IIMS College

ISMT

HUB Education

साउथ ईस्ट लण्डनमा तमु ल्होछारको रौनक

  • सोमबार, १४ पुष, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । साउथ ईस्ट रिजनल तमु धिं लण्डनले आइतबार एक विशेष कार्यक्रमसहित तमु ल्होछार पर्व मनाएको छ । 

 

हरेक वर्ष जस्तै विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमका साथ साउथ ईस्टमा ल्होछार मनाइएको हो । 

 

 

अध्यक्ष हिराप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लण्डन एसेम्बलीमा लेबर पार्टीका नेता लेन डुभेल प्रमुख अतिथि थिए । 

 

कार्यक्रमका विशेष अतिथिद्धय एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ र तमु धिं यूके अध्यक्ष नन्दजंग गुरुङले ल्होछारको शुभकामना दिएका थिए । संस्थाका उपाध्यक्ष सुमन गुरुङले शुभकामना मन्तव्य राखेका थिए । 

 

 

संस्थाका अध्यक्ष र प्रमुख अतिथिबाट संस्थामा विभिन्न माध्यमबाट योगदान गर्नेहरुलाई सम्मान वितरण गरिएको थियो । 

 

एनआरएन यूकेकी अध्यक्ष पुनम गुरुङलाई विशेष सम्मान गरिएको थियो ।

 

 

कार्यक्रमको दोस्रो चरणमा आकर्षक साँस्कृतिक कार्यक्रमहरु देखाइएको थियो । कमला गुरुङ र सुर्य गुरुङले संयोजन गरेको साँस्कृतिक कार्यक्रमको मुख्य आकर्षण नेपालबाट आएका कलाकार राजन गुरुङ र तारा श्रीषको प्रस्तुति थियो ।

 

स्थानीय कलाकारहरु यम गुरुङ, श्रेया गुरुङ सहितले गायन र आमा समुहसहितका अन्य कलाकारले आकर्षक तथा सांस्कृतिक  नृत्यहरु देखाएका थिए । 

 

कार्यक्रममा एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराई, सचिव जित रानाभाट, इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष दिपक श्रेष्ठ, तमु धिं यूके उपाध्यक्षद्धय हितकाजी गुरुङ र जुमकाजी गुरुङ , क्याट यूके अध्यक्ष जिवन सेन र राजन सुवेदी, सहारा यूके अध्यक्ष कुमार गुरुङ लगायतका अतिथिसहित ६ सय बढिको सहभागिता रहेको साउथ ईस्ट रिजनल तमु धिं लण्डन उपाध्यक्ष ह्यारी गुरुङले जानकारी दिए । 

 

 


थप समाचार

बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

  • 7 minutes ago
बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । कमिसन बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भएर सूचना, सञ्चार तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । ब

काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते

  • 12 minutes ago
काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते

एजेन्सी । भारतको नियन्त्रणमा रहेको काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ ।

टर्कीमा भूकम्प

  • 17 minutes ago
टर्कीमा भूकम्प

एजेन्सी । अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञानिकहरु यो भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउन संघर्षरत रहेका छन् ।