Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनरणबीर कपुरको आफ्नो पहिलो कमाई कति थियो ?

रणबीर कपुरको आफ्नो पहिलो कमाई कति थियो ?


एजेन्सी । ९० को दशककी उत्कृष्ट अभिनेत्री नीतु सिंहले आज आफ्नो ६५ औं जन्मदिन मनाइरहेकी छिन् । आफ्नो अभिनयले फ्यानको मन जित्ने नीतु सिंहले बाल कलाकारको रुपमा आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । धेरै ब्लकबस्टर फिल्म दिएकी नीतु सिंह आजसम्म उनको उत्कृष्ट अभिनयको लागि प्रशंसा गरिन्छ।

५० भन्दा बढी चलचित्रमा काम गरिसकेकी नितु सिंहले करिअरको शिखरमा ऋषि कपुरसँग विवाह गरेकी थिइन् ।

तर, नीतु सिंहले विवाहपछि फिल्मबाट टाढा रहिन् र आफ्नो सम्पूर्ण समय परिवारलाई मात्र दिएकी थिइन् ।

तर, अब नीतु सिंहले ‘जुग जुग जियो’ बाट फिल्ममा कमब्याक गरेकी छिन् । नीतु कपूर र ऋषि कपूरको आफ्नो जमानामा जति लोकप्रियता थियो, त्यस्तै छोरा रणवीर कपूरले पनि फ्यानबाट धेरै माया कमाए ।

बलिउडका सबैभन्दा ह्यान्डसम अभिनेता रणबीर कपूरलाई मम्माज ब्वाय भनेर पनि चिनिन्छ । बुबाको मृत्युपछि रणबीर कपुरले आफ्नी आमा नीतु सिंहको हेरचाह गर्दै आइरहेका छन् ।

एक अन्तर्वार्तामा बलिउड अभिनेता रणवीर कपुरले आफ्नी आमा नीतु सिंहको बारेमा एउटा किस्सा सुनाए ।

रणवीर कपूरले सन् १९९६ मा काका राजीव कपूरसँग फिल्म प्रेम ग्रन्थमा असिस्ट गरेका थिए ।

सहायकका रूपमा काम गरेका रणवीर कपूरको पहिलो तलब २५० रुपैयाँ थियो । जुन उनले आफ्नी आमा नीतु कपुरको खुट्टामा राखेका थिए ।

तर, छोराको पहिलो कमाइ देखेर नितु सिंह निकै भावुक भएकी थिइन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

Techie IT