काठमाडौँ महानगरपालिकाद्वारा यी ११ स्थानमा तरकारी बिक्री कक्ष निर्धारण

  • मंगलबार, २५ चैत, २०७६
  • 1 month ago
  • अर्थ

काठमाडौँ । बल्खु र कालीमाटीको तरकारी बजारमा भएको भीडभाड कम गर्न काठमाडौँ महानगरपालिकाले विभिन्न ११ स्थानमा तरकारीका बिक्री कक्ष निर्धारण गरेको छ । 

 

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि महानगरपालिकाले तय गरेका स्थानमा कलङ्की चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गङ्गबु चोक, वसुन्धरा चोक, गोपीकृष्ण हल चोक, तीनकुने चोक, लैनचौर, रत्नपार्क र कोटेश्वरचोकमा लकडाउन अवधिभरि वैकल्पिक तरकारी बजार सञ्चालनका लागि स्थान तय गरेको हो ।  

 

महानगरपालिकाको कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीका अनुसार पहिलो चरणमा ११ ठाउँबाट थोक बिक्रीका लागि स्थान उपलब्ध गराएको बताउनुभयो । “कालीमाटी तथा बल्खुको फलफूल बजारमा बढ्दो भीडभाड नियन्त्रण तथा व्यवस्थापन गर्न हामीले विभिन्न ११ स्थानबाट बिहान ८ः०० बजेसम्म बिक्री गर्ने व्यवस्थाका लागि स्थान उपलब्ध गराइएको छ”, उनले भने । प्रमुख भण्डारीका अनुसार ती स्थानबाट सबै खाले फलफूल र तरकारी उपलब्ध गराइने छ । 

 

काठमाडौँका प्रजिअ जनकराज दाहालको अध्यक्षतामा आज बसेको बैठकले फलफूल तथा तरकारी बजारमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न कालीमाटी तथा बल्खुको फलफूल बजारमा बढ्दो भीडभाड नियन्त्रण तथा व्यवस्थापन गर्न सामाजिक दूरी कायम गर्ने निर्णय गरेको थियो ।

 

त्यसैगरी बैठकले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूल नेपाल भित्रिँदा उक्त तरकारी तथा फलफूलसँग भारतीय नागरिक पनि नेपाल प्रवेश गर्ने हुँदा कोरोनाको सङ्क्रमण फैलन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै भन्सार विन्दुमा नै भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूल आयातमा पूर्णरुपमा रोक लगाउन माथिल्लो निकायमा अनुरोध गर्ने साथै व्यवसायीले फलफूल तथा तरकारी भारतबाट आयात गर्न नपठाउने पनि निर्णय गरेको छ । 

 

त्यस्तै फलफूल तथा तरकारी बजारमा उपभोक्ताबाट लिने गरेको अस्वाभाविक मूल्यले गर्दा थोक मूल्य र खुद्रा मूल्यमा देखिएको मूल्य अन्तरलाई यथार्थ परक बनाउने, त्यसका लागि सबै पक्षले आवश्यक समन्वय गर्ने पनि निर्णय गरिएको छ ।


थप समाचार

फेरि एकपटक अनुष्काको 'पाताल लोक'लाई लाग्यो यस्तो आरोप

  • 9 minutes ago
फेरि एकपटक अनुष्काको 'पाताल लोक'लाई लाग्यो यस्तो आरोप

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्माको वेब सिरिज 'पाताल लोक' अनलाइन रिलिज भएदेखि नै विवादले घेरिएको छ ।

माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता

  • 47 minutes ago
माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता

दोलखा । दोलखाको तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् । दोलखाको मेलुङ गाउँपालिका–१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी नदीमा माछ

चीनको कारण विश्वले कोरोना भाइरसको प्रकोप झेलिरहेको छ : अमेरिका

  • 59 minutes ago
चीनको कारण विश्वले कोरोना भाइरसको प्रकोप झेलिरहेको छ : अमेरिका

एजेन्सी । अमेरिकाले पुनः एकपटक चीनलाई कोरोना भाइरसको महामारीको जिम्मेवार ठहराएको छ । यो खतरनाक भाइरसका कारण अमेरिकामा हालसम्म ९९ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने १६ लाख भन्दा बढी संक्रमित छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।