Techie IT
२०८१ वैशाख २६, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालपरराष्ट्रमन्त्री साउद कतार जाँदै, विपिनको रिहाइका लागि पहल गर्ने

परराष्ट्रमन्त्री साउद कतार जाँदै, विपिनको रिहाइका लागि पहल गर्ने


काठमाडौँ। परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्। हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उनी मंसिर २३ मा कतार जान लागेका हुन्।

यसअघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।

जवाफमा कतारका विदेश राज्यमन्त्रीले विपीनको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए।

परराष्ट्रमन्त्री साउदले बुधवार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवा आमालाई पनि भेटेका छन्।

कतार बसाइँका क्रममा उनी दोहा २१ औँ फोरममा पनि सहभागी हुनेछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘भेप’ लाई प्रतिबन्ध लगाउने सरकारकाे तयारी

काठमाडौँ । सरकारले विद्युतीय चुरोट अर्थात् ‘भेप’ लाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य

वीर अस्पतालमा प्रधानमन्त्री प्रचण्ड दाँतको उपचार

काठमाडौँ । प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड बुधबार अपराह्न वीर अस्पताल पुगेका छन् । उनी दाँतको उपचार गराउनका लागि वीर अस्पताल

कोशीमा सरकार गठन गर्न प्रदेश प्रमुखलाई एमाले र माओवादीको पत्र

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख परशुराम खापुङलाई

संवैधानिक परिषद्को निर्णय सर्वसम्मतिले गर्नुपर्छ भन्नेमा अडिग छु: गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्नुपर्नेमा आफू अडिग रहेको बताएका छन् ।

सबै शिक्षकहरूको काज सरुवा फिर्ता गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजान निर्देशन

Techie IT