेपछि उनको घरबाट ११ करोड ३० लाख अमेरिकी डलर बराबरको विभिन्न तीन विदेशी मुद्रा जफत गरिएको वर्तमान् प्रशासनले दावी गरेको छ । 

 

जस अन्तर्गत प्रहरी, सेना र सुरक्षा अधिकारीले उनीसँगबाट ७० लाख यूरो, तीन लाख ५० हजार अमेरिकी डलर र १० करोड ५० लाख अमेरिकी डलर बराबर सुडानी पाउन्ड जफत गरेको पनि बताइएको छ । 

 


थप समाचार

मोउरिन्हो टोटनहमको प्रशिक्षकमा नियुक्त, टोटनहमलाई दिलाउन सक्लान् त उपाधि ?

  • 9 minutes ago
मोउरिन्हो टोटनहमको प्रशिक्षकमा नियुक्त, टोटनहमलाई दिलाउन सक्लान् त उपाधि ?

एजेन्सी । सन् २०१८ डिसेम्बारमा म्यानचेस्टर युनाइटेडबाट बर्खास्त भएका प्रशिक्षक जोसे मोउरिन्होलाई टोटनहम क्लबले सफलता पाउने विश्वास गर्दै प्रशिक्षक पदमा नियुक्त गरेको छ ।

कृषकमा खुशियाली : सिँचाइ आयोजना सम्पन्न

  • 15 minutes ago
कृषकमा खुशियाली : सिँचाइ आयोजना सम्पन्न

परासी । तुरिया सिँचाइ आयोजना सम्पन्न भएपछि यस क्षेत्रका कृषक हर्षित भएका छन् ।प्रदेश नं ५ सरकारको ठूलो लगानीमा पश्चिम नवलपरासीको रामग्राम–१५ शुक्रौलीमा तुरिया सिँचाइ आयोजनाको निर्माण कार्य सम्पन्न भए

पहाडी मुलको समृद्धिका लागि मात्रै सरकार लागिपरेकाे छ : डा. भट्टराई

  • 22 minutes ago
पहाडी मुलको समृद्धिका लागि मात्रै सरकार लागिपरेकाे छ : डा. भट्टराई

रौतहट । समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार पहाडी मुलका नागरिकको विकास र समृद्धिको लागि मात्रै लागिपरेको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्ट



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

वि.सं.२०७६ साल मंसिर ०४ गते । बुधबार । ईश्वी सन् २०१९ नोभेम्बर २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर २९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।

विचित्र विश्व

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

एजेन्सी । छिमेकी देश भारत रहस्यले भरिपूर्ण छ । पाइला–पाइलामा यस्ता अनौठा जानकारीहरु आइरहन्छन् जसका अनौठा तथ्यहरु हुन्छन् । यसै सन्दर्भमा एक मन्दिरको बारेमा चर्चा गरौं जुन मन्दिररमा ५२ टनको चुम्बक लगाइएको छ ।